टोकियो/जापान ।मार्च महिना जापानका सबै विद्यालय तथा विश्वविद्यालयहरुमा दिक्षान्त समारोह(卒業式)हरुको भ्याईनभ्याई हुन्छ । यसपाली पनि त्यस्तै रह्यो ।

कोरोनाका कारण ठूला ठुला समारोहरु आयोजना हुन नसकेपनि स/सना औपचारिक समारोहहरु भने अघिल्लो वर्षको तुलनामा अधिक भयो । मार्च महिनाको अन्त्यसंगै अहिले भने लगभग जसो स्थानका दिक्षान्त समारोहरु सकिन्छ ।

युवा/युवातीहरुले।विश्वविद्यालय सक्काएर दिक्षित हुनु त स्वभाविक कुरा भयो त्यसैले अव खासै समाचारहरु बन्दैनन् । तर यसपाली टोकियोको एउटा विश्वविद्यालयबाट ७३ वर्षकी वृद्धले पनि विश्वविद्यालय उत्तिण गरिन् र अन्त तन्नेरीहरुसंगै दिक्षित भईन् ।

त्यसो त जापानमा पढाई लेखाईका सन्दर्भमा अक्षर मात्रै चिनेपनि बाँच्नलाई पर्याप्त हुने रोजगारी पाईन्छ । त्यसैले वर्षौ विश्वविद्यालय धाएर प्रमाण पत्र नलिई नहुने त्यस्तो कुनै बाध्यता छैन । तर पनि जापानको मियागी प्रान्तको ईसिमाकी सहरकी ७२ वर्षिया खातोउ साचिकोले भने अलि फरक कारण सहित बुढेशकालमा विश्वविद्यालय पढेर उत्तिर्ण पनि भईन् ।

उनलाई यस उमेरमा पढ्न मन लाग्नुको कारण चाहीँ उनले अहिले दिक्षित भएको कलेजमै पढ्ने उनिकी २३ वर्षे दिवंगत छोरी रहेछिन् । उनी यहि मार्च १८ तारिख भएको दिक्षान्त समारोहमा श्रीमान र आफ्ना २ छोराहरुसंगै निकै प्रसन्न मुद्रामा सहभागी भईन् । तर उनिसंग देखिएका ति ३ जना बाहेक परिवारकी अर्की एक सदस्य पनि थिईन्, जसलाई उनले तस्बिरमा राखेर झोलामा लिएर आएकी थिईन् । जसलाई उनले सन २०११ को मार्च ११ को विनाशकारी भुकम्प र सुनामीका कारण गुमाएकी थिईन् ।

उनै गुमेकी छोरीको याद भुलाउन जिवनको उत्तरार्धमा विश्वविद्यालय पुगेकी उनि अन्ततः विश्वविद्यालय दिक्षान्त हुने बेलासम्म पनि पढिरहिन् र जापानको शैक्षिक क्षेत्रमा फरक परिचय स्थापित गरिन् ।

एनएचके अनलाईन संगै अन्य अनलाईन सामग्रीहरुको आधारमा तयार

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार