झन्डै ३ बर्ष देखि रोकिएको जापान प्रबेश खुले सँगै ऐले एकैपटक अधिक संख्यामा अन्य देश सँगै नेपाली विद्यार्थी हरु बढेको छन।यो पटक कान्साइको ओसाका,क्योटो,कोबे,नारामा हालसम्मकै उच्च भनिएको छ।
सबैका आ-आफ्नो किसिमको समस्या बाध्यता या रहरको कारक जतिसक्दो चाडो काम पाउन पाए हुनेथियो भन्ने ध्यय हुन्छ जुन स्वाभाबिक पनि हो। आज नया भाई बैनिहरु ठगिएको,ठगिन सक्ने शोषित हुने शोषित भएको बारेमा सचेतना पूर्ण जानकारी गराउदछु।

ऐले धेरै जस्तो हाक्केन कम्पनी(Job Recruitment Company)मा नेपालीहरुको लागि भनेर नेपाली स्टाफ हुन्छ जस्ले तपाईंहरुलाई निशुल्क काम लगाउन र अन्य काम सँग आवश्यक कुराहरुमा सहयोग गर्नुहुनेछ।काम लगाइदिए बापत कमिसन दिनुपर्ने अवस्था ऐले नभएकोले कमिशन माग्ने ठग हरु बाट जोगिनुहोला।
हिजो भर्खर मात्रै कोबेमा एउटा फटहाले नया बैनिलाई गलत नियतको हर्कतको प्रयास गरेको कुरा बाहिरिएको छ।

१) विद्यार्थीको लागि सहयोग गर्छु भनेर सन्जालमा लेख्ने संघ संस्थामा आबद्ध सबै ठिक हुन्छन भन्ने छैन।संघ संस्था लाई हतियार बनाएर ठग्न खोज्ने हरुको पनि जानकारि आएकोले तपाइले भेटेको सहयोग गर्न खोजेको कस्तो ब्यक्ती हो त्यस्को बारेमा एकैपटकमा गार्हो भएपनि बुझ्ने प्रयत्न गर्नुभएमा केही पर्दा अगाडि बढ्न सजिलो हुन्छ।

२) बिशेषत चेलिबेटि हरुलाइ काम लगाउने या लगाएको ठाउमा सिकाउने निउमा गलत कृयाकलाप गर्न खोज्ने प्रतिकार गरेमा बिभिन्न धाक धम्की देखाएर शोषणको दुशप्रयास गरेको घटना हरु बाहिरिएको हुनाले चेलिबेटि हरु सजग रहनुहोला।
आफ्नो गल्ती नभैकन दुर्व्यबहार गर्न खोज्ने त्यो जापनिज भएपनि नेपाली भएपनि सेन्पाइ या शिक्षक जोसुकै भएपनी डटेर प्रतिकार गर्नुहोला।जो सुकै होस शोषण या दमन गर्न खोज्ने लाई शुरुवाति चरणमै प्रतिकार या रोक्ने प्रयास गर्नुहोस।जापान नियम र कानुनी परिधिमा चल्ने देश भएकोले आफ्नो गल्ती कमजोरी नभए कसै सँग डराउनु झुक्नु पर्दैन।

३) कोरोना कहरको बेला केहि समय अगाडि नेपाल बाट आउने हरुले सार्वजनिक यातायात प्रयोग गर्न नपाउने बेलामा घरघर मा पुर्याउने जस्तो मानबिय सहयोग गर्छु भनेर बेलुकाको समयमा सिधा साधा जस्तो लाग्ने खालको चेलिबेटि हरुलाई रुम पुर्याउने बहानामा सम्भबत योजनाबद्ध रुपमा हुनसक्ला, “गाडि बिग्रिएकोले भोली बिहान् नभै अगाडि बढ्न नसकिने” भन्दै वाध्यत्मक परिस्थिती सृजित गरि होटल या आफु अनुकुलको ठाउँमा लगि शोषणको प्रयास गरेको कुरा हरु आएको छ्।स्मरण रहोस् जापानमा गाडि बिग्रिने या त्यस्तो केही प्राबिधिक समस्या हरु आएर बिपत परि रात कतै गुजार्नु पर्ने अवस्था रहदैन(केही समय लाग्ला तर मर्मत को सुबिधा हुन्छ।त्यो पनि शहर भित्रै त झन कल्पना भन्दा बाहिरको कुरा हो।
सामाजिक खोल ओडेर वाध्यत्मक परिस्थितीको गलत फाइदा उठाउन खोज्ने हरु देखी सजग रहनुहोला।
मेहनत र इमान्दारितामा विश्वाश गरि धैर्यताको साथ अगाडि बढन सक्ने हरुलाई जापान अवसरै अवसरको देश हो।केहि समय लाग्न सक्छ तर काम अवस्य पाइने भएकोले काम नपाउन्जेलको अधिकतम समय भाषा सुधार मा खर्चिनु भएमा तपाइको अध्ययन र सहज जिवनको लागि सजिलो हुनेछ।

नोट:- जापानमा कोरोना ऐले पनि दैनिक ३०,००० भन्दा माथि भएकोले अनिवार्य मास्क प्रयोग साथै स्वास्थ्यमा सजग रहनु होला।
( यो सामाग्री नरेन्द्र बस्नेत(दिनेश)को फेसबुकबाट लिईएको हो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार