दीपक गौतम/टोकियो

जनप्रगतिशिल मंच जापानको कार्यक्रममा सहभागी हुन जापान आएका पूर्व प्रधानमन्त्री एवं नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारिता विमानस्थलमा ओर्लिएपछि केही बेर संचारकर्मी र आफ्ना शुभचिन्तकहरु संग समय व्यतित गरे ।

एनआरएनए क्यूस्यूले फ़ुकुओकामा आयोजना गरेको नेपाल फेस्टिवलको उद्घघाटनका लागि उनी हवाई मार्ग (आन्तरिक) मार्फत फ़ुकुओका जाने तयारीमा थिए । बिहान करिव १०:२० बजेको आसपासमा विमानस्थलबाट बाहिर निस्किएका प्रचण्ड एनआरएका पदाधिकारी सहित शुभचिन्तकहरुले स्वागत गरेपछि पैदल हिडेर डोमेस्टिक टर्मिनलमा पुगेका प्रचण्ड त्यहाँ उपस्थित सबैसंग केही अनौपचारिक कुराकानी गरेपछि संचारकर्मी संग कुराकानी गर्न राजी भए ।

कुराकानी सकिएपछि प्रचण्ड सहितको टोली ‘बोर्डिंग’ का लागि हिड्यो एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नवीन निउरे र म गाडी पार्किङ्ग तिर लागिम । प्रचण्डले जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाइ भेट्ने ‘धोको’ पुरा नभएकोमा दु:ख लागेको बताएका थिए, गाडीमा पुगेपछि यही ‘एंगल’ समातेर समाचार लेखे ।

प्रचण्डको भिडियो सहित समाचार प्रकाशन गर्ने सोचले ‘बाइट’ काट्न खोज्दा ‘पूर्व प्रधानमन्त्रीका हैसियतमा उहा (आबे) नेपाल भ्रमण गर्दा म संग २/३ पटक कुरा भएको थियो’ भन्ने अडियो सुने । त्यसपछि मेरो गल्ती हो कि भनेर फेरी सुने, ड्राइभ गरिरहेका मित्र नबिनलाइ पनि सुनाए र नबिन संग मैले भने ‘पूर्वाग्रह राख्ने हो भने प्रचण्डले झुट बोले भनेर समाचार लेख्न सकिन्छ ।’

प्रचण्डको त्यो ‘स्पिच’ आफुले प्रत्यक्ष सुनेकाले पनि उनको ‘टङ स्लिप’ हो भन्नेमा म बिश्वस्त थिए । नारिता बाट फुकुओका पुग्न प्रचण्डलाई करिव २ घण्टा लाग्थ्यो, म घर आए खान खाएर समाचार हेर्दै थिए, कान्तिपूरको समाचार थियो ‘प्रचण्डको गलत दावी: सिन्जो आबे नेपाल आउदा २/३ पटक कुरा भएको थियो ।’

त्यसपछि मैले नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाइ फोन गरे उहाले अहिले तेस्लाई इस्स्यु नबनाउ भन्नु भयो । यतिकैमा नेपाल न्यूज पोस्टका प्रधान सम्पादक राजन गौतमको फोन आयो हामीले पनि प्रचण्डको टङ स्लिप र आबे नेपाल नगएको दुवै सत्य भएको निश्कर्ष निकाल्दै ‘भुलबस’ भएको त्रुटिमा कलम नचलाउने निर्णय गरेयो ।

कान्तिपूरले समाचार प्रकाशन गरेपछि नेपालका केही अनलाइनहरुले सोही व्यहोराको समाचार प्रकाशन गरे, सामाजिक संजालमा खिस्सी टिउरीको बिषय बन्यो । समाचारहरु सर्वत्र भैसकेका थिए तर प्रचण्डले हेर्न पाएका थिएनन्, किनकि त्यतिबेला सम्म उनी विमानमा भित्रै थिए ।

‘हामी प्लेनमा भएकाले त्यो समाचार बारे जानकार थिएनौ’ प्रचण्ड संगै रहेकी छोरी गंगा दाहालले भनिन् ‘फुकुओकाको कार्यक्रम सकिएर खाना खान जाँदा बल्ल हामीले समाचार हेरेका हौ ।’ पूर्व प्रधानमन्त्री आबेको बिषयमा अध्यक्षले फुकुओकामा जे बोल्नु भयो नारिता बोल्दा पनि त्यही आसय ब्यक्त गरेको दाहालले उल्लेख गरिन ।

‘बोल्दा खेरी शब्द यताउता भएको हुन सक्छ’ गंगाले भनिन् ’तर नियतबस गलत दावी गरेर सच्चाएको भन्ने होइन ।’

प्रचण्डले फुकुओकामा भाषण गर्दा सम्म कान्तिपुरले लेखेका समाचार बारे कुनै जानकारी थिएन भन्ने कुरा गंगा दाहालको भनाइले पुष्टि गर्छ । तर, प्रचण्डले फुकुओकामा भाषण गरेको केही समय पछी कान्तिपुरले प्रचन्डले आफ्नो अघिल्लो भनाइ फुकुओकामा सच्चाएको भन्दै समाचार प्रकाशन गर्‍यो ।

निष्कर्श के हो भने प्रचन्डको जिब्रो चिप्लिएको सत्य हो त्यसमा कलम चलाउन आबश्यक थिएन, लेख्नै परे के सन्दर्भ या केका आधारमा भन्नु भयो ? भनेर प्रश्न सोधेर लेखेको भए समस्या हुने थिएन ।

कान्तिपुरले आफ्नै कमजोरी लुकाउन प्रचन्डले बोली सच्चाएको भनेर उम्किन खोजेको छ । त्यतीमात्रै होइन, आफुले हतार गर्दा निस्केको परिणामको भारी घुमाउरो पारामा प्रचन्डलाई बोकाउन खोजेको छ ।

अनुजा प्रकरण बाट पाठ नसिकेको कान्तिपुरले यो प्रकरणबाट पाठ सिक्छ जस्तो मलाई लाग्दैन । तर, पत्रकारिता सधैं ‘हतारको साहित्य’ हुन सक्दैन भन्ने मान्यतालाई कान्तिपुर जस्तो अग्रणी पत्रिकाले बिर्सन हुँदैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार