टोकियो/जापान । जापानको ठूलो मध्येको एक मेबाईल सेवा प्रदायक एयु मोबाईलद्वारा संचालित एयु पे ( au Pay )प्रयोगमा निरन्तर समस्या आउने गरेको छ । जापानमा हुनुहुन्छ र तपाई पनि एयु पे प्रयोगकर्ता हो भने, आफ्नो पे सिस्टममा केहि समस्या भएमा नजिकको एयु पसलमा या एयु पे को सम्पर्क नम्बरहरु फोन गरि जानकारी गराउनु होला ।

खासगरी,अनलाईन ठगीमा संलग्न समूहहरुले एयु पे प्रयोगकर्ताहरुको एकाउन्टको जानकारी पत्ता लगाई आफैँले सामानहरु खरिद गरिदिने लगायतका समस्याहरु देखा पर्दै आएको छ । त्यसैले आफ्नो एकाउन्टको सुरक्षा कडा बनाएर,आफुले प्रयोग गरेको सबै किनमेलका रेकर्ड राख्ने गरेमा ठगिने सम्भावना कम हुनेछ ।

यस्ता अनलाईन ठगहरुको गिरोहहरुले तपाईको मोबाईलमा केडिडिआईको जस्तै गरि म्यासेज पठार, पैसा तिर्न बाँकी रहेको,उपहारहरु परेको तथा विशेष क्याम्पेन भनेर तपाईको एयु आईडी र पासवर्ड ईन्ट्री गर्न लगाई त्यसबाट तपाईको आईडी तथा पासवर्ड पत्ता लगाएर ठगी गर्ने गरेका छन् । त्यसैले त्यस्ता शंकाष्पद म्यासेजहरु आएको खण्डमा तुरुन्त नजिकको एयु मोबाईल पसल या प्रहरीकोमा सम्पर्क गर्नुहोला । आफैँले एयु आईडी तथा पासवर्डहरु राखी लगिन नगर्नु होला । त्यसो गर्दा तपाईलाई ठूलो आर्थिक क्षति पनि हुनसक्दछ ।

सामान्यतः त्यस्ता म्यासेजहरु प्राप्त भएपनि खोलेर, आईडी पासवर्डहरु ईन्ट्री नगरेमा खासै जोखिम हुँदैन । एयुले आफ्ना ग्राहकले पैसा तिर्नबाँकी तथा सेवा बन्द हुने जानकारीहरु
म्यासेजमा पठाउँदैन । यदि केहि पठाईहालेमा १५७ नम्बरबाट पठाउने गर्दछ । त्यसैले अन्य मोबाईल नम्बर तथा ईमेलबाट केडिडिआईको नाममा म्यासेज आए नखोल्नुहोला । समय मिलाएर एयु पसलमा जानुभए समाधान हुनेछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार