गैर आवासीय नेपाली संघ (एनआरएनए ) अन्तराष्ट्रिय समन्वय परिषदका संरक्षक देबमान हिराचनले राष्ट्रिय समन्वय परिषद जापानका अध्यक्ष शिव प्रसाद पौडेललाइ आफैले तयार पारेको ‘ड्राफ्ट’ हस्ताक्षर गर्न निर्देशन दिएको खुलेको छ।

अन्तराष्ट्रिय समन्वय परिषदले जापानको विवाद मिलाउने जिम्मा पूर्व अध्यक्ष भवन भट्टलाइ दिएको थियो । तर , उच्च स्तरिय छानबिन समितिको संयोजकका हैसियतमा पूर्व अध्यक्ष शेष घलेले देवमान हिराचनलाइ जापानको विवाद मिलाउनु भनि फेब्रुअरी ८ मा अर्को पत्र पठाएका थिए ।

घलेको पत्र प्राप्त भएपछि हिराचनले फेब्रुअरी १० तारिख अध्यक्ष पौडेललाई इमेल गरी आफुले पठाएको ‘ड्राफ्ट’ मा हस्ताक्षर गरी तुरुन्त ‘पठाउनु’ भनेका छन् ।

हिराचनले अध्यक्ष पौडेललाइ पठाएको इमेलमा भनिएको छ ‘डियर शिव भाइ, एउटा ड्राफ्ट पठाएको छु, साइन गरेर तुरुन्त पठाइदिनु । कसैलाई भन्नु आबश्यक छैन, राम्रो वेय मा समाधान गर्नु पर्छ ।’ (तस्बिर हेर्नुहोस)

ड्राफ्टमा ‘देवमान हिराचनको संयोजकत्वमा रहेको एनआरएनए उच्च स्तरीय समितिले गर्ने निर्णयमा मेरो सहमति छ’ भनेर लेखिएको छ । त्यसैको अन्त्यमा लेखिएको छ ‘पछि कुनै बिरोध गर्ने छैन ।’ (तस्बिर हेर्नुहोस)

एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषदले पूर्व अध्यक्ष भवन भट्टलाइ जापानको विवाद मिलाउने जिम्मेवारी दिएको थियो । तर हिराचनले घलेको आधार मान्दै जापानको समिति भङ्ग गरी नया निर्वाचनका लागि राजन प्रधानाङ्गको संयोजकत्वमा सदर्थ समिति गठन गरेको भन्दै बिज्ञप्ति जारी गरेका थिए ।

‘एक विवाद मिलाउन जिम्मेवारी पाएको व्यक्ति हिराचन होइन, दोश्रो विवाद मिलाउनु भनेको बिना छलफल समिति भङ्ग गर्नु पनि होइन’ एनआरएनए जापानका महासचिव सिद्दार्थ श्रेष्ठले भने ‘बिज्ञप्ति निकाल्दैमा समिति भङ्ग हुँदैन भन्ने कुराको पुष्टि आइसिसिका अध्यक्ष कुमार पन्तको पछिल्लो विज्ञप्तिले छर्लंगै पारेको छ ।’

यता देवमान हिराचनले भने दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास सफल नभएपछि निर्वाचनमा जाने निर्णय भएको तर वर्तमान कार्य समिति भङ्ग नभएको प्रतिक्रिया दिएका छन् ।

नेपालन्यूज पोस्ट डट. कमसंग कुरा गर्दै उनले भने ‘हामीलाई जम्मा ३ दिनको समय दिएकाले छलफलको लागि समय भएन’ उनले भने ‘फोनमा दुवै पक्ष संग कुरा गरेर सहमति नजुटेपछि, पछिल्लो निर्णय गरेको हो ।’

उनले पुर्व अध्यक्ष भवन भट्ट संग समेत छलफल गरेर नया निर्वाचनमा जाने भनि निर्णय गरेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार