प्रचन्डपथ
नमस्कार ,
सन् १८४८ मा जव कार्ल मार्क्सले कम्यूनिष्ट घोषणा पत्र लेख्नुभयो त्यो पत्रले संसारका प्राय सबै राष्ट्र हल्लाएको थियो । हल्लायो मात्रै होईन थुप्रै राष्ट्मा मार्कसवादले ठूलै परवर्तन ल्याएको छ । र मलाई लाग्छ आज पनि उहाको सिद्दान्त, उहाँले वसालेको नजिर र त्यो प्रवृतीलाई अवलम्वन गर्ने कसरत गरीरहेका धेरै देशहरुमध्ये एउटा देश हाम्रो पनि हो । जसको व्यवहारीक र ऐतिहासीक र सुरुवात २०५२ मा तपाईहरु (प्रचण्डपथ) बाटै भएको हो यदी म गलत छैन भने । तर संसारका अन्य देशहरुमा मार्कसिजमले देश र जनताको जिवनस्तरलाई जसरी परीवर्तन गराएको छ त्यसैगरी हाम्रो देशमा भएको छ भन्ने लाग्दैन मलाई । र मलाई यो पनि लाग्दैन कि त्यही प्रचण्डपथ जसले देश र जनताको जिम्मा लिएको थियो उ अहिले पनि जिउँदै छ । लाग्दैन हिजो गरीब दुखी जनताको घर घरमा गएर पिडा सुने जसरी नै आज पनि सुन्छ । तै पनि म र म जस्तैहरुलाई मनमा लागेका कुराहरु लेख्न मन र सोधेर मनको तितो फाल्न मन लागेको मात्रै ।
हुनत देशमा प्रधानमन्त्रीलगायत अरु थुप्रै नेताहरु हुनुहुन्छ उहाँहरुलाई सोधेको भए पनि हुने, तर उहाँहरुसँग सोध्ने मेरो कुनै अधिकार नै छैन किनकी न त उहाहरुले हामी जस्ता जनताका लागी राजनिती गरेको थाहा पाएको थिएँ न त उहाहरुलाई मैले गास काटेर खुवाएको नै थिएँ। त्यही भएर उहाँहरुले गरेका कामहरुमा चित्त दुखाई गुनासो आपत्ती विपत्ती त्यती रहँदैन जती तपाईहरुसँग रहन्छ । किनकी तपाईहरु त गरिव दुखी र उत्पिडीत जनताका आस्थाको केन्द्र हौ हामी भन्नु हुन्थ्यो र हामी पनि ज्ञानी वच्चा जस्तै आशावादी हुन्थ्यौ । हुनत म तपाईको पार्टीमै संघर्ष गरेको योद्दा भने अँह हुँदै होईन तर प्रचण्डपथ जिन्दावाद भन्दै गल्ली गल्ली कलिला हातमा राँको लिएर भुकेको नागरीक भने जरुर हुँ । त्यती मात्र कहाँ हो र आँफ्नो भाग पनि यिनिहरुले नै खाउन र अन्यायका विरुद्द लडन सकुन भनेर चाहेको व्यक्ति जरुर हुँ । तर अहिले भने पछुतो लागेको छ । किनकी म अझै अछुतो छु । म त्यही अवस्थामा छु आज पनि जुन अवस्थामा तपाईलाई खाना खुवाईको थिएँ ।
म सानै थिए, राजनिती के हो मलाई अहिले त ज्ञान छैन त्यती वेला झन के थाहा हुनु र । तर अरु केही थाहा नभए पनि सानो जात भनेर हामीले समाजमा मान्छेको दर्जा नै नपाएका कुरा चाँही सानै भए पनि बुझेको थिएँ । हुनत अरु दुखहरु अभावहरु नभएका होईनन् तर मान्छेनै हुन नपाएका हामीलाई अरु दुखले किन छुनुपर्थ्यो र ! दुख नै सही हामीलाई त मान्छे हुनु थियो पहिला । हो त्यही कुसंस्कारलाई प्रचण्डपथले हटाएर हामीलाई पनि मान्छे बनाईदिन्छ रे भन्ने हल्लाले गुन्जयमान हुन्थ्यो गाउँ , त्यही भएर तपाईको पथलाई त्यती सम्मान गर्थौ म र मेरा गाउँलेले जती सम्मान आफ्नै घरमुलीको आदेशलाई पनि गर्दैनथ्यौ । सायद म जस्तै धेरै थिए देशमा । देशमात्रै किन अमेरीका चिन, भारत, पाकिस्ता, बेल्जियम लगायतका राष्ट्रहरुको समर्थन थियो क्यारे तपाईहरलाई त्यसैले त तपाईको पार्टी पहिलो भएको थियो । तर आज खै कहा गयो त्यो पथ ? खै कहाँ गयो तपाईको मार्क्सवादी सिद्दान्त जो तपाईहरुकै लागी बनेको हो भन्दै गाउँलेहरुको गास खोस्थ्यो । खोस्थ्यो पनि हैन गास काटेर खुवाउँथे सायद गाउँलेले । तर तपाईले याद गर्नुभयो की भएन कुन्नी ती गास केवल गास थिएनन् ती गरीवका दुख थिए, पसिना थिए, आँसु थिए, सपना थिए, आशा थिए, भरोसा थिए, अनि खुसी पनि । खै कहाँ पुगे ती जनतालाई देखाएका सपना ? कि सिंहदरवार छिरेपछि सिद्दान्त वदल्नुभएको हो र ?
ती जनताका लागी मात्रै कहाँ हो र तपाई त स्वयम् तपाईका प्रतिस्पर्धी राजनितीक दलका आँखामा पनि साच्चीकै देशको जिम्मेवारी लिन लायक व्यक्तित्व हुनुहुन्थ्यो रे । सुनेको थिए गीरीजा बाबुले जिवनको अन्तिम घडीमा आफ्नो पार्टी र अरु सबैलाई छोडेर तपाईलाई देशको जिम्मा लगाउनुभएको थियो रे । सोध्न मन छ, गिरीजा बाबुले तपाईलाई नै किन रोज्नुभएको थियो होला जिम्मेवारी दिन ? जिम्मेवारी पुरा गर्नुभयो त ? आज पनि हामी किन सानै जात हुनुपरेको ? आज पनि हामी छोरीहरले किन वलात्कार हुनुपरेको? चोरी, डकैती, अपराध किन ? सडकमा निर्धक्कले हिड्न नाएको किन ? मार्कसिजम भनेको मैले नबुझेको की ! हिजो तपाईहरुलाई सहयोग गरेको भन्दै थर्काउथ्यो कुट्थ्यो पिट्थ्यो सरकार, जनता थरथर काप्थे यता तपाईहरुले सरकारको ठेकेदार भन्नुहुन्थ्यो थर्काउनु हुन्थ्यो जनता फेरी डराउँथे तर अहिले तपाई र सरकार सबै मिलेर गर्जीनुभएको जस्तो लाग्छ संहदरबारबाट जहाँ जसले जे मन लाग्यो त्यही गर्न पाउने भनेर त्यसैले जनता फेरी डर त्रासमै छन किन ?
हुनत मैले यतीका प्रश्न गरीरहँदा तपाईले केही पनि नगर्नुभएको भनेर अपजस मात्रै दिन खोजेको भने जरुर होईन । तपाईले गरेका धेरै कामहरु छन त्यसको एउटा विशेष र महत्वपुर्ण उदाहरण यही पत्र हो जहाँ मैले तपाईप्रती निस्फिक्री गुनासो गर्न पाएको छु । तर तपाईले दिलाएको यो स्वतन्त्रता तपाईमाथि नै प्रहार गर्नुपर्दा बडो नमिठो सँग गाँठो परीरहेको छ मन । तर यो पत्रलाई तपाईले गाली होईन असल नागरीकको जिम्मेवारी ठानिदीनुहुनेछ भन्ने अपेक्षा राखेको छु । किनकी मलाई लाग्छ की एउटा नागरीकले त्यही नेता सँग गुनासो गर्नपर्छ जसलाई उसले भरोसा गरेर राज्य संचालनको जिम्मा लिन पठाएको हुन्छ । सायद पछिल्लो समय कलाकार तथा गायक प्रकाश सपूतले पनि जनताका मनका अन्तर्कुन्तरमा रहेका गुनासालाई समेटेर पीर बनाएका पो थिए की ! त्यसलाई दलाली गीतका रुपमा नलीएर सचेत रहनका लागी गरीएको खबरदारी पो सम्झिने की ! खबरदारी जोसुकैको किननहोस् सकरात्मक ढङंगले लिन सकियो भने त्यो खबरदारीलाई भत्किएर छरपष्ट भएको घरलाई एक मुष्ट वनाएर घर ढल्न नदिने खम्बा बनाउन सकिदैन र ?
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




