टोकियो/जापान । जापानमा वसोवास गर्दै आएका झण्डै १० हजार विदेशी बालबालिकाहरु “विद्यालय बाहिर”रहेको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयको सर्वेक्षणले देखाएको छ ।

शिक्षा, संस्कृति, खेलकुद, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी बालबालिकाको भर्नाको अवस्था बुझ्ने प्रयासस्वरुप देशव्यापी रुपमा रहेका नगरपालिकाका शिक्षा बोर्ड मार्फत यो सर्वेक्षण गरेको हो ।सर्वेक्षण अनुसार गत वर्षको मे महिनासम्ममा जापानमा आवास दर्ता गराएका ( वैधानिकरुपमा वसोवास गरेका) प्राथमिक तथा निम्न माध्यमिक माध्यमिक विद्यालय उमेर समूहका विदेशी बालबालिकाको कुल सङ्ख्या १ लाख ३३ हजार ३१० रहेको थियो जसमध्ये ७.५ प्रतिशत, यानेकी १० हजार ४६ जना बालबालिकाहरु विद्यालय बाहिर नै रहेको देखिएको छ ।

सर्वेक्षण अवधीमा,जापानको प्राथमिक/निम्न माध्यमिक तथा विदेशी विद्यालयहरुमा नगएकाहरुको संख्या ६४९ जना,टेलिफोन तथा घरमै गएर गरिएको सर्वेक्षणमा( कुनैपनि प्रकारका विद्यालयमा नगएकाहरु)भेटिएका संख्या ८,५९७ जना र विद्यालय गए/नगएकोबारे स्थिति नखुलेकाहरुको संख्या ८०० जना रहेको देखिएको छ । यसै आधारमा भन्दा जापानमा १० हजार विदेशी बालबालिकाहरु विद्यालय बाहिरै रहेको देखिएको हो ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार यो संख्या अघिल्लो सर्वेक्षणको सोही अवधीको तुलनमा झण्डै ५० प्रतिशतले घटेको छ । सरकारले कुनैपनि बालबालिकारु कुनैपनि कारणले विद्यालय बाहिर नरहुन् भनेर सम्बन्धित निकायहरुलाई निर्देशन दिईसकेको छ । सोहि अनुरुप विदेशी बालबालिकाहरुको पढाईको लागि आर्थिक साहयताको व्यवस्था पनि गर्दै आएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार