टोकियो/जापान। जापानका डिजिटल मन्त्री तारो कोनोको उनले जस्तै काम गर्न सक्ने र उनि जस्तै देखिने रोवोड आविस्कार गरिएको छ । प्रतिस्थापन रोबोट नाम दिईएको यस यन्त्र मानव मार्फत सम्बन्धित व्यक्तिको सट्टा कार्य गराउन सकिने अपेक्षा गरिएको छ ।

आज यस रोवोट निर्माताहरु तथा मन्त्री कोनोसे यस रोबोट कसरी नागरिकहरूसँग अन्तरक्रिया गर्ने भनेर हेर्नको लागि एक प्रयोग प्रदर्शन गरेका छन् । यसको वास्तविक प्रयो एक वर्ष भित्र सुरु हुने बताईएको छ।

मन्त्री कोनोको अल्टर-इगो रोबोट मार्फत विभिन्न ठाउँहरूमा उनको सट्टामा (वैकल्पिक) पठाउन सकिने तथा टाढाबाट विभिन्न चीजहरूको बारेमा सरोकारवालाहरुसंग कुराकानी गर्न सकिने बताईएको छ ।

यस प्रयोगमा, ओसाका विश्वविद्यालयका प्रोफेसर हिरोशी (रोबोट अनुसन्धानका प्रमुख अनुसन्धानकर्ता) र अन्यले मन्त्री कोनोको तर्फबाट यो रोबोटले मानिसहरूको विचारलाई कसरी प्रतिक्रिया दिनेछ भन्ने अध्ययन गरेका थिए ।

जापान सरकारले सन २०५० सम्ममा भौतिक र स्थानिय बाधाहरूबाट मुक्त हुने समाज निर्माण गर्ने लक्ष्यका साथ प्राविधिक विकासलाई प्रवर्द्धन गरिरहेको छ। सोहि अनुरुप यसैवर्षबाट डिजिटल विकास र प्रवद्धनसंग सम्बन्धित काम गर्न छुट्टै मन्त्रालय तथा मन्त्रिको व्यवस्था गरिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार