टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको यहि सेप्टेम्बर १८ तारिख जापानको ओकिनवामा हुने १० औँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ।

१० औँ अधिवेशन, एनआरएनए जापानको आयोजना तथा ओकिनावा क्षेत्रीय कार्यसमितिको व्यवस्थापनमा ओकिनवाको नाहा सहर स्थित र्योतेई नाहामा गर्न लागिएको हो । एनआरएनए जापानका उपाध्यक्ष तथा १० औँ साधारण सभा संयोजक राजकुमार अधिकारीका अनुसार,जापानबासी एनआरएनए अभियानमा आबद्ध सम्पूर्ण महानुभाबहरुसंगै जापानमा अवस्थित विभिन्न संघ/संस्थाहरुलाई सहभागिताको लागि,औपचारिक निमन्त्रणा पठाई सकिएको छ ।

१० औँ अधिवेशनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न सबै प्रकारका आवश्यक तयारीहरु भईरहेको बुझिएको छ।यस पटक एनआरएनए जापानमा कार्य संचालनका क्रममा देखिएका विभिन्न व्यवहारिक,सैद्धांतिक तथा नीतिगत जटिलताहरुलाई समेत समाधान गर्न सहज बनाउने हेतुले एनआरएनए जापानको वर्तमान विधानका केहि बुँदाहरु समेत संशोधन गरेर अघि बढ्ने तयारी गरिएको छ ।

साधारण सभा व्यवस्थापनको जिम्मा लिएको ओकिनावा क्षेत्रीय कार्यसमितिका संयोजक ज्ञानु भट्टका अनुसार तयारी अन्तिम चरणमा पुगेको छ । कार्यक्रम हल तथा स्वागत रात्रीभोजका लागि स्थानहरु निश्चित भईसकेका छन्। जापान भरिबाट ओकिनावा पुग्ने पाहुनाहरुको लागि ओकिनावा क्षेत्रीय कार्यसमितिले १७ तरिक बेलुका ६ बजे बाट वेलकम पार्टी राखेको र उक्त पार्टीमा ओकिनवाको विशेष परिकार तथा गित/संगित एव नृत्यको आनन्द लिन सकिने संयोजक भट्टले जानकारी दिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार