जापान सरकारले दैनिक जापान प्रवेश गराउने यात्रु संख्या बढाउने समाचार १ महिना अघिदेखिनै पढ्दै आएको हो । फेरि अप्रिल महिना लाग्नेबित्तिकै संचार माध्यमहरुले बढो उत्साहका साथ छापेका छन् ।

तर जापान सरकारले दैनिक प्रवेश संख्या बढाएपनि नेपाली यात्रुहरुलाई खासै कुनै अर्थ देखिनँ । भिसा प्रकृयाका लागि भिएफएस गयो उस्तै समास्या,टिकट काट्न ट्राभल एजेन्सी गयो, मूल्य सुनेर बेहोसै होईला भन्ने डर ।अझ भिसा प्रोसेसका लागि भिएफएसमा पनि पैसाको चलखेल हुन्छ रे ( हल्ला सुनेको तर मैले चाहीँ त्यस्तो मान्छे नी भेटिनँ र दिएको पनि छैन)। एकैदिन/एकैछिनमा हुनुपर्ने काम २/३ पटक जाँदा नि हुँदैन । हुनत यो हाम्रो देशको कार्यशैली नै हो ।

सुरु, सुरुमा जापान खुल्ने समाचार कहिले आउला भनेर हरेक समाचार साईटहरु खोजी खोजी हेर्थेँ तर आजकाल प्रकाशित समाचार र त्यसको व्यवहारमा तालमेल नभएको देख्दा समाचार देखेरै बिरक्त लाग्छ । पहिले खुल्दै खुलेन अहिले खुल्यो तर जाने पालो नै आउँदैन ।

१८ महिना त पर्खिएँ अझै केहि समय पर्खौँ भनेर ढुक्क भएर बसौँ भने पनि चाईना र युरोपमा कोरोना बढ्यो भनेर तिनै मिडियाहरुमा खबर आउँछ । फेरि त्यहि बाहनामा जापानले सीम कडाई गरिदियो भने बल्ल/बल्ल देखिन थालेको भविष्य पुनः अन्धकार हुने हो कि भन्ने पिर ! साँच्चै भन्दा जापान जाने सोच बनाउनु नै मेरो दुख र पिडाको सुरुवात भईदियो ।

भिएफएस धाएको धाऐछु, काम बनेको छैन । टिकट बुझेको बुझैछु काम बनेको छैन, तर जापानबाट समाचार आउँछ अब दैनिक १० हजार जना लाने रे ! कसलाई के थाह सकारात्मक समाचारले पनि मानिसलाई कसरी ईरिटेटिङ् बनाउँदो रहेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार