टोकियो/जापान। गैरआवसीय नेपाली संघ(एनआरएन) जापानको निर्वाचन पछि असन्तुष्ट पक्षले संघको खातामा रहेको २ करोड ५४ लाख ४१ हजार भन्दा बढि रकम अन्य खातामा सारेको भनिएकोमा यहि अक्टोबर २९ तारिख सम्ममा २ करोड १८ लाख भन्दा बढी रकम प्राप्त भएको संघले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

आज(२९ तारिख)एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले एक विज्ञप्ती मार्फत, संघको आधिकारीक बैङ खातामा विभिन्न मितिमा रकमहरु प्राप्त भएको जानकारी सहित एनआरएनए जापानको मूल खातामा फर्काउन बाँकी रकम पनि यस अघि गरिएको सहमती अनुसार यथासक्य छिटो फिर्ता गरिदिन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।

विज्ञप्तीको अंश जस्ताको तस्तै
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, प्रवासमा रहेका आम नेपालीहरूको साझा सामाजिक संस्था हो । त्यसैले यस संस्था भित्रका हरेक गतिविधि पारदर्शि हुनुका साथै सार्वजनिक गरिनु पर्दछ।

यहि मुख्य उद्देश्य सहित गैर आवासिय नेपाली संघ जापानले बिगत केहि समय देखि आर्थिक पारदर्शितालाई लिएर चरणबद्ध रूपमा आफ्ना गतिविधि सहित आर्थिक हिसाबकिताबलाई समेत सार्वजनिक गर्दै आएको कुरा सबैमा सर्वविदित नै छ ।

यसैक्रममा अघिल्लो २०१९-२०२१ कार्यसमितिले बुझ बुझारथ गर्नुपर्ने कुल रकम २५,४४१,८१० येन (दुई करोड, चौवन्न लाख, एकचालिस हजार आठ सय दश येन) मध्ये ४७० येन मात्र बाँकी राखी निवर्तमान कोषाध्यक्ष कालिका थापाले सबै रकम अन्यत्र खातामा सारेको र बुझ बुझारथ गर्न आनाकानी गर्दै आएको सबैमा जानकारी नै छ ।

लामो प्रयास, पछि जापानवासी नेपालीहरुले दिएको दबाव र वार्तापछि पहिलो पटक २०२२-०५-१३ तारिख बैंक खाता मार्फत ७,०००,००० येन (सत्तरी लाख जापानी येन ) प्राप्त भएको थियो । त्यसै गरी त्यसपछि २०२२-०९-१४ तारिखका दिन नगद ५,०००,००० येन (पचास लाख येन) एनआरएनए जापानका अध्यक्ष सहितको रोहवरमा उपलब्ध गराइएको थियो ।

यहि बिचमा मिति २०२२-१०-२८ तारिखका दिनमा बैंक खाता मार्फत ११, १८३, १९९ येन (एक करोड, एघार लाख, त्रियासी हजार एक सय उनान्सय येन) प्राप्त भएको छ । हाल सम्म प्राप्त रकम २३, १८३,६६९ येन (दुई करोड, अठार लाख, तिन हजार छ सय उनान्सत्तरी येन) प्राप्त भएको सम्पुर्णमा जानकारी गराउदछौं ।

साथै बुझाउन बाँकी रकम यथाशक्य छिटो बुझाउन सम्वन्धित पक्षमा अनुरोध सहित सहमती अनुसार समयमै प्रतिबद्धता पुरा गर्न समेत स्मरण गराउँदछौं ।

जापानवासी नेपालीहरुको सम्पत्तीको रुपमा रहेको एनआरएनए जापानको रकम गुमनाम पारिएको मध्यबाट २३, १८३, ६६९ येन प्राप्त गर्न सबैपक्षबाट भएको आजसम्मको साथ र सहयोगको लागि गैर आवासिय नेपाली संघ जापान हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछौं ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार