टोकियो/जापान । करिब २ वर्षपछि जापानमा फेरि नेपाली विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । हरेक वर्ष नियमितरुपना आईरहेका विद्यार्थीहरु कोरोनाका कारण आउन नपाउँदा, एकै पटक अहिले जापानमा विदेशी विद्यार्थीहरुको चाप परेको छ ।

जापानमा सुरुवातका दिनमा हरेक व्यक्तिले संघर्ष गरेका हुन्छन् । तर नव प्रवेशीहरुलाई भने आफुलाई मात्रै त्यस्को भएको महशुस पनि हुनसक्छ । त्यसैले हामीले जापानमा केहि वर्ष अगाडी आएर एक किसिमको संघर्ष सक्काएर अहिले जापानकै रहनसहनमा भिजिसकेका सुमन लाकोजुसंग कुराकानू गरेका छौँ ।

सुमन, अहिले ४७ वर्षअघि स्थापना भएको जापानको सांकेई ट्रावलमा कार्यरत छन् । उनले सन २०१८ देखि सुरुवात गरेको देशगत टुर्स प्याकेजहरुले राम्रो बजार लिईरहेको छ । जापान आएको ४ महिनासम्म काम नपाएका उनले कसरी आफुलाई जापानमा आफुलाई टिकाए र आज सन्तुष्ट छन् त ?

यिनै विषयमा केन्द्रित कुराकानी प्रस्तुत गरेका छौँ । पुरा भिडियो हेरि उपयुक्त लागेमा सेयर पनि गर्नुहोला ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार