राजनीतिज्ञका नाममा उभ्याईएका ठाडाहरू,विकासको बाटोमा यत्रतत्र छरिएका काडॉहरू मपाईत्यका म रूपि साडॉहरू ।तिम्रा चर्किएका भाडाहरूमा फेबिकोल लगाउनुको साटो उत्ताउला अभिव्यक्तिले तिमीहरूलाई बर्षौदेखि खाली परेका कु-बुद्धी र कु-शासनका खाडलहरूमा नधक्ल्ला भन्न सकिदैन । कानुन र संबिधानभन्दा माथि सायद तिमीहरू आफूलाई राख्छौ र सोच्छौ क्यार । तिमीहरूको यो भुकाई आफ्नै अस्तित्वको लड़ाई पनि हुन सक्छ । ध्यान रहेस् मुढो ताक्दा आफ्नै घुडो र घुडोको थोरै माथिको भुडो नफुटोस् ।
मानिसले गर्ने क्रान्ति भन्दा समयले गर्ने क्रांति युगान्तकारी हुन्छ । समय र बिश्वसाक्षी छ ।बालेन ब्यक्ती मात्र नभएर एक नयॉ युगको पर्यायवाची नाम हो ।संबिधान हातमा च्यापेर कानुनको लौरो जब अगाडी बढ्छ तब शोसक,सामन्त र ब्बासाहरू छट्पटाउनु स्वभाविक पनि होला।कहिले काही लाग्छ लोकतंत्रको नाममा स्यालहरूको रजाई !अत्ति भएन र ? संविधानको सानो खाली पन्ना सापट लिएर कोतपर्व २०२२ लेखौ जस्तो लाग्छ ।
देश र सार्वभौमको लागी ज्यान गुमाएका सपुतहरू, आफ्नै घैलो, दैलो र शाख जोगाउन तछाड मछाड गर्दैछन् कपुतहरू ।विकास र परिवर्तनको लागी कम्मर कसेर अगाडी बढेको एउटा सफा मन तिमीहरूको लागी किन कॉडा हँ? साच्चै माया छ जन्माउने आमा र धर्ति आमाको भने फेरी यो बैमनष्य के का लागी? न देशको माया न भेषको माया ,आफूलाई नेता भनाउनेहरू कुद्छन् कोही दाया कोही बॉया झोले र खोलेहरू आयोडीनै आयोडीन भएको नुन खायॉ मेरो देश बिडम्वना।
न त हामी फ़ेसबुके फलोहर हौ न महत्वाकांक्षी । हामी त केवल विकासका पक्षपाती हौ । राम्रो काम गर्नेलाई हाईहाई र देशलाई सधै ग़रीबीको रेखा मुनी राखेर मागी खान पल्कीएकाहरूलाई वाईवाई भन्ने साहस राख्छौ।
जब राजनीति र राजनितिज्ञ व्यपारीक सम्बन्धसंग जोडिन्छ त्यो अबैध हुन्छ चेतना भया ।जब राजनीतिक बिचारक बिचौलिया र कानुन भन्दा माथि उठाईएका दलालहरूको वकालत गर्छन् त्यहॉ विकासको तरलतामा गाठो पर्दछ । साच्चै तिमी जस्ता चाटुकार र मतियारले एक सिट्टीमा दशौ हजार मानिस जम्मा गर्न सक्छौ भने भत्किएको सडकको दश खाडल पुरेर देखाउने हिम्मत छ? बालेनले डोजर लिएर शुरू गरेको ऐतिहासिक कामको अनुमोदन गर्न सकिन्न भन्दै फ़ेसबुकका भित्ताहरू रड्गाउदै हुनुहुन्छ आफूलाई बुद्दीजिवी र राजनीतिक विश्लेषक भन्नेहरू,अवसरवादीहरू ।त्यसो त अवसरवादीहरूले भरिएको छ संसार । देश र बिदेश रहनु भएका बर्तने ठुला बठाहरू रात दिन गाली गर्न नछुटेका नेताहरू विदेश आउदा तिनै संग फोटो खिचाउन र कुम जोड्न तछाड र मछाड नै गर्छन् ।
बालेनको कुरा गरिरहदा परिस्रम गरेर खाने ति तमाम व्यवसायी र कामदारहरूलाई पक्कै अन्याय भएको छ ।घरबार बिचीन हुनु भएको छ।ऊहॉहरूको न्याय लागी सरकार र नगरपालिका मिलेर यथोचित विकल्प र समाधान निकाल्न जोडदार माग गर्न चाहन्छु ।कुनै पनि देशको विकास र परिवर्तनको लागी देश,समाज र ब्यक्तिले मुल्य चुकाउनु पर्ने हुन्छ र यो कालान्तरमा युगान्तकारी हुन्छ। विकास र परिवर्तनको कुरा गर्दा २००७ साललाई हेर्न सकिन्छ।७२ बर्ष अगाडिको कुरा । अहिले पनि हाम्रो देश त्यही छ उस्तै छ यदि बिभिन्न देश र खाडी मुलुकबाट जाने रगत र पसिना निकाल्ने हो भने । त्यही रगत पसिना खाने सॉडेहरूको हुर्मत देख्दा सिंग भॉचिदिउ जस्तो लाग्छ ।यो ७०बर्षमा जापान खरानीबाट हिरा बन्यो,भारत उदयमान शक्ति राष्ट्रको बाटोमा लम्कदै छ भने ३० बर्षमा चिनले संसार जिती सकेको छ विकासमा। तर मेरो देश , हाम्रो देश घिच्ने र घिचाउने भन्दा अगाडी जान सकेन कुलंड्गारहरूले गर्दा ।त्यसैले लक्ष्य सादेर सिकार गर्न दौडिएको सिंह जस्तै विकासको पथमा तिम्रा पाईलाहरू नरोकिउन् । शुभकामना !
दीपेन्द्र पोखरेल,जापान
(यो लेख लेखकका नीजि विचारहरु हुन् । यस लेखमा प्रस्तुत विचारहरुमा सहमती/असहमती रहेका छन् भने सिधै लेखक दिपेन्द्र पोखरेललाई यस फेसबुक एकाउन्टमा सम्पर्क गर्न सकिनेछ।)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




