टोकियो/जापान । कोरोना महामारी रोकथामका लागि निकै कडा उपायहरु अप्नाएको जापान अहिले भने ति कडाई गरिएका नियमहरु हटाउन अत्यन्तै उदारता देखाउन थालेको छ ।

अहिले जापानमा घर बाहिर खुला स्थानमा रहँदा मास्क नलगाउन सर्वसाधारणहरुलाई अनुरोध बढाईएको छ।गर्मी महिनाको सुरुवात तथा कोरोना संक्रमण न्युनिकरण दुवै संगसंगै जस्तो देखिएको जापानमा भिडभाड नभएको तथा खुला ठाउँमा मास्क लगाउन नपर्ने भनेर सरकारले यसअघि नै घोषणा गरिसकेको थियो । फेरि गर्मी थप बढ्दै जाँदा गर्मीका कारण हुने बिरामीहरुको संख्या बढ्न थालेपछि जापान सरकरारले गर्मीको समयमा घरबाहिर हिँडडुल गर्दा खुला ठाउँ भए मास्क प्रयोग नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्री गोतो सिगेयुकीले यसै साता आयोजित एक पत्रकार सम्मेलनमा भने “कोठा वा घरभित्रै भएको समयमा पनि धेरै मानिसहरु छैनन् र कुराकानी छैन भने मास्क नलगाउनुस, बाहिर हिँडडुल गर्दा सामाजिक दुरी कायन हुने ठाउँ भए मास्क लगाउनुपर्दैन ।”

जापान सरकारले मास्क लगाउने नलगाउने विषयमा गत मे महिनामा नै आफ्नो धारण सार्वजनिक गरिसकेको थियो।दिनप्रतिदिन बढ्दो गर्मी र त्यसका कारण बढेको हिट स्ट्रोकका कारण सरकारले सर्वसाधारणलाई मास्क नलगाउन भनेको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार