म जापान आएको जम्मा दुई महिना हुन लाग्यो । अप्रिल २४ मा जापान छिरेको मैले मे १ देखि जहाँ क्वारेन्टाइन बसेँ सोही होटलमा काम गर्न सुरु गरेँ । यो अवसर मैले देखाएको व्यवहार, जापानमा गरिने आइसाचुको प्रभाव र अँग्रेजी भाषा बोलिदिने होटल म्यानेजरका कारण मिल्यो । त्यतिमात्रै होइन नेपालदेखि मैले एप्लाइ गरेको कन्सल्टेन्सीबाट म एक्लै कान्साइको विमानस्थलसम्म आएँ । त्यहीँबाट सुरु भयो यो लेखको शीर्षकसँग प्रश्न । जापान आउने भएपछि भाषा किन भएन ? कामको कुरा पछि गरौँला । तर मलाई मेरो एन्ड्रोइड मोवाइलले त्यो जिज्ञासालाई केही हदसम्म मेटायो । अर्थात् मलाई पिकअप गर्न जानुभएको व्यक्तिसँग मोवाइलको ट्रान्सलेट प्रयोग गरेर कुरा गरेँ । करिव ३ मिनेटको कुराकानी पछि ‘क्यउवाकारा आनातावा वातासीनो दोमोदाची देश’ भनेर मलाई हौसला दिएपछि हो मलाई सहज हुँदै गएको ।

मलाई पिकप गर्न जानुभएको व्यक्ति ट्राभल एजेन्सीमा कार्यरत हुनुहुँदो रहेछ । अग्रेजी भाषा नभएपनि ट्रान्सलेट राम्रोसँग प्रयोग गर्न जान्ने । जसले धेरै सहज बनायो । तर मेरा लागि पछि यो पर्याप्त थिएन र आजसम्म पनि छैन कारण म मा राम्रो जापानीज भाषा छैन ।
अहिले आफूले आफैलाई प्रश्न गरिरहेको छु कि जापान आउने नै भन्ने पक्का भएपछि किन भाषा पढ्न मेहनत गरिन होला ? यही प्रश्न मलाई लाग्छ अहिले आउनुभएका कयौँ नयाँ विद्यार्थीहरुले आफूले आफैलाई गरिरहनुभएको छ । किन पनि यो प्रश्न बारम्वार दोहोर्याउन जरुरी छ भने कोरोना भाइरसका कारण रोकिएको जापान प्रवेश हाम्रा लागि भाषा बनाउने थप अवसर थियो नेपालमै । तर हामीले त्यसलाई पुरै वेवास्ता गर्यौँ जसको नतिजाले अहिले जापानमा काम नपाएको गुनासो मात्रै होइन एक खालको मानसिक तनाव वन्दै गइरहेको छ । आएको महिनौँ हुँदापनि काम नपाउने, पाएको काममा हप्ताको २८ घण्टा काम गर्ने अनुमति भएपनि कम्पनीले नबोलाइदिने, मेनसेचु दिएर बस्यो तिमीभन्दा पहिलानै धेरैले मेनसेचु दिएर बसेका छन् अहिले काम छैन भनिदिने, कतै ‘र्युगाकुसेइ’लाई हामीले काम नै दिँदैनौँ भनिदिने लगायतका कयौँ समस्या अहिले भोग्नुपरिरहेको छ । यी सवै समस्या मुख्यतयः भाषा नभएर नै भोग्नुपरेको हो । यो किनपनि किटानी गर्न सकिन्छ भने ‘जापान पीडितहरु एक हौँ अभियान’ नामक फेसबुक ग्रुपमा मैले राखेको सोही जिज्ञासामा यो लेख तयार पार्दासम्म १० जनाले कमेन्ट गर्नुभएको छ । जहाँ धेरैको उत्तर भाषा नजानेर नै भन्ने छ । साथै सामाजिक संजालमा देखिने फेसबुक पोलमा पनि सोही अप्सनले धेरै भोट पाइरहेको छ । यसले के प्रष्ट पार्दछ भने समस्या सवैलाई थाहा छ तर समाधानमा हामी चुक्यौँ जसको असर अहिले परिरहेको छ । यो त भयो भाषाको समस्या । तर यतिले मात्रै पुग्ने त होइन, कारण कति पढेको भए हुन्थ्यो त उसो भए ? प्रश्न यो पनि हो । किनकी जापान आएको पनि त आखिर भाषा पढ्नै त हो । हो भाषा पढ्न नै हो तर काम नगरी नहुने विद्यार्थीले नेपालमै कम्तिमा एन फाइफ नै गरेको भएपनि वेसीक कन्भरसेसन गर्न सक्ने, आफू अलमलिदा सोध्ने भाषागत ज्ञान,कुनै ठाउँ जानुपर्ने तर नचिनेको भए सोध्न जान्नुपर्ने शब्दार्थ लगायतका साधारणमा हामी बढी केन्द्रीत हुनुपर्ने यहाँको भोगाइले ल्याएको कुरा हो । तर हामीले पढ्न पढ्यौँ कितावको बढी घोत्लियौँ । कुराकानी गर्ने पक्षलाई भुल्यौँ ।

के काम पाइएको छैन जापानमा ?

झट्ट हेर्दा र सुन्दा काम पाइएको छैन । तर जापानमा काम नै नभएको भने होइन । काम छ तर त्यो काम पाइएन यो सत्य हो । त्यसो भए कहाँ कुरा वाझियो त ? पहिलो त भाषा नभएपनि काम गर्न सकिने कम्पनीमा धेरै मानिस भए वा आफ्नो मानिस नभएर नयाँ विद्यार्थीले काम पाइरहनुभएको छैन । अव आफ्नो मान्छे नहुनेले काम पाउन भाषा हुनैपर्ने मुख्य शर्त देखिन्छ । ‘अनुभव वरु चाहिँदैन हामी सिकाउँछौँ तर भाषा भने हुनुपर्छ’ भन्ने जापानीज स्वयम् भेटेपछि मलाई यो लेख तयार पार्न थप सहज भयो । भाषामा एन ३, एन २ खोजेको कमै पाएँ तर एन ४ सम्मको सर्टिफिकेट मात्रै होइन वोल्ने र फर्काउन सक्ने अभ्यास सम्म भए एन ५ अन्य खोजेको वा यसको परीक्षा दिएका छौ ? भनेर सोधेको कमै भेँटे । भाषा भए काम सहजै पाउने वातावरण जापानमा रहेको देखिन्छ । म ओसाकामा रहेको हुँदा यसको अझ बढी प्रत्यक्ष भुक्तभोगी वनेको छु ।
जहाँसम्म काम नै पाइएन वा काम नै छैन भन्ने अझैसम्म गुनासो आइरहन्छ त्यसको अर्को दोस्रो कारण हो काम खोज्न नजान्नु । किन नजानेको ? किनकी हामीले आफू बसेको वरपरको भ्याकेन्सी थाहा पाउने मोवाइल एप्लीकेशन चलाउन जानेनौँ । स्वभाविक हो कठिन छ तर असम्भव पनि छैन । त्यसका लागि सामाजिक संजालमा दिएका सुझावहरु पुरै पढौँ र एक पटक आफैले कोसीस गरौँ ।

सम्भव हुन्छ त ?

हुँदो रहेछ । सवैभन्दा सजिलो हेल्लो वर्कको वेवसाइट लाग्यो । मेरो आफ्नै भोगाई प्रस्तुत गर्दै हेल्लो वर्कको म्यागाजिन भन्दा सजिलो यसको वेवसाइट लाग्यो । तपाईले आफ्नो मोवाइलको गुगलक्रोमबाट यसको वेव एड्रेस हान्नुस र त्यहाँ अग्रेंजीमा ट्रान्सलेट हुने फिचरमा क्लिक गरेर आफू बसेको वार्ड वा नजिकको शहरको नाम छान्नुहोस र सर्च वटनमा क्लिक गर्नुहोस् । यसले तपाई वरपर भएका सवै काममा रहेको भ्याकेन्सी, तलवको विवरण, कामको विवरण, कस्ता भिषा हुनेलाई काममा लगाउने, त्यहाँको फोन नम्वर, सुविधा सवै प्रष्ट उल्लेख हुन्छ । शर्तहरु हेरी आफूलाई मनमा लागेको काममा क्लिक गरी एप्लाइ गर्नुहोस् ।

अव के गर्ने ?

अव समस्या यहीँबाट सुरु हुन्छ । एप्लाइ त भयो । तपाइको इमेलमा जानकारी सहितको मेल आउँछ तर त्यो बुझिदैन । फेरि त्यसलाई कपि गरेर ट्रान्सलेट प्रयोग गर्नुहोस् । यहाँबाट धेरै आइडिया आउँछ । कतिपय अन्तरवार्ताको मिति तोकिएको हुन्छ र लोकेशन समेत दिएको हुँदा त्यसलाई कपि गरेर गुगलक्रोमबाटै लोकेशन खोज्नुहोस् । दिएको विवरण हानेपछि डाइरेक्सनमा क्लिक गरेपछि कति टाढा छ त्यहीँ थाहा हुन्छ । अव यी सामान्य कुराहरुको वारेमा सिक्न युटुवहरु हेर्नुहोस् वा सोध्नुहोस् । तपाईँको नजिकै रहेछ भने गएर भेट्नुहोस् ।

अवको एउटै उपाय भनेको युटुवबाट सिक्ने, सामाजिक संजालमा आएका उपायहरु पढ्ने, अग्रज कोही हुनुहुन्छ भने उहाँलाई आग्रहगर्ने, त्यतिपनि गर्न सम्भव नभए आफ्नो गाक्कोको क्लास टिचरलाई आग्रह गरेर भाषामा थोरै ज्ञान राख्ने यति पनि गर्न नसकेतपाईँले भन्न खोजेको शब्द के हो त्यसलाई गुगल ट्रान्सलेटमा राख्ने   प्रनाउन्स त्यसको अर्थ नेपालीमा लेखेर तयारी गर्ने यतिगर्न सक्नुभयो भने मलाई लाग्छ ठूलै समस्याबाट तपाईले पार पाउनुहुनेछ कुराकानी गर्दैर्दा समस्या भयो भने जापानीजलाई वाजापानीज भाषा बोलेर तपाईसँग कुराकानी गर्ने व्यक्तिलाई गुगल ट्रान्सलेटमै अडियोमा भन्न लगाउने त्यसको उत्तर आफूले हेरेरप्रतिक्रिया जनाउने गर्नुहोस् यसरी भाषा नै नजानेर गुगल ट्रान्सलेट प्रयोग गर्नेलाई काम दिन्छ ? यो भने केही भाग्यमा केहीतपाईँको मेहनतमा भर पर्दछ कतिले तपाइले देखाएको मेहनत देखेर अवसर दिने पनि हुन्छन् कतिले तपाइलाई हौसला दिएर अर्कोसमय है भनिदिन्छन् तर तपाइले हरेस नखाई थप अभ्यास बढाउनुहोस्

अन्त्यमा सवै कुरा भन्नलाई सजिलो पक्कैपनि आफूले भोग्नुपर्दाको पीडा कस्तो हुन्छ मनन् गर्न कठिन तरपनि हामी आएकोनै भविष्य बनाउन हो भनेपछि मेहनत गर्नपर्यो अहिले भाषा स्कुलमा पनि चाँडै आफूलाई अपग्रेड गर्न कठिन कक्षामा प्रायनेपाली साथी भएपछि सेन्सेइले भनेको समय अभ्यास गराउँदाको समय वाहेक पुरै नेपाली बोलेर, हाँसेर वितिरहेको हुन्छ यसलेपनि तपाईले भाषमा सुधार ल्याउन समय लाग्छ त्यसैले आफ्नो सुर आफै गर्ने भनेजस्तै सकेजति इन्टरनेटको सही प्रयोग गरेरआफूलाईज्योजुबनाउँदै लैजानुहोस् सुरुमा केही दुख तर असम्भव छैन फेरि पनि यही कुरा दोहोर्याउँदै माथि भनेको अभ्यासलेअहिले एउटा कन्विनिएंस स्टोरमा काम पाउन सफल भएको छु

तपाईँलाई पनि अग्रीम शुभकामना


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार