टोकियो/जापान। ताईफु १४ को क्षति मुल्यांकन नसकिँदै आजबाट फेरि जापानमा आएको ताईफु १५ ले कान्तो कोसिन क्षेत्रमा पनि प्रभाव देखाएको छ ।

आज,बिहानैदैखि जापानका विभिन्न प्रिफेक्चरहरुमा भारी वर्षा भईरहेको छ । बिहानदेखिको वर्षाको कारण कतिपय स्थानहरुमा बाढी पहिलो तथा डुबानको जोखिम बढेकाले मानिसहरु फेरि विस्थापित हुने अवस्थामा पुगेका छन् ।

साँझसम्मको जानकारी अनुसार, आईचि प्रिफेक्चरको तावारा नगर झण्डै २३ हजार घरपरिवारका ६० हजार मानिसहरुलाई सुरक्षित स्थानमा जानको लागि आह्वान गरिएको छ ।अहिले त्यहाँ खतराको स्तर ४ घोषणा भएको छ ।

त्यस्तै निरन्तरको भारी वर्षाका कारण सिजुओका प्रिफ्क्चरको हामामाचु सहरले,होरी दोमे नदिमा पानीको बहाब बढेपछि नाका वार्ड, निशी वार्ड र मिनामी वार्डका केही क्षेत्रका १८ हजार ८८९ घरपरिवार का ४२ हजार ६३४ जनालाई घर खाली गर्न आह्वान गरेको छ ।अहिले ति स्थानहरुमा सतर्कता स्तरहरू मध्ये ४ घोषणा गरिएको छ ।

यसका अलवा,आज तोकाई तथा कान्तो कोसिनका अधिकांस प्रिफेक्चरहरुमा भारी वर्षाका कारण जोखिम बढेकाले सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार