टोकियो/जापान ।जापान हरेक मौसम विशेष महोत्सव हुने मुलुक हो । अझ भनौ जापानले हरेक प्राकृतिक परिवर्तनहरुलाई विशेष महत्वका साथ लिने गर्दछ ।

जापानमा बसोबास गर्दै आएकाहरुले त प्रत्यक्ष महशुस गर्दै आएकै कुरा हो कि, वसन्त ऋतुमा साकुरा पर्व( 花見- हानामी)गृष्म ऋतुमा आतिशबाजी ( 花火- हानाबी) शरद ऋतुमा मोमिजी( 紅葉) लगायतका मौममी पर्वहरु मनाईन्छन् जापानमा ।

यतिखेर जापानमा साकुराको मौसम हो । साकुरा(桜)जापानी राष्ट्रिय फूल हो । जो हाम्रो नेपालमा पाईने पैयुँको एक प्रजाती हो । जम्मा जम्मी १ साताजति मात्रै आयु रहने साकुरा फुल्दा वातावरण साँच्चै मनमोहक बन्ने गर्दछ ।

तपाईले सामग्रीमा देखिईरहनुभएको साकुराका तस्बिरहरु जापानको राजधानी टोकियो स्थित योयोगी पार्क परिसरमा फुलेका साकुराता ताजा तस्बिरहरु हुन् । टोकियोमा मार्च २७ तारिखबाट नै साकुराहरु पूर्णरुपमा फुल्न थालेका हुन्।त्यसैले अबको १/२ दिनमै यि सबै फूलहरु झरेर हरिया मुनाहरु पलाउनेछन् ।
तस्बिर/प्रस्तुतीः सुमित्रा लामिछाने

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार