टोकियो/जापान ।अहिले लामो प्रतिक्षा पश्चात नयाँ विद्यार्थीहरु जापान आएका छन् । नेपाल बसेर सोचेको जापान र यहाँ आएर भोगेको जापान नितान्त फरक रहन्छ । त्यसैले धेरैले जापान आईसकेपछि गाह्रो भयो भनेर गुनासो पनि गर्ने गर्दछन् ।

यसै सन्दर्भमा वास्तवमा जापानमा विद्यार्थीहरुको अवस्था कस्तो छ ? सम्भावनाहरु के के छन् ? के बाहिर देखेको र भोगेको विद्यार्थी जीवन साँच्चै नै फरक छ त ? लगायतका विषयमा एक विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानद्वारा सुसुचित गराउने अभियान “NRNA मेरो साथी”अन्तर्गतको आगामी साताको श्रृंखलामा जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने जमर्को गरेको छ । यहि आउँदो शनिबार १६ तारिख अनलाईन माध्यममा हुने कार्यक्रम नेपालन्युजपोस्टडटको अफिसियल फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

मुलतः कार्यक्रममा, जापानमा नेपाली विद्यार्थीहरुको वास्तविक भोगाई,विद्यार्थी जीवनका कठिनाई तथा त्यसका समाधान,जापानमा विद्यालय तथा विश्वविद्यालयहरुको छात्रवृत्ति कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा, हाल जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग छलफल गरिनेछ । यस पटक ओकिनवा, सेन्दाई, मिए तथा कोबेमा अध्यायनरत विद्यार्थीहरु सहभागी हुनेछन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार