जापानमा यतिबेला नयाँ विद्यार्थीहरुमा कामको समस्या देखिएको छ । तपाईंहरुले सामान्य रुपमा भाषा बोल्न र बुझ्न नसक्दा सम्म यो समस्या अझै केही महिना रहने अनुमान गरिएको छ । हो हामी बिभिन्न समस्याले गुज्रिरहेका छौं ऋण, ब्याज, एक्लोपन समय व्यवस्थापन आदी तर त्यसको लागि अक्रोश को माथि ? यदी आक्रोष नै पोख्न मन छ भने,
१) महिनामा २-३ लाख कमाउने झुटो आश्वासन देखाउने Counsellor सँग किन झुटो बोल्यौ भन्दै पोख्नुहोस्
२) नगोयाको टावर देखाएर नागोया आउनै ३वटा ट्रैन फेरेर ३घन्टा लाग्ने ठाउँमा पार्ने consultancy को सर सँग पोख्नुहोस् ।
३) जापानको बारेमा थाहा नै नभैकन consultancy खोली झोलामा document बोकी अरु सँग बेच्ने, १ लाख सर्भिस चार्ज लिने र यहाँ बाट कल गर्दा वस्ता नगर्ने सर सँग पोख्नुहोस् ।
४) Job Assistance all over Japan भन्दै चिल्ला ब्यानर बनाउने तर अहिले बेवास्ता गर्ने ति संचालक सँग पोख्नुहोस् ।
५) तपाईंको जापानको जा थाहा नभएको सेन्सेइ लाई जापान को कलेज को कुरा नेपालीमा उल्था गरिदिने र कलेज बाट कमिसन खाने एजेन्ट सँग पोख्नुहोस् ।
होइन भने
१) तपाईं जस्तै धेरै सपना बोकेर केही वर्ष अघि जापान आएका कलेज,काम र सुत्ने समय काटेर जब खोज्दिन सहयोग गर्ने सेन्पाइलाई नाना थरी नभन्नुहोस्।
२) ४० ठाउँ कल गरेर २०-२५ जनाको मेन्सेचु मिलाइदेको अग्रज दाई /दिदी लाई आफु एक जनालाई काम लगाइदिन नसकेको भनेर गाली नगरनुहोस् ।
३) तपाईंहरु जस्तै केही बर्ष अगाडि जापान आई यस्तै संघर्ष गरी पढाई सकी दिनभरी तपाईंहरु जस्ता सयौलाई काम लगाइ थाकेर साँझ परिवार सँग बसेका हाकेनका स्याइन लाई मध्यरातमा दले र सले भन्दै सम्बोधन नगरौ ।
तर यदी कुनै सेन्पाइ वा अग्रजले तपाईंको कम्जोरीको फाईदा उठाएर बिस्तारा सम्म पुग्न वाध्य बनाउछ भने प्रमाण र मान्छे चीनाउनुहोस् तपाईंको कनुनी लडाईंमा म साथ दिन तयार छु ।
अजय राना, अध्यक्ष नेपाली विद्यार्थी समाज जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




