टोकियो/जापान । जापानमा हुनुहुन्छ ? अनि स-सना नानीबाबुहरु पनि छन् कि ? त्यसो हो भने उनिहरुलाई खेलाउन दिने बेलामा ख्याल गर्नुहोस है नत्र ठूलो समस्या निम्त्याउन सक्दछ ।

जापानमा अहिले पछिल्ला समयमा चुम्बकीय ख्लौनाहरु लोकप्रिय बन्दै गएका छन् । तर त्यस्ता खेलौनाहरुमा जडित स-सना चुम्बकीय गोलाकार टुक्राहरु बालबालिकाहरुले निलिदिने घटनाहरु बढेको पाईएको छ ।

हालसालै जापानको उपभोक्ता मामिला एजेन्सी( 消費者庁)ले यस्का खरनाक चुम्बकीय खेलौनाहरु बारे उचित नियम तथा कानुन बनाई नियमन गर्न आवश्यक रहेको भनि सरकारको ध्यानाकर्षण गराएको छ । उसका अनुसार सन २०१७ देखि यताको ५ वर्षमा यस्ता चुम्बकीय खेलाउनका कारण धेरै बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिएको छ ।

यस्ता खेलौनाहरु चलाउँदा चलाउँदै बालबालिकाहरुले निलिदिने समस्या अधिक रहेको छ । जसका कारण कतिको घाँटीमै अड्केर अस्पत्ताल पुर्याउनुपरेको छ भने कतिको अस्पत्ताल पुर्याएपनि आन्द्रामा दुलो पर्ने लगायतका समस्याहरु देखा परेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार