राजन गौतम,टोकियो/जापान । ७ वर्षअघि जापानमा अध्ययनका लागि आएका दाङ्, घोराहीका राम प्रसाद आचार्य फरक पहिचान बनाउँदै, जापानी संचार तथा कलाकारितामा आफ्नो पाईला अगाडी बढाउँदै छन् ।अहिले विद्यार्थी जिवन सक्काएर जागीरे जिवनमा बाधिएका उनि जापानी रेडियोमा हास्य कार्यक्रम संचालन तथा अन्य विभिन्न विज्ञापनहरुमा काम गर्दै आएका छन् ।

सन २०१५ मा जापानको ओकिनवामा अध्ययनका लागि आएका राम प्रसाद आचार्य पछिल्लो ३ वर्षयता ओकिनवाकै नाह एफएममा मनोरन्जनात्मक कार्यक्रममा प्रस्तोताको रुपमा काम गर्दै आएका छन् । फरक देश फरक भाषा अनि नितान्त फरक शैली भएको जापानी संचारमा राम प्रसाद आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

२८ वर्षिय आचार्य उक्त कार्यक्रम उत्पादन कम्पनीमा आवद्ध ७० जना कलाकार/प्रस्तोताहरु मध्ये १ मात्रै विदेशी नागरिक हुन् । सुरु/सुरुमा भाषा तथा शैलीगत समस्या भएपनि आफ्नो निरन्तरताको परिणामस्वरुप अहिले भने सबैमाझ रुचाईएको कलाकारको रुपमा काम गर्न सकेतो अनुभव बताउँछन् आचार्य ।


अहिले,उनको नियमित रेडियो कार्यक्रमसंगै, ओकिनवा फ्यामिलिमार्टको विज्ञापन लगातमा पनि आवद्ध भई आफ्नो कर्मलाई अगाडी बढाईरहेका छन् । यतिखेर ओकिनवा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका आचर्य, विदेशीले पनि जापानी भाषामा नै जापानीलाई मनोरञ्जन प्रदान गर्न सक्दछ भन्ने उदाहरण बन्न पुगेका छन् ।

नेपालमा खासै कलाकारिता तथा रेडियोमा काम गरेको अनुभव नभएको बताउने आचार्य,जापानमा आएर पढाई,जागिरेसंगै कलाकारको परिचय समेत बनाउन सफल भएका छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार