पछिल्लो समयको तथ्याङ्क अनुसार जापानमा विभिन्न भिसामा रहेका विदेशीहरुको संख्या करिब २९ लाख भन्दा माथि रहेको र त्यसमा नेपालीहरु पनि करिब १ लाख भन्दा माथि नै रहेको पछिल्लो समयको तथ्याङ्कले बताएको देखिन्छ।विशेषगरी जापानमा विदेशी नागरिकहरु विभिन्न पेसा तथा व्यवसायमा आवद्ध छन भने बालबालिकाहरु अध्ययनको लागि अभिभावक सङ्गै रहेका छन।

सबै देशका नागरिरकहरुको आ-आफ्नै किसिमका रहनसहन तथा परिवेश भएको हुनाले जापानी भन्दा केहि भिन्न हुनु स्वभाविक नै मानिन्छ। जापानमा विदेशीहरुको संख्या बढेसङ्गै पछिल्लो समय विदेशी नागरिकहरुबाट पनि बेलाबेलामा अनैतिक कार्यमा संग्लन भई विभिन्न किसिमका घटनाहरु घटेका समचारहरु पनि बाहिर आइरहेका हुन्छन।जसले गर्दा आफ्नो मातृराष्ट्र र सोहि देशका सम्पुर्ण नागरिकहरुलाई नै असर पुर्याएको हुन्छ।यसैगरी जापानमा विदेशीहरुको लागि विभिन्न समस्याहरु मध्ये आवासको लागि कोठा पाउनु पनि जटिल बन्दै गएको र थप चुनौती बन्न सक्ने सम्भावना पनि देखिन्छ।

विशेषगरी जापनका केहि घरधनीहरुले चिनियाँ र भियतनामी नागरिकहरुलाई कोठा दिन नै रोक्का गरेको पनि सुनिएको छ।जसमा सबै नागरिकहरु खराब भएर होइन कि केहि व्यक्तिका गलत कार्यहरुले गर्दा त्यसो हुन गएको बुझिन्छ।विशेषगरी जापानमा चिन ,भियनाम , फिलिपिन्स, ताइवान , कोरिया लगायत नेपालका नागरिकहरुको संख्या उच्च रहेको छ भने अन्य देशका नागरिहरु पनि रहेका छन।

जापानमा पछिल्लो समय केहि नेपालीहरुको गलत कार्यहरु तथा लापरवाहीले गर्दा पनि थप चुनौती ब्योहोर्नु पर्ने सम्भावना देखिन्छ।
जापानीजहरुको नजरमा नेपालीहरु इमान्दार, मिहिनेती र सरल स्वभावका व्यक्तिको रुपमा चिनिन्छन तर पछिल्लो समय केहि व्यक्तिहरुका गलत कार्यहरुले गर्दा यो सोचाई तथा हेर्ने दृष्टिकोण फरक हुदैँ गएको छ ।कहिलेकहीँ केहि नेपालीहरु घरमा साथिभाईहरुसङ्ग रमाइलो गरी राति अबेर सम्म होहल्ला गरेर बस्ने,चाडपर्वहरुमा धेरै मानिसहरु घरमै जम्मा हुने, तोकिएको समयमा भाडा नतिरी ब्लाकलिस्टमा पर्ने,फोहोर व्यबस्थापनको नियम पालना नगर्ने,सुरुमा एक जना बस्ने भनेर विवरण दिने र पछि ३/४ जना साथिहरु मिलेर बस्ने, रुम छोड्ने बेला पुर्व जानकारी गराउन ढिलाई गर्ने, कम्बिनिहरुमा रक्सी खाएर प्रवेश गर्नुका साथै कर्मचारीहरुलाई धम्काउने र समयको परिधिलाई पालना नगर्ने जस्ता विभिन्न कारणहरुले गर्दा भविष्यमा जापानमा रहेका नेपालीहरुलाई पनि कोठा पाउन चुनौती हुने सम्भावना देखिएको छ।

जापानमा कोठा भाडामा लिनको लागि सुरुमा गरिने सामान्य प्रक्रिया
विशेषगरी जापानमा कोठा भाडामा लिएर बस्नको लागि सर्वप्रथम फुदोउसानकोमा गएर वा अनलाइन एप्सको माध्यमबाट आफुलाई पाएक पर्ने क्षेत्र र कोठाको अवस्थामा जानाकारी गराइन्छ र त्यहि अनुसार उनिहरुले कोठा खोजिदिने गर्दछन र कोठा तय गरिसकेपछि आफ्नो पुरा विवरण र एकजना साक्षी राखिएको साथि वा आफन्तको पनि पुरा विवरण दिनुपर्छ त्यसपछि फुदोउसानबाट कानरी खाइस्यामा सम्पुर्ण विवरहरु पठाउँदछ र उनिहरुले सबै विवरणहरु चेक गरिसकेपछि सबै विवरण ठिक छ भने ग्राहकलाई फोन गरेर सबै कुरा बुझ्दछ। यसरी कोठाको निर्णय गरिसकेपछि किमोनि रकम, बीमा रकम, ग्यारेन्टर कम्पनी शुल्क र कोठा छोड्ने बेला लाग्ने टुटफुट मर्मत सम्बन्धि खर्चहरु बुझाउनु पर्ने हुन्छ भने कुनै कुनै घरधनीहरुले किमोनि रकम नलिन पनि सक्छन र टुटफुट मर्मत खर्च पनि कोठा छोड्ने बेला लिन सक्दछन।

यद्यपि, जापानीजहरुले विदेशीहरुलाई घर भाडामा दिने क्रममा जापानीज नागरिकहरुले जस्तै सहज रूपमा भाषाको कारणले गर्दा सम्झौता गर्न सक्दैनन्। त्यसैले गर्दा पनि केहि जापानीज घर मालिकहरुले विदेशी नागरिकहरुलाई घर भाडामा दिन असहज मान्दछ्न।यसका मुख्य कारणहरू निम्न रहेका छन्।
धेरै जापानीज घरधनीहरू विदेशी नागरिकहरुलाई कोठा भाडामा दिन अनिच्छुक देखिन्छन किनभने जापानीज ग्यारेन्टर नभएको कारण , थोरै आम्दानीको स्रोत वा तलबको कारण ,भाषाको कारण ,सम्झौताको प्रकृया झन्झटिलो लगायत विभिन्न कारणहरु रहेका छन।

विभिन्न देशबाट जापान आएका विदेशी नागरिकहरुलाई जापानको भाडा सम्झौताका नियमहरू थाहा हुँदैन, त्यसैले उनीहरूले सम्झौताको व्याख्या सजिलै बुझ्द सक्दैनन र जापानीज भाषा पढ्न र लेख्न पनि नसक्दा सरकारी कार्यालय र कम्पनीबाट आवश्यक कागजात जुटाउन गाह्रो हुन्छ त्यसैले कोठा पाउन केहि कठिन देखिन्छ।

पछिल्लो समय जापानमा नेपालीहरुको आगमन बढ्दो क्रममा रहेका छ जसमा वर्किङ्ग भिसा, व्यावसायिक भिसा, विद्यार्थी भिसा र पारिवारिक भिसामा रहेका छन। त्यसैले हामी सबैले आ- आफ्नो तर्फबाट इमानदारी र मिहिनेतका साथ काम गरेर अघि बढ्न सकियो भने व्यक्तिगत तह देखि राष्ट्रको पहिचान सम्म योगदान पुर्‍याउन सकिन्छ जसले गर्दा आगामी दिनमा जापानमा आउने नेपाली दाजुभाई दिदिबहिनीहरुलाई पनि सहज वातावरण गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्नमा सहयोग पुर्‍याउँदछ त्यसैले सकरात्मक सोचको साथ सबै अघि बढौँ।

मोहन कुवर सत्यवती- २, चेहेमी गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार