कुनै पनि बच्चाको भविष्य कता जान्छ भन्ने मुख्य भुमिका अभिभावकको हुन्छ भने उहाहरुले देखाको बाटो कस्तो छ र त्यसलाइ कसरि मनन गर्दै हिड्ने भन्ने बच्चाको हातमा हुन्छ । जापान भनेको भाषागत हिसाबले होस या अनेक कुरामा हाम्रो लागि सुरुमा केहि वर्ष सम्म हामि यहाँको लागि बच्चा नै हुनेछौ । भखरै जापान प्रवेश गर्नु भएको विद्यार्थीहरुको भविष्य भनौ या आगामि दिन पनि कन्सलटेन्सिले कस्तो अभिभावकत्व गरेर अगाडि बढाको छ भन्नेमा पक्कै पनि निकै भर पर्नेछ । केहि समय अगाडि ”आरुबाइतो सेचुमेइखाइ ” भनि गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति नागोया र नेपाल बिध्यार्थि समाज जापानले” गरेको आयोजनामा उपस्थिति नया बिध्यार्थिहरुको भनाइलाइ उद्धृत गर्ने हो भने धेरै कुरा सोचे र भने भन्दा फरक त भै नै हाल्छ तर उदाहरण नै लिने हो भने ‘ ‘हामिलाइ नागोयामा नै स्कुल हो भन्नु हुन्थियो , तर यहाँ आउनलाइ मात्र स्कुलबाट लगभग २ घण्टा हाराहारी लागो , काम पाउन खासै गारो छैन , सहरि ठाउ हो भनेर भन्नु हुन्थियो तर आयको २ महिना भयो अब खान बस्न समस्या सुरु भैसको” यसले के बुझाउछ भने बिध्यार्थि नेपालबाट आउदै मानसिक रूपमा तयार छैनन । पहिलो छ महिना के गर्ने , अनि आउने दिन कसरि बढ्ने , जापानीज भाषा स्कुल सके पछि कहा जादा राम्रो ? विश्वविद्यालय जादा के फाइदा , सेनमोन जादा के फाइदा भन्ने यस्ता विभिन्न साना कुराहरुको इमेज सम्म भय पनि कन्सलटेन्सिले जानकारी दिन नसके झनै गारो हुदै जानेछ । मानसिक रुपमा राम्रो तयारी गराएर पठाउनु नै एक अध्याय अगाडि बढ्नु हो ।

टोक्यो , नागोया , ओसाका आदि बाट १०/१५ मिनेट यता-उता छ भनेर पठाउने तर वास्तविकता मा१/२ घण्टा टाढा रहेको पाइनछ । काठमाडौं नजिकै हो भनेर पठाउने तर यथार्थमा चै २/३ घण्टा टाढा? किन भने वास्तविक जे हो त्यो कुराको जानकारी भन्दा पनि जापान गए पछि सबै थोक छ भन्ने मनस्थिति बनार पठाउनु नै सबै भन्दा ठुलो भुल भएको देख्न सकिन्छ । वास्तविकता भन्न किन डराउने? कम्तिमा ४ बर्ष सम्म कम्पनिमा आफु सेटल नभय सम्म पैसा कमाउन सक्ने अवस्थानै छैन भनेर जानकारी दिन किन नसक्ने? वास्तविकता जानकारी दिएर पठाएमा अहिले जस्तो विद्यार्थी पक्कै आत्तिने थिएनन र मानसिक रुपमा केहि हद सम्म तयारी भयर पक्कै आउनुहुने थियो र घर परिवारले पनि त्यहि तरिकाले बुझ्नुहुनेथियो ।आफुसङ यस्ता जानकारी नभय जापानमा विभिन्न विश्वविद्यालय , सेनमोन, भाषा स्कुलमा पनि धेरै विज्ञ नेपालिहरु हुनुहुन्छ उहाँहरुबाट पनि विभिन्न सेमिनार गरार भए पनि त्यति जानकारी गराउन सकिन्छ । त्यसैले जापान आय पछि कम्तिमा पनि ६ महिना जति राम्रो गाइडको जरुरि पर्छ जुन कन्सलटेन्सिले राम्रो भुमिका निभाउन जरुरि छ । आउनेदिनमा कन्सलटेन्सिले कस्तो सहयोग गर्छ जापानमा त्यो कन्सलटेन्सिले अफिस या प्रतिनिधित्व गर्ने व्यक्ति छ वा छैन ? अभिवाकत्व कति सम्म गर्नेछ/ गरेको छ भन्ने राम्रो बुझेर भर्ना हुदा बिध्यार्थिलाइ आउने दिन अझ सहज र यस्ता विभिन्न समस्याहरु कमहुने सम्भावना देखिन्छ ।अहिले पार्ट टाइम जबको कुरा गर्ने हो भने जापानको सबै सहरमा काम नभयको भन्दा पनि भाषागत समस्या नै हो ।

पहिलाका दिन फर्केर हेर्ने हो भने ५/६ महिनाको अन्तारालमा बिध्यार्थि आउने र पार्ट टाइमजबमा खासै समस्या नभयको महुस गरिन्थियो । किन भने सुरुका दिनमा बेन्तो , यासाइ , यामातो आदि इत्यादिमा काम गर्ने र थोरै भाषा राम्रो भय पस्चात रेस्टुरेन्ट, सुपरमार्केट , आदिमा काम गर्ने भयकोले गर्दा बिचको समयमा जति बिध्यार्थि आए पनि सेटल हुदै जाने अवस्थाले गर्दा अहिले जस्तो समस्या प्रायः देखिदैन थियो । विभिन्न संस्थान , हाकेन खाइस्या , अरु अगाडि आउनु भएको व्यक्तित्वहरुले पनि सके सम्म अहिले धेरै माध्यम बाट सग्दो सहयोग गर्नु भएको छ जस्तो लाग्छ ।तर पनि अज्जै काम नपाएको र गारो अवस्थामा रहनु भएको बिध्यार्थि अत्यधिक मात्रमा हुनुहुन्छ जसलाइ आउने दिनमा जापान बस्नै गारो हुने जस्तो भै सकेको कुरा धेरै बिध्यार्थि साथिहरुबाटै सुन्न पाइन्छ भने नया विद्यार्थी ले नै आत्मा हत्या सम्म रोज्न सक्ने सम्मको अवस्था छ । अब यति गर्दा पनि समस्याको समाधान भयको छैन , अब के गर्ने त?

१) कन्सलटेन्सिले मुख्यभुमिका खेल्नु पर्छ

कन्सलटेन्सिले बिगत कयौ बर्षबाट सयौको संख्यामा बिध्यार्थिहरु पठाएका छन । हरेक बिध्यार्थि सङ सम्पर्क गर्ने चाहे ति बिध्यार्थि ४ बर्ष अगि आउनु भएको होस या १० बर्ष अगि , उहाँहरु सङ सहकार्य गर्ने । कम्तिमा पनि १ जना पुराना बिध्यार्थि बाट एक जना नया बिध्यार्थिलाइ काम खोज्न सहयोग सहितको अनुरोध गर्नुहोस । किन भने अज्जै पनि पुरानाले काम गरि राख्नु भएको ठाउमा अन्तर मनबाट त्यहा काम गर्ने मालिक सङ अनुरोध गरेमा काम लगाउन सक्ने चान्स धेरै नै रहनेछ । त्यसो नगरेको खण्डमा पुरानाले पनि चल्दैछ , बिस्तारै भै हाल्छनि भन्नुहुन्छ वास्था नगर्नाले अझ धेरै गारो हुदैजानेछ ( सबैले वास्था गर्नुभएको छैन भन्न खोजेको हैन) । त्यसैले कन्सलटेन्सिले यति सम्म सम्पुर्ण पुराना बिध्यार्थिसङ खोजि खोजि सम्पर्क गरि अनुरोध गरे कम्तिमा पनि ६०%-७०% समस्या हलहुन सक्नेछ । सबैले एक पटक यति अनुरोध गर्नुहोला नत्र बिध्यार्थिहरुले धेरै समय सम्म धेरै तरिकाको दुख कष्ट खेप्न पर्नेछ ।

२) अन्तिम बिकल्प

जापानमा काम खोज्ने विभिन्न एप्लिकेसनहरु छन । त्यहाँबाट आफैले संघर्ष गर्ने , एपहरु कसरि चलाउने भन्ने थाहा नभए पुराना साथिहरुलाइ चलाउने तरिका सिकाइ माग्ने । त्यहा उपलब्ध गराइएका न. हरुमा कल गरेर भाषा कमजोर नै भए पनि २/४ पटक ट्राइ गर्ने र के कसरि कुरा गर्ने थाहा नभए सेनपाइ सङ सिक्ने र बुझ्ने । यो समयलाइ भाषामा धेरै ध्यान दिने र यो १/२ महिना काम नै नभय पनि भाषा राम्रो तयार गर्ने । अहिलेको २ महिना नै सबैकुरा हैन । सबैकुरा बिस्तारै आउदैछ नआत्तिनुस हामि अवसर नै अवसर भएको ठाउमा छौ बिस्तारै सबै ठिक हुदै जानेछ ।
धन्यवाद
बिष्णु कार्कि , नागोया ( Student :Chukyo University)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार