पछिल्लो केहि बर्ष देखि कोरोनाको कारणले जापान प्रबेशमा लगाइएको रोक खुकुलो भए सङ्गै नेपाली भाइ बहिनिहरुको जापान प्रवेश ह्वात्तै बढेको छ । नेपालमा रहदा राति अबेर सम्म मोबाइलमा रमाएर बिहान अबेर सम्म सुत्ने र आमाले बनाइदिएको चिया ओछ्यान मै बसेर पिउने भाइबहिनिलाइ सुरुवातमा जापान पहाड नै लाग्न सक्छ । सपनाको ठुलो भारी बोकेर आएका तिनको सपना आउदा आउदै आधा सपना बिलिन हुन पुग्छ । सोचे र अनुमान गरे जस्तो सहज जापान पटक्कै नपाउनाले केहि नव प्रवेशि आत्तिएका पनि छन ।
जापान र नेपाललाइ एकै साथ हेर्ने हो भने हरेक कुरामा आकाश जमिनको फरक पाउछौ । सुरुमा भाषाका कारण नै अन्योल हुन्छ न राम्रो सङ बोल्न जानेका हुन्छन नव प्रवेशिले नत जापानीजले आफ्नो भाषा बाहेक अन्य भाषा नै राम्रो सङ बुझ्छन । तेसैले नव प्रवेशिको साहारा र आशाको साथी भनेकै पुराना नेपाली नै हुन्छन । तर पछिल्लो समयमा जापानमा नया आउनेलाइ पुरानाले फरक फरक किसिमका दुर्ब्यावहार गरेको देख्दै र सुन्दै आइएको छ साथै आत्माहत्याको खबर पनि दिनानुदिन आइरहेकाछन । हामी आत्माहत्या भयो र आत्माहत्या गर्नु हुदैन मात्र भनिरहेका छौ तर हामीले आत्माहत्या गर्न बाध्य पारिरहेको कुरा कहिल्यै देख्दैनौ र त्यस तर्फ कहिले सोचेका पनि छैनौ । एक पटक यसरी पनि सोच्ने कि !
कुनै नव प्रवेशि भाइले पुराना दाइहरुसङ कामको लागि सहयोग मागे भने दश हजार देखि पचास हजार सम्मको माग गरेको र कुनै नव प्रवेशि बहिनिले कामको लागि सहयोग मागे म सङ एक रात बिताउन आइज म काम पनि लगाइदिन्छु अनि पैसा पनि दिन्छु भनेर भन्ने गरेको पाइएको छ । आशाको एउटै मात्र डोरी नेपाली नै हो त्यो पनि छिनेपछि उनिहरुको बाच्नुको बिपल्प के त ? आमाबुवा लगायत सम्पुर्ण आफन्त नै सात समुन्द्र पारी छोडेर आएका ति नव प्रवेशिलाइ जापान आएको केहि समय हुन नपाउदै नेपालीबाटै यस्तो ब्यावहार भएसि कुन आधारले बाच्न सक्छन त ।
केहिदिन अघि केहि भाइ र बहिनिहरुले आर्थीक र यौन दुर्ब्यावहार गरेको म्यासेजको स्कृनसट पनि पठाएका थिए । यि र यस्ता ब्यावहार जहाबाट जस्ले गर्नु हुदैछ ति कार्यहरु आजैबाट बन्द गर्नुस । नेपाल हुदा जस्तो नियत र बातावरणमा रहनु भएको थियो तेसलाइ सुधार्नुस र जापानमा मान्छेलाइ गरिने सम्मान पनि सिक्नुस ।
हुन त जापानमा आत्माहत्या गर्नेहरु नवप्रवेशि मात्र छैनन । जो बर्षौ देखि जापान बसिरहेका छन उनिहरुले पनि आत्माहत्या गरिरहेका छन । साथी साथी बसेको ठाउमा साथीको दमन, बेरोजगारीको समस्या, नेपालमा रहेका आफन्तले महिनै पिच्छे गरिएका पैसाको माग, बिध्यालयको महङ्गो फि लगायतको टेन्सनले पनि आत्माहत्या गरिरहेका छन । तेस्तै गरि परिवार बसेकाहरुमा श्रीमान् श्रीमती बिचको असमझदारी, अन्धबिश्वास र कमजोर मायाका कारणले पनि आत्माहत्या गरिरहेकाछन । साथै बढदो महङ्गि अनि सन्तानको स्याहार सुसारमा हुने खर्चको कारण पनि मान्छेमा निरासता आउदै गरेको देखिन्छ ।
तेसैले सरसर्ती हेर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आत्माहत्या गर्नेका दोषी हामी पनि बनिरहेका छौ । साथी साथी बिचको समस्या बुझ्न नसक्नु, हौसला दिन नसक्नु, पारिवारिक सदभाव र आपसि समझदारी हुन नसक्नु, एक अर्काको पिडा र समस्या नबुझ्नु र सहयोग नगर्नु र अनावस्यक खर्च गरेर सोखिन जिवन बिताउनाले कयौ पिडाहरुले रुमलिरहेको मान्छेलाइ हामीले आत्माहत्या गर्न बाध्य बनाइरहेका छौ । तेसैले एकले अर्कोलाइ सम्मान गरौ हौसला दिउ दुर्ब्यावहार नगरौ पारिवारिक मेलमिलापको वातावरण बनाउ जसले गर्दा पिडामा रहेको मान्छेलाइ पनि साहारा हुने गर्छ । आत्माहत्या रहरले गर्दैनन जिवन जिउने सम्पुर्ण बाटाहरु बन्द भएको महसुस भएर बाध्यतामा आत्माहत्या गर्ने गर्छन ।
तपाइ हाम्रो साथी, श्रीमान/श्रीमति वा छिमेकि समस्यामा छन भने सहयोग गरौ सल्लाह गरौ सल्लाह दिउ । उनलाइ हात्माहत्या गर्न बाध्य नबनाउ । मेरो पनि यो बिरानो मुलुकमा कोहि त भन्नेकुराको महसुस गराउ साथै स्वदेशमा हुने आफन्तले पनि बिदेशमा पैसा फल्छ जस्तो नसोचौ खाइ खर्च गरेर रहेको पैसा पक्कै तपाइहरुलाइ नै पठाउनेछन । तपाइको साथ र हौसलाले नै जापानमा रहेका सन्तानलाइ पनि अझै धेरै जिउने आट आउने छ ।
– प्रहार (शिन्जुकु टोक्यो)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




