विश्वका विभिन्न देशहरु मध्ये नेपालीहरुको अध्ययनका लागि जापान पनि प्रमुख गन्तव्यको रुपमा रहेको देखिन्छ।पछिल्लो समयको तथ्याङ्क अनुसार जापानमा करिब ४० हजार भन्दा बढि नेपाली विद्यार्थीहरु रहेका छन भने कतिपय आफ्नो अध्ययन पुरा गरी विभिन्न पेसा तथा व्यवसायमा आबद्ध रहेका छन। जापान एउटा यस्तो देश हो जहाँ अवसरका ढोकाहरु प्रस्ततै हुदाँहुदैँ पनि भाषाकै कारणले मात्रै पनि विभिन समस्या आउने गर्दछ। पछिल्लो समय कोरोना प्रभावको बाबजुत पनि यतिबेला जापानमा नेपाली विद्यार्थीहरुको आगमन बढ्दो क्रममा रहेको छ। विशेषगरी जापान आउने धेरै विद्यार्थीहरुले नेपालमा हुदाँ भाषा अध्ययनमा खासै चासो नदिने कारणले गर्दा जापान आईसकेपछि सुरुमा भाषाको कारण आरुवाइतो देखि विभिन्न समस्याहरु भोग्नुपर्ने हुन्छ त्यसैमाथि अङ्ग्रेजी भाषाको प्रयोग पनि विरलै हुने गर्दछ। त्यसैले जापानमा आफ्नो भविष्य सुनिश्चित बनाउनको लागि सुरु देखि नै भाषा अध्ययनलाई विशेष प्राथमिकता दिन जरुरी रहेको हुन्छ।

आरुवाइतोको लागि सहज

पछिल्लो समय जापानमा विदेशी विद्यार्थीहरुको बढ्दो संख्याले गर्दा कतिपय ठाउँहरुमा काम पाउन गार्हो अवस्था भएको पनि देखिन्छ तर भाषाको ज्ञान राम्रो भयो भने सजिलै काम पाउन पनि सकिन्छ भने कुनै ठाउँ गाक्कोउको समय अनुसार पनि प्रभाव पर्ने गर्दछ।विशेषगरी जापानमा आरुबाइतोको लागि विभिन्न कम्पनीहरु रहेका छन जसमध्ये यामातो, बेन्तो, होटेल, रेष्टुरेन्ट, तरकारी तथा फलफुल सप्लाई कम्पनी, कम्बिनी स्टोर लगायत इत्यादि ! यि कम्पनीहरुमा काम गर्नको लागि पनि सामान्य भाषाको ज्ञान आवश्यक पर्दछ भने भाषाको ज्ञान अलिक राम्रो छ भने कम्बिनी तथा सुपरमार्केटहरुमा पनि कामको अवसर सजिलै मिल्दछ साथै यस क्षेत्रका कामहरु शारीरिक रुपमा पनि केहि सहज हुने गर्दछ र तुलनात्मक रुपमा यामातो र बेन्तोको काम भने निकै कठिन हुने गर्दछ।विशेषगरी हामी नेपालीहरुलाई सुरुमा भाषाको समस्या हुने भएकोले कामको लागि मेनसेचु पास गर्न पनि धौधौ भएको हुन्छ।भाषाको विकाश सङ्गै काम पाउन पनि सजिलो हुने भएकोले सुरुमा कम्तिमा पनि ६ महिना भाषा अध्ययनलाई विशेष प्राथमिकता दिई अघि बढ्न जरुरी देखिन्छ।

सेनमोन तथा दाईगाकु प्रवेशमा सहज

पछिल्लो समय जापानमा विदेशी विद्यार्थीहरुको बढ्दो संख्या सङ्गै सेनमोन तथा दाईगाकु प्रवेश पनि केहि रुपमा कठिन देखिएको छ।केहि गाक्कोउहरुमा २ सय जना जति विद्यार्थी भर्नाको कोटा रहे पनि करिब १ हजार भन्दा बढिले आह्यान गरेका हुन्छन भने विद्यार्थी छनौट भाषाको आधारमा नै हुने गर्दछ । निहोङ्गो गाक्कोउ अध्ययन गर्दा गर्दै सके N2 नसके कम्तिमा पनि N3 तह सम्म भएपनि पास गर्न सकियो भने केहि सहज हुने गर्दछ।विशेषगरी सेनमोन तथा दाईगाकु छनौट गर्दा आफुलाई मन पर्ने क्षेत्र तथा स्युउस्योकु गर्दा सहज हुने अध्ययन क्षेत्र छनौट गरियो भने केहि सहज हुने गर्दछ। जापानमा IT क्षेत्र र होटल तथा रेष्टुरेण्ट तिर बढि कामको अवसर पनि मिल्ने गर्दछ त्यसैले यस क्षेत्रमा अध्ययन गरियो भने केहि सहज हुन सक्दछ।

कम्पनी प्रवेशमा सहज सङ्गै पदोन्नति

जापानमा अध्ययन पुरा गरिसकेपछि प्रमुख लक्ष्य भनेको एउटा राम्रो कम्पनी प्रवेश गर्नु रहेको हुन्छ। पछिल्लो समय सेनमोन तथा दाईगाकु सोचुग्योउ पश्चात पनि भाषाकै कारण कम्पनी प्रवेश केहि कठिन रहेको देखिन्छ। विद्यार्थीहरुको बढ्दो चाप सङ्गै कडा प्रतिस्पर्धाको कारण पनि कम्पनीहरुमा मेनसेचु पास गर्न गार्हो भएको देखिन्छ। सेनमोन तथा दाईगाकु सोचुग्योउ हुदाँसम्म N2 तह सम्म पास गर्न सक्ने हो भने कम्पनी प्रवेशमा केहि सहज हुने गर्दछ।आफुसङ्ग भाषाको राम्रो ज्ञान भयो भने पनि राम्रो कम्पनीमा प्रवेश गरि उत्कृष्ट कार्यसम्पादनको कारण कम्पनिमा पदोन्नति हुनुको साथै तलब तथा बोनस वृद्धिमा पनि मदत पुर्याउदछ।

विशेषगरी कोरोनाको लामो प्रभावपछि यतिबेला जापान प्रवेश केहि सहज भएसङ्गै धेरै नेपाली विद्यार्थी भाईबहिनीहरु आउनु भएको छ जसरी अहिले काम पाउन गार्हो भएको छ भाषाको कारण सेनमोन तथा दाईगाकु र कम्पनी प्रवेश गर्न पनि उत्तिकै चुनौती हुनेछ।हामीलाई आर्थिक रुपमा केहि समस्या हुने भएकोले सुरुमा भाषाको लागि भन्दा पनि कामलाई विशेष प्राथमिकता दिने गर्दछौँ फलस्वरुप दीर्घकालिन रुपमा जापानको भविष्य अनिश्चित हुने गर्दछ ।केहि विद्यार्थीहरु भाषाकै कारण सेनमोन ,दाईगाकु र कम्पनी प्रवेश गर्न नसकेर पनि नेपाल फर्किनु पर्ने बाध्यत्माक स्थिति पनि आउन सक्दछ भने चर्को शुल्क तिरेर हाकेन कम्पनी धाउने तर सोचे जस्तो कम्पनी नपाएकै कारण पनि कैयौँ विद्यार्थीहरुले विभिन्न समस्याहरु भोगेको पनि देखिन्छ। त्यसैले जापानमा आर्थिक समस्याको चुनौतीलाई सामना गर्दै भाषालाई पनि उच्च प्राथमिकता दिई अघि बढ्न सकियो भने जापानमा आफ्नो भविष्यलाई सुरक्षित दिशातिर डोर्याउदैँ नेपालबाट आफ्नो अनि परिवारको लागि बोकेर आएका सुन्दर सपनाहरु अवश्य पुरा गर्न सकिनेछ।

मोहन कुवर सत्यवती-२, चेहेमी गुल्मी
हाल जापान ओसाका

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार