टोकियो/जापान। आज पनि जापानी येनको अवमुल्यन जारी रह्यो । आज टोकियो विदेशी मुद्रा विनिमय बजारमा येनको विनिमय दर अस्थायी रूपमा डलरको तुलनामा १४३ येनको स्तरमा झर्यो यो हिजो(६ तारिख)को तुलनामा २ येन भन्दा बढीले अवमूल्यन भएको हो ।

आज टोकियो विदेशी विनिमय बजारमा, ६ तारिखमा जारी गरिएको आर्थिक सूचकहरूले अमेरिकी अर्थतन्त्रको दृढतालाई कायम राख्न फेडरल रिजर्भ बोर्डले व्यापक रूपमा ब्याज दर बढाउन जारी राख्नेछ भन्ने पुष्टि गरेकाले येन बेचेर डलर किन्न चाहनेहरुको भिड नै देखियो । परिणामस्वरुप येनको ऐतिहासिक अवमुल्यन भयो ।

जापानी येन सन १९९८ को अगस्ट पछि लगभग २५ वर्षमा पहिलो पटक १४४ को सस्तो स्तरमा अवमूल्यन भएको हो।
अमेरिकाले ब्याजदरमा उल्लेख्य बृद्धि गरिरहने विचारका कारण विश्वका धेरै देशका मुद्राहरू डलरको तुलनामा ओरालो लागेको छ ।येनको भाउ साविकको तुलनामा २९ येनको हाराहारीमा अवमूल्यन भइरहेको छ ।

जापानी येनको अवमुल्यन हुँदा हरेक वस्तु तथा सेवाको मूल्य बढेको छ भने आयातित सामग्रीहरुको लागत आकासिएको छ। धेरै/थोरै बचाएर नेपाल पठाउनेहरु भने साविकको तुलनामा थप मारमा परेका छन् । त्यसो त यो जापानीको कमजोर स्तर भनेको डलरसंग हो। नेपाली मुद्रासंग होईन तर जापानी येन जस्तै गरि नेपाली मुद्रा पनि निरन्तर कमजोर बन्दै गएकाले अहिले नेपाल रेमिट्यान्स पठाउनेहरु मर्कामा परेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार