कान्साई/ जापान। कुनै प्रचार, ब्यानर तथा तडक/ भडक बिनानै सम्पन्न भयो नेपाली नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम जापानको ओसाकामा ।

कान्साई नेपाली सोसाइटीको आयोजनामा पछिल्लो समय बढदै गएको नेपाली समाज र संघ संस्थाहरुमा मौलाउदो बिकृती लाइ कडा प्रहार गर्दै कान्साईको ओसाकामा नेपाली नयाँ वर्ष बिक्रम सम्वत २०७९ शुभकामना आदान-प्रदान कार्यक्रम, सभ्यर भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा न कुनै प्रमुख अतिथी न अतिथीहरुको चाङ न त पट्यार लाग्दो भाषण न कुनै मतभेद उपस्थित सबै प्रमुख अतिथी,अतिथी सम्पूर्ण समान भुमिकामा एकत्रित भएर जापानी समुदायको पनि उपस्थिती सहित बाली टावर होटल तेन्नोजीमा नेपाली नया बर्ष शुभकामना आदन प्रदान को साथमा नेपाली र जापानीज कलाकार हरुको साङगितिक प्रस्तुति सहित सम्पन्न भएको छ।

आयोजकले तय गरेको निश्चित समयमा कार्यक्रम शुरु गरि कार्यक्रमको बारेमा १ मिनेट मा आयोजकले प्रकाश पार्दै खान्पाइ(सबैले पेय पदार्थ लिई एकैसाथ पिउने जापानी संस्कार) गरि कार्यक्रमको शुरुवात गरिएको थियो।उपस्थित जापानी तथा नेपाली हरुलाइ नेपाली नया बर्षको बिषयमा जानकारिको साथ शुभकामना दिदै खान्पाइ सहित कार्यक्रमको शुरुवात कान्साई नेपाली सोसाइटिका संस्थापक मध्येका एक दिनेश श्रेष्ठले गरेका थिए ।

भाषण,बिभिन्न खालको सम्बोधन ,आशन ग्रहण बाट पर रहेर आयोजना गरिएको कार्यक्रम नितान्त पारिवारिक,मनोरञ्जनपुर्ण र जापानी र नेपाली समुदायको आत्मियता साटासाट गर्ने थलोको रूपमा देखिएको थियो।कार्यक्रमको आकर्षणको रुपमा राम महर्जनको बाँसुरी बादन,नेपाली समुदायमा सुन्दरी मिका को नामले चर्चित जापानी गायिकाले नेपाली गित गाएकी थिईन् भने “ओशामा” नामक जापानी ब्यान्डको एकल सांगितीक प्रस्तुतिको साथमा नेपाली कलाकारको नृत्य रहेको थियो ।सांगितिक माहोल र लोभलाग्दो नृत्यले नेपाली र उपस्थित जापानिज हरुलाइ नाच्न जागृत गराएको थियो।

कोरोना कहरको लहर केही कम हुदै गएपनि जापान सरकारले लागु गरेको नियमको परिधि भित्र रहेर कार्यक्रम आयोजना गरिएको संयोजक सुजन मैनालीले जानकारि गराए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार