विश्वका विभिन्न मुलुकहरुमध्ये जापान पनि एक सुरक्षित मुलुकको रुपमा चिनिन्छ। प्रायजसो जापानीजहरु सरल स्वभाव , जागँरिलो र सहयोगी खालका हुन्छन भनेर विश्वमा नै छवि बनाएका छन। साथै यहाँको तीब्रगतिको विकाश र विभिन्न किसिमका आधुनिक प्रविधिहरुको बढ्दो प्रयोगले गर्दा पनि सहजै यो कुरा विश्वास गराउँदछ। पछिल्लो समयको तथ्याङ्क अनुसार जापानको जनसङ्ख्या करिब १२करोड ५० लाख भन्दा माथि रहेको छ भने विदेशी नागरिकहरुको संख्या २९ लाख भन्दा बढि रहेको छ तर जापानमा विशेषगरी जापानीज भाषा नै अत्याधिक प्रयोग हुने गर्दछ।जापानमा धेरै पक्षहरु राम्रा हुदाँहुदैँ पनि पछिल्लो समय केहि नराम्रा घटनाहरु पनि बाहिर आएका छन जसमध्ये सार्वजनिक स्थलहरु , बस, ट्रेन लगायत विभिन्न ठाउँमा अपरिचित व्यक्तिबाट हत्या प्रयासका घटनाहरु बारम्बार घटिरहेका छन। यी घटना घट्नुका विभिन्न किसिमका कारणहरु होलान तर हामीले सामान्य रुपमा सहजै बुझ्न सकिने केहि कारणहरु पनि रहेका छन।

सानै उमेरदेखि परिवारबाट टाढा रहनु तथा एक्लोपनः

विशेषगरी जापानमा धेरै व्यक्तिहरु कुनै पनि व्यवसाय वा पेसामा आबध्द भएको हुनाले बालबच्चाहरुलाई धेरै समय आफुबाट टाढा राख्ने गर्दछन। साथै कतिपय बालबालिकाहरु १४/१५ वर्षबाट नै परिवार सङ्ग छुट्टिएर बस्ने गर्दछन जसले गर्दा पनि परिवार सङ्गै समाजमा रहेका व्यक्तिहरुसँग घुलमिल हुने वातावरण पाएका हुदैनन त्यसैले गर्दा पनि बढि एकोहोरे स्वभावका हुने गर्दछन।कुनै पनि बालबच्चाहरु सानै उमेर देखि परिवारका सदस्यहरु सङ्ग घुलमिल हुने वातावरण पाउदैँनन भने उनिहरु बढि कट्टर स्वभावका हुन सक्ने सम्भावना पनि रहेको हुन्छ ।

कम्पनीमा कार्यरत कर्मचारीहरुमा बढि कामको प्रेसरः

विशेषगरी जापानमा हप्ताको ५ दिन र प्रत्येक दिन ८ घण्टाको दरले काम गर्ने समय तोकिएता पनि कम्पनीमा पदको जिम्मेवारी सङ्गै अत्याधिक समय व्यतित गर्नु पर्ने हुन्छ जसले गर्दा पनि परिवार प्रति समय दिन नसकि मानसिक रुपमा बढि दबाब सिर्जना भएको हुन्छ फलस्वरुप मानिसहरु गलत बाटो हिड्ने तथा गलत काम गर्ने गर्दछन।

दैनिक जीवनशैलिको लागि आर्थिक अभाव:

जापान जति बाहिरबाट हेर्दा सम्पन्नशालि देखिन्छ छ तर यहाँका नागरिकहरुको जीवन शैली केहि फरक रहेको छ।
यहाँको दैनिकी उपभोग्य वस्तुहरुको मुल्य केहि महङ्गो भएको कारणले गर्दा पनि जटिल भएको देखिन्छ। आम्दानी सङगै सरकारलाई अनिवार्य रुपमा तिर्नुपर्ने कर तथा बीमाको रकम, महङ्गो घरभाडा , पानी, बिजुली, ग्यास लगायत अन्य उपभोग्य वस्तुहरुको मुल्य उच्च भएको कारणले गर्दा पनि आर्थिक समस्याको कारण विभिन्न घटना घट्ने गर्दछन। जापानमा विवाह पछि सम्बन्ध विच्छेद गरेर बस्ने व्यक्तिहरु पनि केहि संख्यामा रहेका छन जसले सम्बन्ध विच्छेद पश्चात् पनि पुरुषहरुले निश्चित रकम तिर्नुपर्ने हुन्छ जसले गर्दा पनि आर्थिक अभावको समस्या सिर्जना भएको हुन सक्छद र केहि तनाबले गर्दा अत्याधिक मध्यपान सेवन गरि गलत कदम चाल्ने गर्दछन।

२ महिना अघि मात्रै जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेलाई चुनावी प्रचार प्रसारको सम्बोन्धन गर्ने क्रममा नारा शहरमा गोली प्रहार गरी हत्या भएको थियो। सुरक्षाको दृष्टिकोणले जापान जस्तो देशमा पूर्व प्रधानमन्त्री जस्तो उच्च पदमा रहेको व्यक्ति सामान्य नागरिक बाट मारिनु कुनै सामान्य कुरा होइन जसले गर्दा विश्वले नै जापानको सुरक्षा व्यवस्था प्रति सोच्न बाध्य बनाएको छ।हत्या गरेको आरोपमा ४१ वर्षीय यामागामी टेचुया पक्राउ परेका थिए र अहिले उनको मनोवैज्ञानिक परीक्षण भइरहेको छ । केहि सन्चार माध्यमले दिएको जानकारी अनुसार आर्थिक अवस्थाको कारणले सोहि घटना निम्तिएको बुझिएको छ बाकीँ कारण अनुसन्धानले बताउने नै छ।

गएको महिनामा जापानमा घटेका केहि घटनाहरुः

अगस्ट २० तारिख राति टोकियोको शिबुया वार्डमा ५० वर्षिया आमा र उनकी किशोरी छोरीलाई सडकमा चक्कु प्रहार गरी गम्भीर घाइते बनाएकी एक बालिकालाई हत्या प्रयासको आशंकामा पक्राउ गरिएको थियो र उनले मृत्युदण्ड चाहेकाले हत्या गर्न चाहेको स्विकार गरेकी थिईन। अगस्ट १५ तारिख बिहान जापानको राजधानी टोकियो नजिकैको चिबा प्रिफेक्चरको किमिचु सहरको एउटा घरमा सँगै बस्ने चारजना आफन्तलाई छुराले प्रहार गरी एकजनाको मृत्यु भएको थियो ।

पछिल्लो समय जापानमा यस्ता किसिमका घटनाहरु बढ्दो क्रममा रहेको हुनाले तपाई हामी सचेत हुन जरुरी रहेको छ।
यस्ता घटनाहरु कति बेला र कुन ठाउँमा घट्छन भनेर कसैलाई थाहा नै हुदैन त्यसैले पनि जापान सरकार पनि गम्भिर रुपमा सोचेर यसबारे सजग हुन जरुरी देखिन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार