टोकियो/जापान। एप्पलको स्मार्टफोन पारखीहरुको प्रतिक्षा रहेको आईफोन १४ को जापानमा पनि अग्रिम बुकिंङ सुरु भएको छ।
७ तारिख एप्पलले विशेष ईभेन्ट सहित सार्वजनिक गरेका १४ का ४ वटै मोडलका आईफोन १४ जापानका मोबाईल पसलहरुले हिजो रातीदेखि अग्रिम बुकिंङ् सुरुवात गरेका हुन् । तपाई पनि आईफोन १४ को प्रतिक्षामा हुनुहुन्थ्यो र लिने बिचारमा हुनुहुन्छ भने बुकिंग गरिहाल्नुस् नत्र हात पार्न समय लाग्नेछ ।
यय पटक बढ्दो मूल्य तथा घट्दो येनको भाउका कारण सस्तो मोडेल किन्दा पनि सामान्यतया १ लाख येन भन्दा बढी खर्च हुनेछ ।यद्यपी,जापानका मोबाईल कम्पनीहरुले विभिन्न छुट कार्यक्रमहरूको साथ बुकिंग सुरुवात गरेका छन् । जसले थोरै मात्रै भएपनि आर्थिक राहत दिन सक्नेछ । आईफोन १४ मा सबैभन्दा सानो मेमोरी क्षमता १२८ जिबी रहेको छ ।
KDDI (au) र Softbank को नियमित मूल्य १ लाख ४० हजार भन्दा बढी छ तर,वास्तविक भार दुई वर्ष पछि ट्रेड-इनको लगभग आधामा किन्न सकिनेछ । अर्कोतर्फ राकुतेन मोबाइलले नियमित मूल्य १,३१,८०० येन तोकेको छ, जुन सबैभन्दा कम मूल्य हो। साथै यसले २४ हजार येन बारबरको प्वाईन्ट दिने पुरस्कार योजना पनि ल्याएको छ।

प्रत्येक कम्पनीले अन्य कम्पनीहरूबाट स्थानान्तरण (乗り換え- नेरिखाए)छुट पनि प्रदान गर्दछन। त्यसैले आईफोन झट्ट हेर्दा महंगो भएपनि किन्न जानियो भने, केहि सस्तोमै पनि किन्न सकिनेछ । त्यसैले तपाई नयाँ आईफोन बुकिंग गर्ने योजनामा हुनुहुन्छ भने,सकभर नोरिखाए क्यान्पेनमा,२ वर्षे ट्रेडईन प्लानमा किन्नुहोला जसले गर्दा तपाईको झण्डै आधा आर्थिक भार घट्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




