समस्या नभएको पक्कै होईन, सुधारको सुझाबहरु स्वागत योग्य नै छन् तर सबैलाई एउटै घानमा मुछि ठगको पदवीले सम्मान गर्नु पहिला आफु या आफु जस्ता अन्यले त्यस्तो सुबिधाबाट लिएको फाईदाहरुलाई पनी बिचार गर्ने की ?
केहि समय पहिला सम्म अमेरिकाको भिषा एप्लाई गरिदिनेहरुलाई ठग/दलाल भन्नेहरु नै अहिले त्यहि काम गर्वका साथ गरि भिषाका फोटोहरु फेसबुकमा हाल्ने गरेका छन् ।
त्यस्तै अन्य व्यवसायहरु पनी त्यस्तै छन् । चाहे रेमिटेन्स, रेस्टुरेन्ट, मोवाईल/ईन्टरनेट, फुदोसान, हलाल फुड, हाकेन/स्योखाई, कन्सल्टिङ जुनसुकै व्यवसायमा पनी कमि कमजोरी अवश्य होलान् र त्यसबाट फाईदा लिने वा सुविधा लिन कती सजिलो भएको छ ? त्यो पनी बिचार गरौ न ।
केहि वर्ष पहिला सम्म काम पाउन कती गाह्रो थियो, रुम खोज्न कती गाह्रो थियो । बंगालीलाई ७०मान बुझाएर स्युसोकु गर्ने कती जना यहि ग्रुपमा हुनुहोला । सिनओकुवो ईकेवुकुरो एरियामा चाईनिज कोरिएनको होस्टेलमा सुंगुरको खोर भन्दा साघुरो कोठामा सुंगुर भन्दा फोहर गरेर कती नेपालीहरु वसेका छन्।त्यहि काम नेपालीले गरेको भए राम्रै सुविधा दिए पनी ठगको क्याटोगेरि मै जाने थियो होला ? भलै ती चाईनिज कोरियनको होस्टेलमा पैसा खाएर नेपालबाट भर्खरै आएका भाईबहिनीहरुलाई राख्ने नेपालीहरु नै थिए होला ।तर बर्षौ देखी त्यहि रुममा नै बसी राख्नेहरुलाई त कसैको जवरजस्ती थिएन होला ?
हलालफुडहरुको पनी कमी कमजोरी धेरै नै होला जुन पसलमा खरिद गर्नुभएको छ त्यही गएर सुझाव दिनु भए सुधार गर्ने थिए होला या सुधार नभए अन्य पसल पनी युज गर्न सक्नुहुन्छ । अहिले पहिला जस्तो सिनओकुवो या ईकेवुकुरो नै पुग्न पर्ने पनी छैन हरेक जसो स्टेसनमा १ या २/४ वटै हलाल फुड छन्।त्यहि सामान सुपामा लिदाको मुल्य र हलाल फुडमा लिदाको मुल्यमा पनी कती फरक छ ? मुल्य अनुसारको गुणस्तरमा पनी केहि फरक त आउने नै भयो ।
अहिले धेरै हाकेन कम्पनीहरुमा नेपालीहरुले काम गर्नुहुन्छ , कती हाकेन/स्योखाई कम्पनी नेपालीहरुको नै छ। केहिले बदमासी गरि हाकेन कम्पनी बाट बाईतो लगाउदा पैसा खाएको पनी सुनिएको छ तर सबै त्यस्तो छैन ।कतीजना हाकेनमा काम गर्नेहरु यहि ग्रुपमा हुनुहुन्छ, कामको जानकारी दिने गर्नुभएको छ। फुलटाईम जव गर्दा या तेनस्योकु गर्दा पनी पैसा खायो भन्ने गुनासो यहा धेरै देखिन्छ । यस्तोमा अरुलाई दोष दिनु भन्दा पनी आफ्नो योग्यता बढाउन तिर लाग्दा राम्रो हुन्छ ।
राम्रो योग्यता भएको जिनजाईलाई पैसा खाएर होईन बरु २/४ पटक राम्रै रेस्टुरेन्टमा लगी पार्टि दिई काम लगाईदिन्छन चाहे नेपालीको होस या जापानिजको कम्पनीले ।कामको खोजीमा भएकोलाई रिरेक्सो पठाउनु भन्यो भने रिरेक्सो भनेको केहो भन्ने अनी पैसा माग्यो भनेर गुनासो गरेर हुन्छ त ?
केहि बर्ष पहिला सम्म नेपालबाट आउदा यती ठग्यो भन्दै हिड्ने कुक अहिले साहुजी बनी अर्कोलाई ठग्दै छ । स्टुडेन्टमा आउदा यति खायो भन्नेहरु नै अहिले स्टुडेन्ट ल्याउने काम गरिरहेका छन् ।आफुले गरे समाजसेवा अरुले गरे ठग/दलाली भन्ने सोचाई देखी बाहिर आऔँ ।
व्यक्ती ठग हुन सक्छ, व्यवसाय ठग हुदैन । जापानमा भएका सबै नेपाली व्यवसायी ठग नै हुन भन्ने आशयको पोस्ट गरेर रमाईलो गर्नु भन्दा यर्थात आत्मसात गरौ ।
(यो सुजन जोशीले सामाजिक संजालमा सेयर गरेको सामग्री हो )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




