टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको मासिक अनलाईन कार्यक्रमको यस पटकको श्रृंखलामा १२ नेपाल फेस्टिवलको आवश्यकता महत्व र हाम्रो जिम्मेवारी विषयमा आयोजना गरिने भएको छ ।

यहि जुलाई २३ तारिोक शनिबार साँझ ५ बजेबाट सुरु हुने कार्यक्रममा, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसीका)उप महासचिव तथा पुर्वाध्यक्ष अध्यक्ष ओम गुरुङ, आइसीसी एसिया प्यासिफ़िक़ संयोजक तथा पुर्वाध्यक्ष पारसमणि पोखरेल र एनसीसी जापानका अध्यक्ष शिब प्रसाद पौडेलको सहभागीता रहनेछन् ।

कार्यक्रममा  जापानमा गरिने नेपाल फेस्टिवल किन र के का लागि ? जापानी समुदायमा नेपाल फेस्टिवलले पार्ने प्रभाव, नेपाल फेस्टिवलमा नेपाली समुदायको भुमिका लगायतका विषयमा अन्तरक्रिया तथा छलफल हुनेछ ।

जापानमा यहि जुलाई ३० र ३१ तारिख १२ औँ नेपाल फेस्टिवल आयोजना गरिनेछ । जापानमा नेपाल र नेपालको कला/संस्कृति तथा मौलिक सम्पदा एवं परम्पराहरुको जानकारी गराउँदै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उदेश्यका साथ भव्य तयारी भईरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार