एनआरएनए आईसिसि(NRNA ICC)ले सदस्यता शुल्कको लागि अन्तिम आह्वान गरे संगै एनआरएनए जापानमा नयाँ विवाद ल्याउने दुष्प्रयास देखियो। कुरा हो विद्यार्थी सदस्यता को । ९३९४ जना सदस्य रहेको जापान मा अधिकाश विद्यार्थी रहेको र विद्यार्थीको सदस्यता रकम मान्य नहुने हेतुले पत्र लेखिएको रहेछ। हुन त अग्रज भनिएकाहरुले नै विभिन्न समयमा विभिन्न विवाद खडा गरि मिलि बसेको समाजलाइ बिथोल्ने गरेको कुनै नौलो कुरा होइन।

एनआरएनए जापानमा सन् २०१५ देखि नै विद्यार्थीलाइ सदस्यता दिने कुरा विधान (परिच्छेद ३ को १.१ ) मै समावेश गरिएसंगै विभिन्न कार्यक्रममा विद्यार्थीको प्रयोग गरिदै आएको छ। अझ चुनावको बेला त विजेता वा उपविजेता दुवै पक्षका उमेद्वारहरुले आफ्नो प्रचारप्रसारमा बिद्यार्थिको नारा लगाएर जित्ने आश राखे तर पराजय संगै विद्यार्थी सदस्यता अबैधानिक?

IHNO र NRNA को सहकार्यमा प्रदान गरिएको छात्रवृत्तिमा पनि विद्यार्थीलाइ सदस्यता अनिवार्य राखेर परिबन्धमा पारियो। आज पराजय संगै उठेको अवैधानिक भन्ने आवाज हिजो पदमा हुदा किन उठेन? अरुकुनै भिसामा आएर ६ महिना मै NRNA को सदस्यता लिन पाउने तर विद्यार्थीले २ वर्ष भाषा,४बर्ष स्नातक ,२ बर्ष स्नातकोत्तर गरेर विद्यावारिधि गर्दा सम्म पनि विद्यार्थी भिसामा छ भने उ अबैधानिक? यो कस्तो न्यायको वकालत गर्दै हुनुहुन्छ अग्रज ज्यु?

त्यसैले २०१५ देखि अहिले सम्मका विद्यार्थी सदस्य पहिचान गरि उनीहरुको मतदान प्रयोग गरि बनेको NCC , त्यहि NCCले छानेको निर्वाचन प्रतिनिधि र तिनै प्रतिनिधि ले मतदान गरि जिताएको ICC खारेज गरि सम्पूर्ण विद्यार्थीको सदस्यता शुल्क ब्याज सहित फिर्ता गरि विभिन्न कार्यक्रममा प्रयोग गरिएका विद्यार्थीलाई उचित क्षतिपूर्ति प्रदान गर्नुहोस । हामी सम्पूर्ण जापानबासी विद्यार्थी आजका मितिदेखि NRNA अभियान छोड्न तयार छौं। होइन भने साँढे को लडाई बाच्छाको मिचाई भनेजस्तै विद्यार्थीलाई विवादमा होम्ने काम नगरियोस।

वर्तमान समय हेर्ने हो भने क्षेत्र देखि केन्द्र सम्म विद्यार्थीको बाहुल्यता अधिकांश छ। अग्रज भनेर मान चाहनुहुन्छ भने विवाद मिलाउन तर्फ़ ध्यान केन्द्रित गर्नुहोस नत्र भोलि को दिनमा अग्रज नमान्ने दिन पनि नआउल भन्न सकिन्न। लहरो तान्दा पहरो झरे झैँ आर्काको धोति फ़ुस्काउन खोज्नेले आफ्नो पनि धोति राम्रो संग कस्नु पर्छ।
धन्यवाद
अजय राना
सदस्य NRNA जापान रासस

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार