टोकियो/जापान। जापानमा पछिल्ला केहि वर्षयता श्रृंखलाबद्धरुपमा हरेक वर्ष विभिन्न कृषि फार्महरुबाट कृषि उत्पादनहरु चोरी हुने गरेकाछन्।

खासगरी,फलफूलहरु अधिक मात्रामा चोरी हुँनेगरेका छन् । यसैक्रममा यस पटक पनि यामानासी प्रिफेक्चरका विभिन्न फार्महरुमा टिप्ने बेला भएका स्याउ,आरु तथा नास्पातीहरु ठूलो परिमाणमा चोरी भएका घटनाहरु सार्वजनिक भईरहेका छन् ।

चोरीका घटनाहरु सार्वजनिक हुनेक्रममा हिजो(सेप्टेम्बर २ तारिख) ईबाराकी प्रिफेक्चरका विभिन्न फार्महरुबाट नास्पाती तथा आरु चोरेको आशंकामा ३ जना भियतनामीहरु पक्राउ परेको खबर प्रकाशित भएका छन्।

यमनाशी प्रिफेक्चरमा पीचको सामूहिक चोरीको श्रृंखला। संलग्न रहेको आशंकामा तीन जनालाई १ गते पक्राउ गरिएको थियो । ति ३ जना भियतनामी नागरिकहरूले गत महिना इबाराकी प्रिफेक्चरको एक नाशपाती बगैँचाबाट २००० वटा नाशपाती चोरी गरेको आशंका गरिएको छ।

प्रहरीका अनुसार गुन्मा प्रिफेक्चरको एउटा अपार्टमेन्टमा खोजी गर्दा ठूलो संख्यामा नाशपाती फेला परेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार