आत्महत्याः
आज भन्दा कारीब बिस साल अघी नेपाली समुदायको जापानमा उपस्थिती करीब ५ हजारको हाराहारीमा रहेको थियो । अहिले २०२२ को प्रथम चौ मासिक अवधी सम्मको तथ्याङ्क हेर्ने हो भने विद्यार्थी , पेसा-ब्यबसाय, एबम आशृत लगायत सबै गरी ९७ हजार माथि नेपाली जनासमुदाय रहेको छ । उक्त जम्मा जनसङ्ख्या मध्य १८ देखी ५० बर्स उमेर समुहका जनसङ्ख्या ८७ प्रतिसत रहेको छ । जुन उमेर समुह ‘सकृय उमेर समुह’ अन्तरगत पर्दछ । सास्वत सत्य हो कि , धेरै र थोरै मानिस हरु हुँदा देखा पर्ने समस्या पनि तुलनात्मक रुपमा कम बेसी हुनु स्वभाबिकै हो । जापानमा नेपालीहरुले भोगदाई आएका धेरै नै समस्याहरु मध्य एक अत्यन्तै घातक अनि डरमर्दो मनोसामाजिक समस्या भनेको ‘आत्महत्या’ हो । बर्तमान परिप्रेक्षमा, प्रत्यक महिना जसो जापानमा नेपालीहरुको आत्महत्याको खबर समाचारमा सुन्दा आफुले जानेका केहि कुरा हरु सेयर गरी सो समस्या न्युनिकरण गर्न एउटा इटाको भए पनि काम गर्न सकिन्छ कि भन्ने हेतुका साथ यस आलेख लेखेको हु ।
के हो आत्महत्या ?
अङ्ग्रेजीमा सुसाइट भनिने यो शब्द ल्याटिन भासाको ‘सुसाइदेरे’ को बिकशित रुप हो । जसको अर्थ हुन्छ – आफैले आफैलाई मर्नु या खत्तम गर्नु । आत्महत्या अरुले सुन्दा खासै मतलब नगरिएता पनि यो एक अत्यन्तै घातक बिसय हो । कसले कतिबेला कस्तो अवस्थामा आत्महत्या गर्छन , त्यो एकिन भन्न सकिन्न तर यो एक मनोसामाजिक समस्याको एक उच्चतम बिन्दु हो ।हाम्रो समाजमा आत्महत्या लाई लाचारीपनको सङज्ञा दिने परम्परा छ , जुन सरासर गलत नजिर हो । साइकोलोजी बिज्ञानले आतमहत्यालाई लाचारिपन भनेर स्वीकार्दैन, यो त मनोसामाजिक्, जैविक्, आनुवान्सिक एबम सान्स्कृतिक कारणहरुले सिर्जना गर्ने एक प्राण घातक समस्या हो भन्छ ।
बिश्वमा आत्महत्याको अवस्थाः
बिश्वमा औसत करीब ८ लाख भन्दा बढी मानिस हरुले प्रत्यक बर्स आत्महत्या गर्ने गरेका छन । डब्लु. एच. ओ. ले २०२१ मा सार्वजानिक गरेको तथ्याङ्क अनुसार बिश्वमा ७ लाख ३ हजार ६ सय ८१ जनाले आत्महत्या गरेको तथ्याङ्कमा देख्न सकिन्छ भने सो सङ्ख्याको बिस गुना बढी मानिस हरुले आत्महत्याको प्रयाश गर्ने गरेको कुरा उल्लेख छ । बिश्वमा १५ देखी १९ बर्स उमेर समुह (टिन एज्) का किशोर किशोरी हरुको मृत्यु को मुख्य चौथो कारण आत्महत्या रहेको देखिन्छ । सन् २०२१ मा लोसेथो भन्ने देशका जनताले सबै भन्दा धेरै आत्महत्या गरेको डाटामा देख्न सकिन्छ । हाम्रो यसियाली मुलुक दक्षिण कोरिया चौथो र श्री लङ्का आठौ स्थानमा रहेको छ । केहि साल पहिले हाम्रो देश टप २० औ मुलुक भित्र थियो भने अहिले यसमा ठुलो सुधार आएको देखिन्छ । बिश्वमा बिस सेवन , झुण्डिइने र आत्मदाह मुख्य ३ तरिकाले आत्महत्या गरेको कुरा समेत प्रतिवेदनमा देख्न सकिन्छ । यो हरेक बर्स परिवर्तन भाई नै रहन्छ किन कि आत्महत्या भनेको कसले कतिबेला अनि कहाँ गर्छन भन्ने यकिन हुन्न । यो पेरिसथिती ले निम्त्याउने कारण ले सिर्जना हुने परिणाम हो । सब २०२१ मा हाम्रो रोजगार प्रबर्द्दन बोर्ड ले जारी गरेको प्रतिवेदन अनुसार बिदेश मा मृत्यु भएका नेपाली हरु मध्य १० दशमलव ४ प्रतिसत मृत्यु आत्महत्या को कारण भएको कुरा उल्लेख गरिएको छ ।
जापानमा आत्महत्याको अवस्था :
केहि साल अघीको डाटा हेर्ने हो भने आत्महत्या गर्नेहरुको जापान बिश्व कै टप पाचौ देश थियो । २०२१ मा जापान टप १८ औ स्थानमा रहेको देखिन्छ । जहाँ २१९३८ जना जापानमा आत्महत्या गरेका थिए । जसको मुख्य कारण आर्थीक समस्या सँग जुध्न नसकेको कारण आत्महत्या गरेको कुरा उल्लेख छ । साथै जापान ‘रुल ओरिएण्टेड कण्ट्री’ भएको कारण यहाँ सरकारले तोकिदिएको नियम अक्षरस पलाना गर्दछन अनि सामाजिक रितीका साथै बालिग हुनासाथ घरपरिवार बाट अलग्गै रहने परम्पराले गर्दा सम्पुर्ण जिम्मेवारी बालिग हुनासाथ स्वयमले मुकाबिला गर्नु पर्ने कारण एक कोसिसको छटपटी हुने गर्दछ । जसलाई कसैले सहज रुपमा लिन्छन भने कसैले ह्याण्डल गर्न सक्दैनन । अर्को कुरा धेरै जापानीजहरु अविवाहित रहेका छन । बाबु आमा अनि आफन्तहरु सँग पनि टाढा हुनु अनि, अविवाहित एक्लो जिवन जिउनु पर्दा मनको अन्तर-कुन्तर भावनाहरु सेयर गर्न पाएका हुन्नन । केवल क्यारियर बनाउन कै लागी काम काम भन्दै दगुरिरहेका हुन्छन अधिकाङ्स जापानीजहरु । सरकारले प्रशस्त खेलकुदका सामाग्री र खेलमैदान्, मनोरन्जन स्थल्, पार्क , इत्यादी बनाइदिएका भए तापनी सो को सदुपयोग कमैले गरेका देखिन्छन । बिहान सबेरै उठ्यो , काममा दगुर्यो, राती अबेर पसल बाट खाना बोकेर आयो, रक्सी पिएर आलर्म अन गरी सुत्यो , भोली पल्ट उठ्यो पुन उहि तालिकाको ब्यस्त जिन्दगी । यसले पनि मनको भावना सेयर गर्न नपाउदा धेरै जापानीज हरु अक्लै गुनगुन गुनगुन गुङुनाउदै अनि एक्लै आफै हास्दै हिडिरहेका हुन्छन । मनको भावाना प्रस्फुटन गर्ने वातावरण नहुँदा उनिहरुमा मनोसामाजिक समस्याका लक्षणहरु देखा पर्दछन र सो लाई उचित सम्बोधन समय मै गर्न चुक्दा सो ले आत्महत्या सम्मको उच्चतम बिन्दुमा पुगेर बिस्फोट भएको आकलन सर्भेक्षणले देखाउदछ ।
जापानमा नेपालीहरुको आत्महत्याको मुख्य कारण :
कुनै पनि मान्छेले खास यही कारणले नै मात्र आत्महत्या व्यक्ति यही कारणले गर्छ भनेर किटेर भन्न सक्ने अवस्था छैन् तर पनि निम्नानुसार समस्याहरुको यथोचित ब्यबस्थापन हुन नसक्दा भने नेपाली हरुले यस बिरानो भुमिमा आफ्नो प्राण आफैले लिइरहेका छन । जस्तै- नेपालबाट आउँदाको बोझिलो खर्च र सो लाई सोध भर्ना गर्न नसक्नु को पिडा, भासाको ज्ञानको कमी ले आइपर्ने दैनिक जिवन सँग आइपर्ने बिबिध समस्या र सो ले निम्त्याउने दिर्घकालिन र अल्प कालिन प्रभाव, आर्थिक दायित्व बढि तर त्यसको तुलनामा आम्दानि कम, अनैतिक समबन्ध र सो ले निम्त्याउने तत्कालिन या दिर्घकालिक प्रभाव , लिभिङ टुगेदरको बढ्दो प्रचलन र सो बाट नेपाली समाजमा पर्न सक्ने असहज परिसथिति, नेपालमा हुँदा शारिरिक रुपमा कडा मेहनत नगरेकाहरु यहाँ आउन साथ अत्यन्तै कडा मेहनत गर्नु पर्दा हुने तनाव , काम या पेसा ब्यबसाय नगरि जिवन धान्न सकिन्न तसर्थ सो समस्या बाट मुक्त हुन का लागी चाहीने बढ्ता काम गर्नै पर्ने बाध्यता र सो बध्यताले निम्त्याउने अनिन्द्रा, थकान एबम उच्च तनाव , नेपालमा हुने नातेदारले पनि पैसा कै रुखमा चडे जसरि ह्यान र त्यान सामानको डिमाण्ड लिस्ट पठाउनु र उनिहरुका कुरा नकार्न पनि नसक्नु अनि यथार्थमा र सो लाई पुर्ती गर्न असमर्थ हुनु । वैवाहिक जिवनमा सुमधुरता नहुनु, सँगइ बस्ने साथीभाइ एबम परिवारका सदस्यहरु बिचको बिमेलता , आफन्त तथा नातेदार हरुले पनि अरु सँग तुलना गरेर “फलानोले जापान गएर यत्तीका प्रगती गरिसक्यो, तैले केहि गरीनस” भनेर रात दिनको दन्त-बजान , आफु भन्दा बढी प्रगती गरेका तिर हेरी हिनताबोध गरी केहि गर्न सकिन मैले भन्ने निर्ह्य सोच, ड्युटी र बेफुर्सदले गर्दा साथीभाइ हरु सँग यथोचित समय बिताइ मनोरन्जन र रमाइलो गर्न नपाउनु , इत्यादी कारणहरु बाट सिर्जित हुने मनिसामाजिक समस्याहरु जस्तै- झर्किने, उदासिन हुने, एक्लै बस्न रुचाउने, छटपटी हुने, निन्द्रा नलाग्ने, चिट्चिटाहट हुने, आलस्य हुने, मनमा नकारत्मक कुराहरु मात्र खेलीरहने, आफैलाई अरु भन्दा कमजोरी महसुस गर्ने, प्राय केहि कुरा बिर्सिए झै लाग्ने , अत्यधिक मात्रामा नसालु पदार्थको सेवन गर्ने, इत्यादी जस्ता लक्षणहरु देखा पर्दछ र सो लाई समय मै ब्यबस्थापन गर्न सकिएन भने त्यसैले कालन्तरमा आत्महत्या सम्मको रुप समेत लिन सक्छ ।
व्यक्तिले आत्महत्या गर्दैछ कुरा कसरी थाह पाउने ?
जो व्यक्तिलाई आत्महत्याको सोच छ त्यस्ता व्यक्तिहरुको भावना एकैनासको हुँदैन । उनीहरुको भावनामा विना कारण उतार चढाव आउँछ । सोचेको जस्तो भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्तसाही हुने, अस्वभाविक रुपमा दु:खी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् । आफूलाई योग्यहिन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्ने बारे कुराहरु गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्यरुपमा तयारी समेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले पनि देखि सहन्नन भने म के को लागि, कसको निम्ती बाच्ने भन्ने शव्दहरु व्यक्त गरिरेको पाइन्छ । यदि कुनै ब्यक्ति ले बारम्बार मर्न पाए पनि हुन्थ्यो भन्ने आशय ले आत्महत्या को प्रसङ्ग निकालि रहन्छ र कुरा गरिरहन्छ भने त्यो अरु को ध्यानाकर्शण गर्न का लागि मात्र या घुर्क्याउन लाइ मात्र गरेको हो भन्नु गलत हो। उसले केहि सहयोग पाउन को लागि साङ्केतिक रुप मा आफ्नो भावना सेयर गरिरहेको हुन्छ । आत्महत्या सधै आवेशमा oआएर मात्र गरिन्छ भन्नु गलत बुझाइ हो । सो ब्यक्ती ले का मै समय देखी योजना बद्द रुप मा पुर्व तयारी हरु गरिरहेको हुन्छ । जस्तै आत्महत्या गर्ने सामान हरु (डोरि, पोइजन्, धारिलो हतियार्, एबम बिस्फोटक पदार्थ , प्रज्वलन शिल पदार्थ को) जोहो, उचाइ बाट झर्दा हुने सम्भावित आकलन्, पानीमा डुब्दा या द्रुत गतीको सवारी मार्फत हुँदा आउने सम्भाबित आकलन , एबम अड्कल इत्यादी ।
सँगै बस्ने साथीहरुले या परिवारका अन्य सदस्य हरुले अरुले भन्दा बढ्ता फील गर्न सक्छन , कि यदी कसैले आवस्यक भन्दा बढी छटपटी गरिरहेको छ, बढी नै निराश देखिन्छ , सानो-सानो कुराहरुमा पनि आत्तीने , हड्बडाउने, चिड्चिडाहट हुने, इरिटेशन हुने, एक्लै बस्न मात्र मन गर्ने, सधै निराशाजनक मात्र कुराहरु गरिरहने, भोलीको भिबिस्य पुरै अन्धकार मात्र रहेको देख्ने र आफ्नै पुरै जहाँजै डुबिसकेको जस्तो अत्यन्तै अशाहिन कुराहरु मात्र गर्ने, आफ्नो स्वास्थ्यको कुनै ख्याल नगर्ने, हेलचेक्र्याइ गर्ने, आफु सँग भएको बहुमुल्य सामानहरु पनि सित्तैमा अरु लाई बाढ्ने, वा मिल्काइदिने, आफ्नो सन्तान्, शृमति, बा आमा या प्रियजन हरुलाई कि त चहिने भन्दा बढ्ता नै माया गर्ने कि त बढ्ता नै घ्रीणाको भाव दर्शाउने, ‘दुनिया एक तरफ्, हम दुसारी तरफ’ जस्तो ब्यबहार देखाउने, आफुले आफुलाई सधै नकारात्मक रुपमा मात्र देख्ने, उच्च मात्रामा हिनतबोध मनमा आएको छनक देखा पर्दछ ।
कसरी सहयोग गर्ने ?
डब्लु.एच. ओ. का अनुसार सुसाइट एटेम्प्ट गर्ने मध्य ७९ प्रतिसत मानिसहरु अरु कै सहयोगमा आत्महत्या गर्न बाट रोकिएका थिए । यस बाट प्रस्ट हुन्छ कि , आत्महत्या गर्न खोज्ने अधिकान्श मानिसहरुलाई सानो पहल मात्र गर्न सकियो भने पनि हामीले बचाउन सक्छौ । आत्महत्याको कुराहरु वारम्वार व्यक्तिले गर्छ भने, यदी व्यक्तिमा यस्तो भावनाहरु पाइएमा सङै पढ्ने , काम गर्ने , एउटै कोठा मा बस्ने साथि भाइ या परिवारका सदस्यले ध्यान दिएर उनको गुनासा र समस्या प्रति कुराकानी गर्नुपर्छ । उसलाई सल्लाह दिनु भन्दा पनि बढी उसको मनमा रहेका भावनाहरु पोख्ने वातावरणको सृजना गर्नुपर्छ । आत्महत्याको विचार वा भावना भएका व्यक्ति परिवारको कुन साथि भाइ, सदस्यसंग कुराकानी गर्न सहज मान्छे त्यो पत्ता लगाउनु पर्छ । परिवारका सदस्यहरुले व्यक्तिलाई एक्लै छोड्नु हुँदैन । राति पनी ध्यान दिएर सुत्नु पर्छ । हाम्रो समाजमा आत्महत्याको वारेमा खुलेर कुरा गर्दा आत्महत्याको विचारलाई प्रोत्साहान मिल्छ भन्ने विश्वास छ । तर यो विश्वास गलत हो । यदी यस्ता व्यक्तिसंग राम्रोसंग कुरा गरेमा व्यक्तिलाई मेरो कुरा सुन्ने र मलाई सहयोग गर्ने व्यक्ति रहेछन् भन्ने भावनाको विकास हुन्छ । अनि व्यक्तिलाई आफ्नो भावना सकारात्मक हुन सहयोग पुग्छ । यदी व्यक्तिले आफूलाई मार्नको लागि सामाग्री नै लुकाएर राखेको छ भने त्यस्ता व्यक्ति पूर्ण जोखिममा भएको बुझ्नु पर्छ । त्यस्तो सामाग्री देखेमा सो लुकाइदिने गर्नु पर्दछ , समस्या सबै व्यक्तिलाई हुन्छ, समस्या संगै व्यक्ति आफैमा समाधानका उपाय पनि हुन्छन् । हरेक व्यक्तिलाई प्रकृतिले राम्रा गुणहरु दिएको हुन्छ, उसको राम्रो गुण अनि स्वभाब हरु को प्रसन्सा गर्ने । समस्यामा भएको वेला व्यक्तिको मनमा समस्या मात्र हुन्छ । आफूमा भएका राम्रा गुणको वारेमा ध्यान हुँदैन् । त्यसैले सकारात्मक रुपमा व्यक्तिलाई राम्रा गुण हेर्ने मौका दिनु पर्छ । भविष्य राम्रो छ , बाच्नुजेल किन आफ्नो शरीरलाई दुख दिने । आफ्नो जिवनको सबैभन्दा मिठो यादगार पलको सम्झना गर्न लगाउने, त्यो बेला तिम्रो मनमा कस्तो फीलिङ आको थियो जस्ता खुल्ला प्रश्नहरु गर्ने । आफु यो सन्सारमा भएका प्राणीहरु मध्य सबै भन्दा सुन्दर र महत्वपुर्ण ब्यक्ती हो आफ्नो लागी भनेर सो को भित्री सुन्दरता नियाल्न अनुरोध गर्ने ।यदी आफु नै नरहे पछी के उपलब्धी हुन्छ र आफ्नो यस्तो सुन्दर जिवन खेर फल्दै छौ भनेर आशा जग आउने खालका कुराहरु गर्ने । तिमी प्रती आशृत र चाहने मानिस हरुको हाल के होला भनेर बन्धनात्मक कुराहरु देखाइदिने ।
आत्महत्या पछि आउने नकारात्मक परिणामको वारेमा कुरा गर्नुपर्छ । के कारणले उसले आत्महत्या जस्तो कुरा रोजेको रहेछ , सो को जरा मै पुग्ने कोसिस गर्ने र सो समस्या सामाधान सम्भव छ भन्ने ढाढस दिने काम गर्ने र सोलुसनका लागी मनोबिमर्शकर्ता सम्म भावना पुग्ने वातवरण सृजना गर्ने गराउने ।
आत्महत्या बाट बच्ने उपाय हरुको बारेमा राजदुताबासको अगुवाइ एबम एन. आर. एन. ए. जापान, बिभिन्न क्लब तथा सामाजिक सङघ सन्स्था हरुको समान्वय तथा साझेदारीमा आत्महत्या निवारण बिसयमा बिसयगत मनोबिज्ञहरु सँगको अतरकृया कार्यक्रम्, सचेतना मुलक जानकारि, एबम यसले पार्ने प्रभावका सवालमा चेतना मुलक सामाग्री हरु प्रकाशन्, प्रसारण गर्ने । यदी कसै मा सो किसिमको समस्या बढी नै देखिएको छ र ऊ उच्च जोखिममा रहेको छ भने तत्काल रेस्क्यु गरी प्रभावकारी काउन्सेलिङ गर्ने । इत्यादी काम गर्न सकेको खण्डमा जापानमा हाम्रो दाजुभाइ दिदीबहिनीहरु लाई केहि न केहि हद सम्म भए पनि आत्महत्या बाट बचाउन सकिन्छ । साथै जानकारी का लागी मैले चिनेको धेरै मनोबिमर्शकर्ता साथिहरु अध्ययनका लागी जापान आउनु भएको छ । आवस्यक परेको खण्डमा उहा हरु सँग पनि परमर्श लिन सकिन्छ भने नेपालमा धेरै सामाजिक सँग सन्स्थाहरु अनि सरकारी तवरमा पनि मनोबिमर्श सेवा निशुल्क उपलब्ध गराइन्छ । हामीले जापान बटै पनि टेलिफोन गरी सो सेवा लिन सक्छौ । जुन हटलाईन नम्म (फोन गर्दा पैसा नलाग्ने) मैले थाह पाए सम्म उल्लेख गरेको छु ।
-पाटन अस्पताल लगनखेल – ९८१३४७६१२३
-टिचिङ अस्पताल माहाराजगन्ज्- ९८४००२१६०९
-सी. एम. सि. नेपाल १६६००१०८५०८०
-टी. पि . ओ. नेपाल्-१६६००१०२००५
-कोशीस नेपाल -१६६००१०२२३२२
– मेण्टल हेल्थ लाईन्-१६६००१३३६६६
आत्महत्या रोकथाम केन्द्र- १६६००१२२२२३
-मानसिक अस्पताल्- ११६६
निर्मल घिमिरे,यामामसी, जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




