टोकियो/जापान। अमेरिकी आईटी कम्पनी एप्पलले उच्च स्तरका मोडेलहरूमा क्यामेराको पिक्सेल चार गुणा बढाउने लगयातका अपग्रेडेट सुविधाहरु सहित नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ।

एप्पलले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेको मुख्यालयमा ७ तारिखमा नवीनतम स्मार्टफोन “iPhone 14” सेरिजका ४ वटा मोडेलहरू घोषणा गरेको हो ।कोरोनाभाइरस संक्रमण माहारीका कारण पछिल्ला वर्षहरुमा एप्पल ईभेन्ट अनलाईन माध्यममा सिमित थियो । तर यो ३ वर्षमा हिजो पहिलो पटक नयाँ उत्पादनहरूको आमनेसामने घोषणा भएको थियो।

एप्पलले जारी गरेको आईफोन १४ सेरिजका मोडेलहरूले क्यामेराको कार्यसम्पादनमा सुधार गरेर स्पष्ट तस्बिरहरू लिन सक्षम हुने भनिएको छ । जस्तै पिक्सेलको संख्या पहिले भन्दा ४ गुणा बढाएर ४८ मिलियन पिक्सेल बनाईएको बताईएको छ।

जापानमा आईफोन १४ को सबैभन्दा सस्तो मूल्य कर सहित ११,९८०० येनबाट सुरु हुनेछ । यहि महिनाको ९ तारिखबाट अग्रिम बुकिंग गराउन सकिनेछ । यस पटकको एप्पल उत्पादन र सामसुङ दुबै कम्पनीहरुले क्यामेरालाई केन्द्रमा राखेर उच्च गुणस्तरको बनाएकाले बजारमा कडा प्रतिस्पर्धा देखिन सक्नेछ ।

विश्वव्यापी आर्थिक मन्दीको चिन्ता बढ्दै जाँदा, यस पटक घोषणा गरिएका उच्च मूल्यका नयाँ उत्पादनहरूलाई उपभोक्ताहरूले कत्तिको स्वीकार गर्नेछन् भन्ने कुरामा ध्यान दिईने कम्पनीले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार