टोकियो/जापान । यहि जुलाई ३० र ३१ तारिख जापानको राजधानी टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा आयोजना हुने १२ औँ नेपाल फेस्टिवलमा आफ्नो कला/संस्कृतीहरु प्रस्तुत गर्न ईच्छुक व्यक्ति तथा संघ/संस्थाहरुलाई  यहि जुलाई १० तारिख भित्र सम्पर्क गर्न आयोजक एनआरएनए जापानले अनुरोध गरेको छ ।

शुक्रबार, एनआरएनए जापानले एक सुचना जारी गर्दै भनेको छ – नेपालको पहिचान हाम्रो कला, संस्कृति, भेषभुषा, परिकार लगायत नेपाली उत्पादनलाई अन्तर्राष्ट्रीय बजारीकरण एवं पर्यटन प्रवर्द्धन सबल गर्ने मुल उद्देश्यका साथ २०२२ जुलाई ३० र ३१ तारिख एनआरएनए जापानको आयोजनामा नाकानो सिकिनो मोरी पार्कमा “नेपाल फेस्टिवल” को आयोजना गर्न लागिएको हजुरहरू माँझ अवगत नै छ, यस महामेलालाई सफल पार्न र हाम्रो उद्देश्यहरु पूर्ण गर्नको लागि सम्पुर्ण जापानबासी नेपाली महानुभावहरूको महत्वपूर्ण भुमिका रहनु पर्ने भएकोले यहाँहरु सम्पूर्णमा हामी एनआरएनए जापान परिवार सकारात्मक सहयोगको अपेक्षा गर्दछौँ ।

साथै यस फेस्टिवलमा हुने बिभिन्न कला, संस्कृति, जात जातिका भेषभुषा र मनोरंजनात्मक कार्यक्रम एवं अन्य प्रतिभाहरूको पनि प्रदर्शन गरिने भएको हुदा यस सम्बन्धित प्रतिभाको धनि हुनुहुन्छ २०२२ जुलाई १० तारिक सम्म NRNA जापानका वा क्षेत्रका कुनै प्रतिनिधिहरू सँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।

एनआरएनए जापानका माहासचिव तथा नेपाल फ़ेस्टिवल आयोजक समितिका कार्यतालिका ब्यबस्थापन उपसमितिका संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार, संधैजसो आन्तरिक चिनजान र अनुरोधबाट मात्र नभई जापानवासी सम्पुर्ण ईच्छुक नेपालीहरु तथा उनिहरुमा निहित कला संस्कृती तथा परम्परागत झाँकीहरु प्रस्तुत गराउनका लागि यो सार्वजनिक सुचना जारी गरिएको हो ।

१२ औँ नेपाल फेस्टिवल सभ्य र भव्य बनाउन यतिखेर तीब्र तयारी अघि बढिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार