नेपाली लोक संगीतको फाँटमा एउटा चल्ती र गन्ति का गायकको रुपमा मात्रै दरिएका छैनन् l उनको पछिल्लो गित पिर अनि त्यो पिर भित्र समेटिएका जीवन्त छायांकन र कथाले कमाएको चर्चा , ख्याति र प्रसंशाले उनको कलालाई चल्ती र गन्तिको तप्का भन्दा एक तप्का माथि उठाई दिन सफल भएको छ l
संगीत सिर्जनाले समाजमा छर्न सक्ने चेतनाको सवालमा एउटा पृथक इतिहास कोर्न सकेका छन् प्रकाशः
तर पनि नेपाली राजनीतिक इतिहासमा अनेकन राजनीतिक , सामाजिक र आर्थिक क्रान्तिको नाममा अनेकन राजनीतिक संघर्ष , बिद्द्रोह र क्रान्तिहरु भएका छन् र हरेक क्रान्ति , संघर्ष , बिद्द्रोहरु कुनै बीच बीच मै तुहिए त कुनैले आंशिक सफलताहरु पनि पाएका छन् l कुनै क्रान्ति , संघर्ष , बिद्द्रोहरु बीच बीच मै तुहिनु पर्नु वा संघर्ष चलिरहनु वा संघर्षहरुले पूर्ण सफलता पाउन नसक्नु वा पूर्ण सफलता पाउने भन्ने बिषय नै क्रान्ति , संघर्ष , बिद्द्रोहरुको क्रमिकता संगै क्रमश एक पछि अर्को गर्दै कुनै समाप्त हुनु वा कुनैले सफलता सँगै एक् पछि अर्को खुड्किलाहरु पार गर्दै जानु, यो एउटा प्रक्रिया हो जुन अनबरत रुपमा मानब जीवन अनि समाजमा चलिरह्न्छन् l यसमा दुइ अर्थ हुन्न सफलता र विकास यसरी नै चरण बध रुपमा हुँदै जान्छ पनि ।
किनभने १ कक्षामा भर्ना भएको बिध्यार्धिले अर्को बर्ष नै १० कक्षा वा एसइइ पास गर्ने हुँदैन। उसले १० कक्षा वा एसइइ पास गर्ने अर्को १० बर्ष अध्ययनलाइ निरन्तरता दिनुपर्ने हुन्छ l
नेपाली राजनीतिक संघर्षको इतिहासमा पछिल्लो चरणमा विकास भएको माओबादी १० वर्षे शसस्त्र जनयुद्ध वा भनौं द्रोन्ध वा क्रान्ति रहेको छ l निसस्त्र क्रान्तिको तुलनामा शसस्त्र द्रोन्ध वा क्रान्तिले धेरै अनि भयानक परिणामहरु भोग्न पर्दो रहेछ भन्ने मनग्गे पाठ नेपाली समाजमा माओबादी १० बर्षी शसस्त्र जनयुद्ध वा क्रान्तिले सिकाएको छ भन्दा अतियुक्ति हुन्न l
माओबादी १० वर्षे शसस्त्र जनयुद्ध वा क्रान्तिले नेपाली समाजमा तितो पाठ मात्रै सिकाएको छैन , कतिपय महत्व पूर्ण उपलब्धिहरु पनि दिएको छ जसलाई यस्सै नकार्न तथा नजरअन्दाज गर्ने सकिन्न। जस्तै छुवाछुत बिरुद्दको ऐन , घरेलु हिंसा बिरुद्धको ऐन , कमैया , कम्लरी ,हलिया जस्ता प्रथाहरुको अन्त्य यस्ता सामाजिक थिचोमिचो बिरुद्द्ध यो आन्दोलनले उपलब्धि सँगै सबै भन्दा ठुलो उच्चतम सफलताको रुपमा रहेको गणतन्त्रलाई नकार्न कसरी सकिएला !
तर परिबर्तनले समग्र मुलुकमा अझ भनौं तल्लो बर्गमा परिबर्तनको आभाष दिन नसक्नु नेताहरुको चरित्रमा घुसेको दरिद्रले प्रवृतिले नै हो भन्न किमार्थ अर्को अर्थ लाग्दैन आज l
सँग सँगै १० बर्षी लामो कहालीलाग्दो त्यो युद्ध पछि युद्ध समायोजना तथा द्रोन्ध ब्यबस्थापनको नाममा भएको चटक र नाटक एउटा ठुलो धब्बाको रुपमा रहनु निसन्देह नै बिडम्बनाको रुपमा रहेको छ ।
र साथै तत्पश्यात झन् यो आजको मिति सम्म आइपुग्दा हिजोका कति कति ति अगुवा ,महान योद्धाहरुको चरित्रमा लाजघिन पचाएर घुसेको निस्क्रिस्ट दरिद्द्र चरित्रले पनि क्रान्तिको साख धुमिल मात्रै पारिदिएको छैन समग्र द्रोन्धले नै भरपुर बदनामीको कठघरामा उभिनु परेको छ । हो, क्रान्तिमा आँसु हुन्छन् जोश हुन्छन् तर क्रान्ति अनि बिद्रोहमा बग्ने रगत , पीडा र बेदना चोटहरु र छचल्किने आँसुहरु पनि पुछ्ने साहस अनि होश पनि भैरहनु पनि महतोपूर्ण हुन्छ। नत्र त जस्तो सुकै क्रान्ति होस् वा आन्दोलन होस् समयको बहाब संगै एउटा इतिहास बन्दै जानुको बिकल्प हुन्न l
प्रकाश सपुतको गीत पिरले माओबादी आन्दोलन पछि समग्र माओबादी आन्दोलनका केहि नेतृत्व बर्गहरुको दुश्चरित्र अनि दरिद्र प्रबृध्दीको कारण त्यो आन्दोलनमा आफूहरुलाई सम्पूर्ण रुपमा होमेर पाएको कहालीलाग्दो परिणामहरु हू –बहु बोलेको छ भन्दा अतियुक्ति हुन्न ।
एउटा कलाकारको धर्म पनि हुन्छ कि उसले समाज वा कुनै पनि क्षेत्रमा देखा परेको कु-कृतिहरु कलाको माध्याम बाट उजाकर गरेर समाजलाई सुचित गर्नु वा प्रदर्शन गर्नु । कलाकार प्रकाश सपुतले माओबादी बाट खाओबादीमा परिणत भएका केहि दरिद्र चरित्रहरु र त्यो दरिद्र चरित्रको कारण सिङ्गो आन्दोलन प्रति अगाध समर्पण गरेकाहरुले भोग्न परेको वा भोगिरहेको कहालीलाग्दो परिणाम नै देखाउन खोजेको हो अर्थोक किमार्थ होइन l तर पनि आन्दोलन र परिबर्तन प्रति इमान जमान अझैं हुने हरु अत्तालिनु जरुरी छैन l
यद्धपि कालजयी गीत संगीत शब्द मात्रै होइन,पिर भित्र समेटिएका दुश्यहरु , कलाकारहरुका जीवन्त अभिनयले यो सामाग्रीमा झनै उत्कृस्टता थपिदिए संगै सामग्री भित्र रहेको केहि दुश्यले अलिकति अतिरन्जित र अपाच्य दृष्य पनि रहेको बिषयलाइ नकार्न नसकीएता पनि समग्र सामग्रीले पस्कन खोजेको सत्यतालाइ नकार्न सकिन्न l
हो संगीत बग्दै जाँदा शब्दहरु सुन्दै जाँदा अनि दुर्श्यहरु एक् पछि अर्को चल्दै जाँदा जो कोहीको आँखाहरु आफै छचल्किन् सक्छन् मुटु चट्किन सक्छ l कमलो मुटुबाट परिबर्तन भएर ढुंगाका मुटु हुनेहरुको मुटुहरू त झनै हल्लिन सक्छ,हल्लिनै पर्छ पनि ।
नेपाली लोक गीत संगीतको इतिहासमा एउटा अर्को सर्बोत्क्रिस्ट रचना पस्कन सफल कलाकार प्रकाश सपुत प्रति मनै बाट साधुबाद भन्दा किमार्थ अर्को अर्थ लाग्दैन l
अस्तु
जय होस्
( यो लक्ष्मण श्रेष्ठको सामाजिक संजालबाट लिईएको हो )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




