सत्तै सत्ताको खातमा नयॉ सत्ताको खेल शुरू भएको छ ।धार्मिक सत्ता र क़ानूनी सत्तामा थपिएको छ नाबालिग सत्ता । धार्मिक सत्ता अन्तर्गत हिन्दु सत्तामा केहि बर्ष अघिसम्म ६/७ बर्षमा छोरी/चेलीको तथाकथित पुण्यको नाममा बिहे गरिन्थ्यो ।१५/१६ बर्षमा बच्चा जन्माईन्थ्यो ।आमा हजुरआमाहरू खुशी हुनुहुन्थ्यो हुनुहुन्नथ्यो त्यसको हिसाब किताब पछि गरौला ।
सरोकार वाला र आफूलाई कानुनको हिमायती ठान्नेहरूले धार्मिक सत्ता अपराध माने र कानुनी सत्ताको विकास गरे ।क़ानूनी सत्ताले महिला अधिकार, व्वाक स्वतन्त्रता,व्यक्ति विशेष स्वतन्त्रता दिलायो ।यहि सत्ताको बुई चडेर समाज र वातावरणलाई दुषित बनाउने कोषिस त भई रहेको छैन भन्ने आवास हुन थालेको छ पछिल्ला घटनाक्रम हेर्दा ।नेपालका केहि वेवकुफ कानुन बिज्ञहरूले गरेको क़ानूनी टुर्टी पनि मनपरि सत्ताको कारक हो भन्दा सायद फरक नपर्ला ।
कुनै पनि १८ वर्ष उमेर पुगेको केटाकेटीले अपराध गरेमा वयस्क सरह पूरा सजायको भागीदार हुनुपर्ने कानुनी व्यवस्था गरिएको छ ।तथापि १८ बर्ष मुनिका केटाकेटीले विवाह गर्दा बालविवाह हुने ।यो कानुनी ब्यवस्था आफैमा टुर्टी पूर्ण छ ।विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघ को रिपोर्ट हेर्ने हो भने १७ बर्ष वा सो भन्दा माथि उमेरकी केटि पूर्णरूपले महिला हुन्थिन् ।फेरि कसरी १७ बर्षको केटी नाबालिग भईन् ।अमेरिकामा सेक्स सम्बन्धि कानुन हेर्ने हो भने समझदारीमा भएका सम्बन्धहरू नानूनी रूपमा दण्दनिय छैनन् चाहे त्यो १६ बर्षमा भएको होस् वा १७ बर्षमा ।
कुनै पनि कानुन भन्दा माथि ब्यक्तिको नैसर्गिक अधिकार हुन्छ र हुनुपर्दछ।आफूलाई कानुनका ठेकेदार मान्नेहरूले लेखेका र लेखाईएका धारा र उपधाराहरू अकाट्य हुन सक्दैनन् ।कदाचित ती धारा वा कुवाहरू भगवानले पठाएका दिब्य वाणी पनि त होइनन् ।जब यी र यस्ता कानुनको आड लिएर कुकर्म हुन्छ र हुने गर्दछ, यस्ता कानूनी धारालाई परिमार्जन गर्नु अपरिहार्य हुन्छ।यी र यस्ता आरोप प्रति न त मेरो सहमति छ न त बिमति नै ।मेरो माग र भनाई हो पक्षपात रहित समाज र देश ।नियम र कानुन सबैका बराबरीको हुन्छ र हुनुपर्दछ ।तब सहि मानेमा नारी पुरूष बराबरी भन्ने भनाई चरितार्थ हुन्छ जस्तो लाग्छ ।आफूलाई कमजोर र बिचरा देखाएर कसैको भविष्य अन्धकार बनाउने छुट र अधिकार कसैलाई छैन र हुनुहुदैन ।महिला अधिकार र उत्पिडनको वकालत गर्ने समाजमा कतै पुरूष त पिडीत भएका छैनन् भन्ने डर समाज देखिन्छ ।
संभोग र सम्पत्तिको मज्जा लिने अनि जब समय र परिस्थिति आफ्नो प्रतिकुल भन्ने लागेमा त्यसलाई अर्कै नाम दिने ।यदि साच्चै नारी पुरूस बराबर हो भने उस्तै उमेर भएका नारीलाई न्याय र पुरूषलाई दण्ड ?म पुरूष भएर पुरूषको वकालत गरेको कदापि होईन गलत अर्थ नलागोस् ।के यसैलाई भनिन्छ महिला अधिकार ? ‘ताक परे तिवारी नत्र गोतामे ‘।प्यास नमेटिए सम्म मेरो राजा मेटिए पछि बलत्कारी ? यहॉ सम्म पुरूषको हुर्मत लिदा पनि ति तथाकथित नावालिकको नाम सम्म पनि बाहिर नआउनुमा र लुकाउनुमा के कारण हुन सक्छ ? के उनी सत्यसंग अपरिचित छिन् वा असत्यसंग डराएकी?यदि साच्चै नै बदनाम गरिएको ब्यत्तिले अपराध गरेको हो भने हद सम्मको कार्वाही हुनुपर्छ बिना भेदवाद चाहे आम नागरिक होस् या उपल्लो ऋेणीको ।
बलत्कारको साव्दीक अर्थ हो सहमति बिना केटा या केटीलाई डर, धम्की अथवा प्रलोभन देखाएर बलको प्रयोग गरी गरीने करणी। यसमा साच्चै नै ए या बि पक्ष पिडीत हो भने यसको प्रतिकार त्यसै समयमा या निकट छोटो समय भित्र हुन्छ र हुनु पर्दछ ।बलत्कारको कुरा गरि रहदा चाहे त्यो पल शाह पक्षको घटनाको प्रकृति होस् वा सन्दिप लामिछानेको दुवैमा यस्तो देखिएन! पल शाह सफलताको उचाई छुदै गरेको एउटा असल ब्यक्तित्व, जसलाई बलत्कार जस्तो अपराधको आरोप लगाईयो। ढिलै भए पनि उनी बलत्कारीको ट्यागबाट मुक्त भए र निर्दोष साबित भए तर पनि कानुनका ब्यत्ता भनिनेहरूले जेल सजाय र जरिवाना तोके आखिर के का आधारमा ।यदि सन्दिपले अपराध गरेको हो भने हदै सम्मको सजाय होस् र हुनुपर्दछ तर यदि यो आरोप गलत सावित भएमा सन्दिपको उज्जल भबिष्यमा लाग्ने कालो बादलको मुल्य र क्षतिपूर्ती कसले तिर्ने ?
खबरदार स्क्याम्प मेकरहरू !
दीपेन्द्र पोखरेल
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




