चिबा/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रीय भेला यहि मार्च ५ तारिख चिबामा सम्पन्न भएको छ । यसअघिनै तय गरिएको एनआरएनए जापानको क्षेत्रीय भेला कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

एनआरएनए जापानका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलामा १२ क्षेत्र मध्ये १० क्षेत्रका संयोजकहरुले आ-आफ्नो क्षेत्रको प्रगति विवरण सहित भाबी योजना सहितको प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा कान्तो क्षेत्रका संयोजक दिपेश केसी, कान्साइका दिलिप शर्मा, नागोयाका मनोज बम मल्ल,क्युस्युका अर्जुन बगाले, ओकिनावका ज्ञानु भट्ट, तोचिगीका मन्दिप क्षेत्री, सेन्दाइका हरिगोपाल श्रेष्ठ, निगाताका बासुदेब घिमिरे, नागानोका नन्दराज रेग्मी, चिवाका मुक्तिराज रेग्मीले आ-आफ्नो क्षेत्रको प्रतिबेदन प्रस्तुत गरेका थिए । उनिहरुले भेलामा एनआरएनएमा पछिल्लो समय देखिएका विवादहरु तत्काल समाधान गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांस क्षेत्रीय संयोजकहरुले एन आरएनए जापान माथि भैरहेका आक्रमण प्रति आक्रोश ब्यक्त गरेका थिए । कार्यक्रममा कार्यव्यस्तताका कारण गुम्बा क्षेत्रका मगेन्द्र बस्नेत र सिजुओका संयोजक रुपक बस्नेत अनुपस्थित भएका थिए ।

कार्यक्रममा बोल्दै आइसिसिका कोषाध्यक्ष महेश श्रेष्ठले एनआरएका केहि शाखाहरुमा समस्या देखिएको भन्दै केहि दिनमा समस्या समाधान हुने विश्वास ब्यक्त गरे । कार्यक्रममा दीपक देबकोटा र अभिषेक सुबेदीलाइ एनआरएनएका गतिविधिमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो । कार्यक्रममा एनआरएनए आईसीसी पूर्व अध्यक्ष भनव भट्ट,एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरुङ,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनए आईसीसी सदस्य श्रवण सत्याल सहित दर्जन भन्दा बढी व्यक्तिहरुले मन्तब्य राखेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार