भ्रम , पैसा र पार्टीगत कुनै नेताको पछि भन्दा पनि सवल र सक्षम जननेतालाई अवसर दिन सकियो भने स्थानिय तहको निर्वाचन उपलब्धि मुलक बन्नेछ।

यहि वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचन नजिकैदैँ गर्दा सामाजिक सन्जाल देखि गाँउघरसम्म छुट्टै किसिमको चुनावी माहोल बनिरहेको छ लाग्दछ कि कुनै ठुलो चाडवाड नै आएको जस्तो भान भएको छ ।यसपालि देशभरका ७५३ स्थानीय तहमा करिब १ करोड ७९ लाख मतदाता रहने निर्वाचन आयोगले अनुमान गरेको छ साथै निर्वाचन आयोगले यहिँ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका मतदाताले स्थानीय निर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ।

नेताहरुले देश विकाश गरेनन् भनेर तपाईहामी चौतर्फी रुपमा आलोचना गर्नुभन्दा पनि आफ्नो स्थानिय तहमा भएका जनप्रतिनिधिहरुले के-कस्ता कार्यहरु गरिरहेका छन् त त्यसको उचित मुल्याङ्कन गरी अब आउने स्थानिय तहको निर्वाचनमा जुनैसुकै पार्टीको उम्मेदवारी भएनि एउटा सक्षम उम्मेदवारलाई भोट दिन आवश्यकता रहेको छ, जसले गर्दा आगामी ५ वर्ष सम्ममा तपाईहाम्रो क्षेत्रले उन्नति तथा प्रगतिबाट आ- आफ्नो क्षेत्रको मुहार फेर्न सक्नेछ।देशमा राष्ट्रियसभाको निर्वाचनमा जितेर नेताहरु काठमाडौं गएपछि काठमाडौंमा नै हराउने अनि विरलै रुपमा मात्रै गाँउघरमा पाइला फर्कने गरेको कुरा हामी सबैलाई अवगत नै छ त्यति हुदाँहुदै पनि फेरि चुनाव आएपछि तिनै नेताहरु गाउँघरमा लाजश्रम पचाएर हामी यस्तो विकाश उस्तो विकाश गर्छौ भन्दै फेरि जनताकै घरदैलोमा हात जोड्दै भोटको लागि भिक माग्दै आएको देख्न सकिन्छ।
तर स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि गाउँमै रहने हुनाले सहि व्यक्ति छनोट भयोभने जनसमुदाएको गुनासोहरुलाई प्रत्यक्ष रुपमा छलफल गर्न सहज हुन्छ। स्थानिय तहको चुनावले तपाईहाम्रो क्षेत्रमा अत्यावश्यक रहेका स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषि ,खेलकुद साथै स्थानिय स्तरमा रहेका विविध गतिविधि र समस्याहरुलाई प्रतक्ष्य रुपमा देखि,भोगि अध्ययन गरि त्यसको समाधान पनि हुने भएकोले स्थानिय तह निर्वाचनको महत्तपुर्ण भुमिका रहेको हुन्छ।त्यसैले यसविषयमा तपाईहामी सजक भई गम्भिरतापुर्वक अघि बढ्न जरुरी रहेको छ।

कतै पैसा र भ्रमको पछि लाग्नुभएको त छैन नि ?
निर्वाचन आयोगले यसअघिको निर्वाचनमा आचार संहितामा स्थानीय तहका प्रमुखले अधिकतम ७ लाख ५० हजारसम्म खर्चको सीमा तोकेको थियो।
अधिकतम खर्चको सीमा महानगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ७ लाख ५० हजार र गाउँ पालिकाका प्रमुख र उपप्रमुखको हकमा ३ लाख ५० हजार तोकिएको थियो। महानगरका वडा सदस्यले अधिकतम ३ लाख र गाउँपालिकाका सदस्यले त्यसको आधा खर्च गर्न सक्ने सीमा तोकिएको थियो तर जित्नकै लागि लाखौँ खर्च गर्न पनि पछि नपर्ने केहि आफ्नै मात्र स्वार्थ हेर्ने असक्षम उम्मेदवारीहरुलाई चिनेर सवल र सक्षम उम्मेदवारीलाई पहिचान गरि आफ्नो क्षेत्र तथा देशलाई भ्रष्ट्रचारी नेताहरुबाट मुक्त बनाउन हातेमालो गर्न पनि जरुरी रहेको छ। त्यसैले पार्टीगत रुपमा नभई सक्षम उम्मेदवारीलाई समर्थन गरी आफ्नो भोट सुनिश्चित गरौँ।

विशेषगरी स्थानिय क्षेत्रहरुमा समाजका स्थानिय नेता तथा बुद्धिजीवि मानिने केहि सङ्गठनका व्यक्तिहरुले मतदाताहरुलाई नगद पैसा , यातायातको लागि पेट्रोल , रोजगारीको लागि प्रलोभन ,ठेक्कापट्टाको लागि विभिन्न प्रकारको सहयोग अनि टोल-टोलमा विकाशका झुटा नारा सङ्गै आश्वासन देखाएर तपाई हामीलाई आ-आफ्नो पार्टीतिर केन्द्रित गर्न खोजिरहेका हुन्छन त्यसैले यस्ता किसिमका भ्रमबाट सचेत भई समाजको लागि तपाई हामीले राम्रोसङ्ग बुझेको तपाइ हाम्रो विचारमा योग्य र समाज परिवर्तनको धरोहर मानिएको उम्मेदवारलाई भोट दिई आफ्नो क्षेत्रको विकाश गर्न सहयोग गरौँ ताकी तपाईहामीले आस्था बोकेको पार्टी भन्दा फरक उम्मेदवारी किन नहोस !
तपाईहाम्रो एक-एक बहुमुल्य मतले गर्दा समाज परिवर्तनको उच्च सम्भावन बोकेको उम्मेदवारीले साच्चिकैँ अवसरको बाटो पाउनुहुन्छ भने तपाईहामी साथ किन नदिने त !
यो विषयमा सोचेर मनन गरौँ।

विशेषगरी स्थानिय तहबाट निर्वाचित प्रतिनिधिको दायित्व:
स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख साथै वडाप्रतिनिधि जोसुकैले पनि पार्टी भन्दा माथि रहेर स्थानिय स्तरका नागरिकहरुलाई एकताबद्द रुपमा सङ्गै लिएर आफ्नो क्षेत्रको विकाश गर्न जरुरी रहेको छ।
कुनै पनि गाउँ तथा क्षेत्र एउटा व्यक्तिले मात्र विकाश गर्न सम्भव हुने कुरा होइन तर पनि विकाशको लागि स्पष्ट सिस्टम र भिजन हुन भने जरुरी रहेको हुन्छ जहाँ कुनै पनि प्रतिनिधिहरु पार्टीको रिमोटकन्ट्रोलमा चल्न थाल्दछन भने त्यहाँ विकाश भन्दानि स्वार्थपुर्ण राजनीति सुरु भएको हुन्छ। यस्तो अवस्थामा समाजका बुद्दिजीवि ब्यक्तिहरु तथा युवाशक्ति सचेत भई यसको विरोधमा लाग्न जरुरी रहेको हुन्छ।
विशेषगरी स्थानिय क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेका विभिन्न विषयहरुमा स्थानिय स्तरका नागरिकहरुसङ्ग छलफल गरि सुक्ष्म रुपमा अध्ययन गरेर वडाप्रतिनिधिले पालिका तथा नगर प्रमुखलाई र पालिका तथा नगर प्रमुखले क्षेत्रीय तथा राष्ट्रीय स्तरका नेताहरु समक्ष सुनुवाई गराई योजनावद्द रुपमा विकाशको खाका पेश गरी त्यस क्षेत्रको विकाशको लागि बजेट विनियोजन गराई स्थानिय क्षेत्रमा बजेट बाडँफाडँ गर्न जरुरी रहेछ हुन्छ। कुनै पनि उम्मेदवार छनोट भैसकेपछि अघिल्लो कार्यकालको प्रतिनिधिसङ्ग सहकार्य गरी पुरा गर्न बाकीँ रहेका योजनाहरुलाई क्रमबद्द गराई नयाँ योजनाहरुको पनि खाका तयार पार्दै जाने हो भने स्थानिय क्षेत्रको विकाशमा सहज हुन्छ।त्यसैले गाउँविकाश सम्बृदिको लागि तल्लो तहबाट माथिल्लो तहसम्म उचित सहकार्य हुन पनि जरुरी रहेको छ। देशमा बढ्दै गएको बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै स्थानिय क्षेत्रका जनताहरुलाई समावेश गरि कृषि तथा प्राविधिक क्षेत्रमा जोड लगाउन जरुरी रहेको छ। आजभोलि गाउँघरका डाडाँपाखा पखेरामा रहेका खेतबारी बाझिदै गएका छन जहाँ कृषि क्षेत्रलाई मध्यनजर गर्दै कृषि तथा प्राविधिक शिक्षालाई जोड दिई रोजगार प्रदान गर्न सकिन्छ। त्यसैले युवाहरुलाई कृषि तथा विभिन्न व्यवसायहरुमा लाग्नको लागि स्थानिय तहको सरकारले सहज व्यवस्था गरिदिनुपर्दछ ।

चुनावको बेला गरिने गठबन्धन देशको हितमा कि पार्टीको हितमा?

यहिँ वैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनलाई आ-आफ्नो पक्षमा लिनको लागि यतिबेला नेताहरु विभिन्न राजनीति पार्टीहरु सङ्ग चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका छन। चुनावी तालमेल नेताहरुको स्वार्थको लागि भन्ने कुरा त गएको स्थानीय चुनावमा माओवादी र काङ्ग्रेसको तालमेल साथै राष्ट्रियसभा निर्वार्चनमा कम्युनिष्टहरुको तालमेलले प्रष्ट पारेको छ त्यसैले नेताहरुले आफु र आफ्ना पार्टीको नै अस्तित्व समाप्त हुने डरले यतिबेला चुनावी तालमेल गरेको हो भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ। यतिबेला विभिन्न राजनिति दलहरु एक अर्कामा विभाजित भएका छन जसले गर्दा स्वयम पार्टीलाई त हानि पुर्याएको छ नै भने साथै देश विकाशको गतिलाई पनि हानी पुर्याएको छ। त्यसैले नेताहरुले गरेको चुनावी तालमेल भन्दा पनि तपाईहाम्रो क्षेत्रबाट उठेको सक्षम व्यक्तिलाई छनोट गरी पार्टीको विचारभन्दा माथि रहेर निर्णय लिई योग्य उम्मेदवारीलाई जिताउन जरुरी रहेको छ।
चुनावी तालमेल भनेको “एउटा जहाज फुल इन्धन भरेर ५ वर्षसम्मका लागि आकाशमा यात्रा गर्न खोज्नु जस्तै हो जुन जतिबेला पनि दुर्घटना हुन सक्दछ “
त्यसैले तपाई हामी पनि आफ्नो स्वविवेक प्रयोग गरी यसपालीको स्थानिय तहको चुनावमा सक्षम व्यक्तिलाई मतदान गरी विजय बनाऔँ।
मोहन कुवर सत्यवती -२, चेहेमी गुल्मी
हाल ओसाका जापान


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार