जापानको जीवनयापन ,दैनिकी , यहॉंको काम गर्ने शैली र भिसा धान्नको लागि आप्रवासीहरुले गर्नुपर्ने संघर्षका बारेमा बेला बखतमा धेरै लेखहरू प्रकाशित भईरहेका हुन्छन् । तर पनि नेपाल रहने साथी भाइ ईष्टमित्र र परिवारलाई अझै बुझाउन नसकेको कारणले जापानमा रहने धेरै नेपालीहरुले तनाव लिने गर्नुहुन्छ ।
एकदिनको कुरा हो एकजना नेपाली सुरज (नाम परिवर्तन ) काम गरिरहेको अवस्थामा ऊहॉंलाई एक्कासी टाउको दुखेको अनुभव भयो । त्यो दिनको नाईट डिउटी सकेर अस्पताल आउदा संयोगले मसँग भेट हुन पुग्यो । यसै त विदेशमा कोही नेपालीलाई गार्हो परेको छ भनेपछि सहयोग गर्न अघि सर्ने हामी नेपालीको संस्कार नै हो । त्यहीमाथि उहासगॅं भावनाको नाताले पारिवारिक सम्बन्ध जस्तै थियो । ऊहॉंलाई त्यसदिन CT scan गरेर खास्सै केही नदेखिएपछि दुखाई कम हुने औषधी लिएर हामी घर फर्कियौं । तर ऊहॉंको टाउको दुखाईमा खास्सै परिवर्तन आएन । त्यसपछि कहिले ईमरजेन्सीमा त कहिले पुन: त्यही अस्पतालमा चेकजॉंच गराऊने क्रम र CT scan गर्ने क्रम जारी रहयो । कहिले दुखाई कम हुने औषधी त ,कहिले माईग्रेनको औषधी दिएर पठाउनु भयो । अस्पतालबाट तर धेरै दिनको असैह्य दुखाईपछि एकदिन रुदै “म त मर्छु अब मलाई निकै गाहो भयो मलाई छिटो अस्पताल लगि दिनुस्न भन्दै “फोन गर्नुभयो र पुन: अस्पताल लग्यौं । यस्तो अप्ठ्यारो परिस्थितमा परदेशको ठॉंऊमा न कोही आफन्त न कोही परिवार आफ्ना आँसुहरू दबाऊदै ऊहॉंलाई सान्त्वना दिनु शिवाय केही उपाय थिएन ।
डाक्टरले दुखाई कम हुने सुई लगाईदिनु भयो । स्लाईनबाट दुखाई कम हुने औषधी लगाईदिएपनि केही परिवर्तन भएन । घर फर्काएर ल्याऊ भने परदेशको ठॉंऊ साथि -भाइ ,आफन्त कोही छैनन् , कता केही हुने हो कि झै लाग्ने । अस्पतालमा भर्ना गरौ डाक्टरले माईग्रेनको टाउको दुखाई भर्ना गर्न मिल्दैन भन्नुहुन्छ । म आफैलाई पनि माईग्रेन थियो तर ऊहॉंको जस्तो दुखाई कहिल्यै हुदैनथ्यो । जापानको स्वास्थ्य सेवा राम्रो भएपनि यहॉं नेर चाहिँ मलाई अल्लि राम्रो लागेन । यस्तो बिरामीलाई दश दिन भईसक्यो के भएर यति सार्है टाउको दुख्यो भनेर गम्भिर रुपले नहेर्ने । सामान्य CT scan गरेर दुखाई कम हुने औषधी दिँदै पठाउने ।अल्लि कडा तरिकाले, “मलाई पनि माईग्रेन छ तर यस्तो हुदैन डाक्टर, के -कसरी हुन्छ रोग पत्तालगाउनुपयो ।”MRI वा अन्य विधि प्रयोग गरेर हेरिदिनुहोस् भनेर आफैले भनेपछि बल्ल MRI गर्ने कुरा भयो ।
जापानमा सबै कुरा ठीक भएपनि यो अस्पतालमा उपचार गर्ने शैलि अत्यन्तै सुस्त र फरक छ । सायद यही कारणले होला धेरैले विभिन्न समस्या भोग्नु परेको छ । अझ भनौं कोही -कोहीले त अकालमा ज्यान समेत गुमाउनु परेको छ । ऊहॉंको MRI रिपोर्टमा समस्या देखियो तर के भएको भन्ने गोपनीयताका कारण बाहिर खुलाऊन मिल्दैन । तर अत्याधिक तनावका कारण दिमाखमा असर परेको रहिछ । समयमै रोग पत्ता लागेर ऊहॉं अहिले टोकियो मेट्रो पुलिस अस्पताल नाकानोम् मा उपचाररत हुनुहुन्छ । अहिले स्वास्थ्यमा निकै राम्रो सुधार भएको छ ।ऊहॉं मुत्यूको मुखमा पुगेर मृत्युलाई जितेर आउनु भाको छ भन्दा पनि फरक पर्दैन । अब छिट्टै अस्पतालबाट घर फर्किदै हुनुहुन्छ । माफ गर्नुहोला होला सुरजजी हजुरको बारेमा लेखेकोमा । नलेखी बस्नै सकिन किनभने यो करिब एकमहिनाको अवधिमा तपाईंको विभिन्न समस्याहरुलाई नजिकबाट नियालेकोले लेख्न मन लाग्यो ।
यतिका घटना क्रम बेलिबिस्तार लगाउदै गर्दा दिन खोजेको सन्देश के त ? भन्ने प्रश्न पनि आयो होला । हजुरहरुलाई सन्देश के भन्दा हामीमा शारीरिक स्वास्थ्य भन्दा मानसिक स्वास्थ्य बलियो हुनुपर्ने रहेछ । जब मानिसले आवश्यकता भन्दा बढी चिन्ता लिन्छ । अझ भनौ धेरै नै कुरा मनमा खेलाउने र सोच्ने गर्छ त्यसले हार्ट अट्याक ,प्यारालाईसिस ,मधुमेह र रोग प्रतिरोधात्मक क्षमतामा कम गराउदो रहेछ । लामो समय सम्म पिडा लुकाएर मनमा राख्नाले यसले भित्र-भित्र तपाईलाई सिध्याऊछ । यस्तो अवस्थामा आफ्ना कोही नजिकका यस्ता व्यक्ति जसले तपाईंलाई के भयो ? कस्तो छ ? म छु नि नआत्तिनुहोस भनेर सोध्ने गर्छ , त्यस्ता व्यक्तिलाई आफ्ना मनका कुरा सुनाउनु पर्दो रहेछ ।
तनाव जसलाई पनि जुनवेला पर्न सक्छ । समय हुँदा नै तनावको समस्या पहिचान गरी समाधान गरिएन भने यसले गम्भिर शारिरीक रोग समेत निम्त्याउँछ ।यस्तो बेला तनाव कसरी कम गर्ने त ? भन्ने विषयमा मैले मानसिक रोग विशेषज्ञ डा. मुक्ति आचार्यलाई सोधेका थिएं । उहाँका अनुसार तनाव व्यवस्थापन गर्नका लागी परिवार, साथी-भाइ र समाजले हरेक तरिकाले विरामीको मनोबल बढाउन जरूरी छ । उहाँले तनावको वेला Mind लाई Distract, गर्न जरूरीका साथै खुसी रहने बाटोहरू पहिचान गरी गलत सोचाईलाई हटाउने बताउनुभयो ।विशेषत आफुले तनाव व्यवस्थापन गर्नसक्यो भने जिवन निकै सरल बन्ने उहॉंको भनाई छ ।
मनोरोग भन्ने वित्तिकै हाम्रो समाजमा पागलको संज्ञा दिने गरिन्छ । हामी जतिसुकै पढे लेखेको भएपनि मानसिक रोगका डाक्टरसँग जान अझै हिचकिचाउछौ । यसै क्रममा अर्का मनोरोग विषे विशेषज्ञ डा. अनिल सुवेदीलाई के अहिले मनोरोग प्रति समाजको धारणा परिवर्तन भएको छ त ? भनेर प्रश्न गरेका गर्दा उहांले मनोरोग भयो भने अन्यन्त्र गएर झार-फुक अथवा अन्य विभिन्न चेक जाँच गरेपछि बल्ल मनोरोग डाक्टरकोमा आउने चलन अझै छ नेपालमा भन्नु भयो ।
विश्व स्वास्थ्य संगठनका अनुसार शारीरीक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक स्वास्थ्य एकदमै महत्वपूर्ण मानिन्छ । डा. सुवेदीका अनुसार जब मानिसको मानसिक स्वास्थ्यले जिवनको रहन – सहनमा असरपर्छ, जस्तै: खान -पान, पारिवारीक र सामाजिक सम्बन्धहरूमा भने त्यो वेला तुरुन्त मनोरोग चिकित्सकलाई देखाउन अनुरोध गर्नुहुन्छ । मानसिक स्वास्थ्य विग्रीयो भने सबैकुरा बिग्रिदै जाने भएकोले समयमै ख्याल गर्न उहाँको सुझाव छ । अन्यमा दुवैजना मनोरोग चिकित्सक डा : आचार्य र सुवेदीले नेपालमा मनोरोग बारेमा अझै जनचेतना कमी भएकोले आफ्नो आफ्नो तवरबाट जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो ।
मानिस सामाजिक प्राणी भएकोले उसलाई हरेक प्रकारका सम्बन्धहरूको खाँचो हुन्छ । जापानको अनेक प्रकारको तनाव यसलाई कम गर्न अझ परिवारको विशेषत भूमिका हुन्छ । आजभोली धेरैको अनुभव सुन्दा धेरै जसो व्यक्तिहरू पारिवारीक कारणले तनावमा परेको देखिन्छ कारण के त ? भनौ भने फलानोले यो गर्यो, यति कमायो, तैले के गर्दैछस् ? इत्यादी ।जापानको आफ्नो परिस्थिति र भोगाइ बताउँदा कसैले पत्यार नगर्ने कारणले आफ्नो नजिकको मानिसहरुबाट हौसला र सान्त्वना नपाऊँदा आत्मवल घट्दै जान्छ । यस्तै साथी भाइहरुले आवश्यकता भन्दा ठुला गफ गर्ने, अरुलाई निचो देखाउने, सहयोग गर्न भन्दा वढि रिस गर्ने इत्यादि कुराहरूले पनि मानिसको आत्मबल गिराउछ। त्यसैले सके सहयोग गरौं होईन भने कसैको तनावको कारण नबनौं ।
तपाईलाई कसैको कारणले तनाब दिईरहेको छ भने तनाव दिने विषयवस्तु र मानिसहरूबाट टाढै बसौं । जीवन रहे तपाईको महत्व बुझे ति सबै सम्बन्धहरु पछि तपाईलाई खोज्दै आउनेछ । त्यसैले शारीरिक स्वास्थ्य सँगै मानसिक स्वास्थ्यको पनि ख्याल राखौ ।
सरू लम्साल,पोखरा ( हाल : टोकियो,जापान)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




