जापानको जीवन निकै संघर्षमय छ । त्यस माथि पनि विद्यार्थी जीवन को त कुरै नगरौ । बिकासउन्मुख देश नेपालका हामी नागरिक त्यसमाथी पनि थोरै अभाव र धेरै सम्झौतामा हुर्केका हामी मध्यम वर्गिय परिवारका सदस्य बिदेशमा गएसी त पैसाको रुख नै छ गएर टन्न कमाउने हो भनेर ठुलो सपनालाई धितो राखि ऋण काडेर जापानको ठुलो जहाज चड्छौँ ।

यहाँ आइसकेपछि ,सामाजिक सन्जालका भित्ताहरुमा जती रङिन् देखिन्थ्यो यहाँको जीवन त्यस पछाडि लुकेका लाखौं पिडाहरु आँखा अगाडि छर्लङ हुन थालदछन । दिनको ५-६ घण्टा कलेज अनि रातभरीको काम बचेको समय पनि ट्रैन साइकल र खाना पकाउने खाने गर्दा सुत्ने समयले त पालो नै पाउदैन । जापानको व्यस्त दिनचार्यले यहाँका मान्छेहरु लगायत बिदेसीहरुलाई पनि एक्लोपनको महसुस गराइरहेको हुन्छ । अझ यहाँको महंगीले त २८घन्टा काम गरेर कमाएको पैसा खान बस्नमै ठीक्क हुन्छ । २८ घण्टा भन्दा बढी काम गर्‍यो भिसा रद्ध हुने डर नगर्यो आउँदा लागेको ऋणको ब्याज्को स्याजले नेटो काटिसक्यो ।

कतिपय साथीहरुको त महिना मर्न नपाउदै घरबाट फोन आउछ साहुले घरखेत नै खान आटिसक्यो, पालो गाउको फलानोले त जापान गय देखी लाखौं लाख पठाइ सक्यो त चाँही के हेरेको ?? आदी इत्यदी अनगिन्ती प्रश्नहरुको थुप्रो लाग्न थालदछ ।

यस्तै मानसिक तनाब र एक्लोपन बाट गुज्रिरहेका मान्छेले अन्तत जीवन समाप्तिको बाटो रोज्दछ। पछील्लो केही महिनामा जापानमा अत्महत्याका घटनाहरु बढ्दो क्रममा सुन्नमा आएको छ । यस घटनाका प्रमुख कारण भनेकै मानसिक तनाव र एक्लोपन हो । व्यस्त दैनिकी, पारिवारिक परिस्थिती , ठुलो महत्तोकान्क्षा, अपरिपक्को सम्बन्ध, कोरोनाको कारणले काम गुमाउनु, ५-६ बर्षको अध्ययन पछी पनि राम्रो काम नपाउनु आदी मैले देखेका मानसिक तनाव र एक्लोपनका कारण हुन ।

त्यसैले सकेसम्म जापान आउन भन्दा अगाडि जाने बित्तिकै लाख कमाउने हो यस्तो गर्ने हो उस्तो गर्ने हो भन्ने जस्ता ठुलो महत्तोकान्क्षा नबोकौ यहाँ अवसर नभएको पक्कै होइन ,त्यो अवसर प्राप्त गर्न पहिले आफुलाई सक्षम बनाऔ । आफुलाई एक्लोपन मुक्त राख्न साथीभाइ सँग घुलमिल गरौ ।रूम पार्टनर सँग सुख दु:ख सटासाट गरौ ।र धैर्य गरौ संघर्ष बाट पछी नहटौ एक दिन सफलता अवस्य मिल्नेछ ।

नत्र एयरपोर्टमा तिमी भित्र छिरेपछी तिमीलाई देखुन्जेल हात हल्लाउदै बिदा गरेका ति बुढा बाबाले आफ्नो सन्तान प्रदेशकै माटोमा बिलिन भएको कुरा कहिल्यै विश्वास गर्ने छैनन आकाशमा जहाज उडेको देख्दा पनि मेरो सन्तान यसरीनै कहिले आउला भनेर हेर्ने ति आमाका आँखाहरु मुल बाटो तिर हेरेर कुर्न कहिल्यै थाक्ने छैनन ।
अजय राना (अध्यक्ष, नेसाज)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार