टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको यहि अप्रिल ९ तारिख भर्चुअल माध्यममा बसेको कार्यसमितिको चौथो बैठकले संस्थाको कार्यसम्पादनमा थप प्रभावकरीता थप्दै चुस्त र दुरुस्त बनाउने उदेश्य सहित सल्लाहकार, मानर्थ सदस्य विज्ञ समिति सदस्य चयन गरेको छ ।

संघका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतामा बसेको बैठकले, व्यवसायिक मामिला तथा व्यवस्थापन समिति,आर्थिक लेनदेन तथा आन्तरिक व्यवस्थापन समिति,पारिवारिक तथा कानुनी समस्या समाधान समिति,कामदार व्यवस्थापन समिति,खेलकुद विकास समिति,विद्यार्थी व्यवस्थापन समिति,पर्यटन प्रवर्द्धन समिति,आपत्कालिन समस्या समाधान तथा व्यवस्थापन समिति,स्रोत परिचालन तथा लगानी व्यवस्थापन समिति गठन गरि विभिन्न व्यक्तित्वहरुलाई संयोजनको जिम्मेवारी दिएको छ ।

गैरआवाशिय नेपाली संघ जापानमा, विगतदेखि वर्तमानसम्म विभिन्न क्षेत्रबाट योगदान दिँदै आएका तथा जापानको विभिन्न क्षेत्रको अनुभव र विज्ञता हासिस गरेका व्यक्ति तथा क्षेत्रहरुलाई समेट्ने प्रयास गरेको संघले,संघ/संस्था समन्वय तथा सहकार्य समिति,बिमा सचेतना समिति,महिला फोरम,क्षेत्र समन्वय समिति,जनस्वास्थ्य सेवा समिति,भाषा सम्पादन समिति,नेपाली कला तथा संस्कृति संरक्षण समिति,सामाजिक पर्यावरण रोकथाम समिति,युवा तथा स्वयम सेवक परिचालन समिति पनि गठन गरेको बताईएको छ ।
यसका साथै एनआरएनए जापानले, विशेष समितिको नाममा,संरक्षक परिषद,विधान संशोधन समिति,लेखा समिति र प्रेष सल्लाहकार समिति पनि गठन गरेको छ । यसका साथै विज्ञ समूह,सल्लाहकार एवं मानर्थ सदस्यहरु पनि छनौट गरेको छ ।

एनआरएनए जापानले गठन गरेको विभिन्न समितिहरुको पुर्ण जानकारी जस्ताको तस्तैः

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार