जापानमा पछिल्लो समय विभिन्न पेसा ,व्यवसाय, विद्यार्थी भिसा,पारिवारिक भिसा तथा अन्य किसिमका भिसामा गरि करिब २९लाख भन्दा बढि विदेशी नागरिक रहेको जापानको पछिल्लो तथ्याङ्कले बताएको छ भने नेपालीहरु मात्रै करिब १ लाख पच्चिस हजार भन्दा बढि रहेका छन।
जुनसुकै देशको नागरिकलाई पनि आफ्नो मातृभुमि छोडेर अन्यत्र ठाउँमा काम गर्दा पक्कै पनि असहज स्थिति हुनुका साथै विभिन्न किसिमका समस्याहरु पनि झेल्नुपर्ने हुन्छ।जापान धेरै कुराहरुमा अघि देखिएतापनि विश्वमै अत्याधिक मात्रामा बोलिले भाषा अङ्ग्रेजीमा भने निकै कमजोर रहेको देखिन्छ जहाँ एकदमै थोरै जापानीजहरु मात्रै अङ्ग्रेजी भाषा बोल्न सक्दछन त्यसैले विदेशी नागरिकहरुलाई भाषागत समस्याले गर्दा पनि कठिन भएको हुन्छ।विशेषगरी जापानमा हरेक नागरिकको सुरक्षाका लागि कडा नीतिनियम र कानुन हुदाँहुदैँ पनि बेला-बेलामा विभिन्न किसिमका हत्या हिंसा प्रयासका घटनाहरु पनि घट्ने गर्दछन। हरेक देशमा भन्दा जापानमा केहि नियमहरु फरक हुन सक्छ त्यसैले यस विषयमा पनि हरेक देशका नागरिकहरु सचेत हुन जरुरी हुन्छ।यसकारण जापानमा विदेशीहरुलाई हेर्ने नजर फरक भएको हो कि भनेर पनि बुझ्न सकिन्छ।
भाषागत समस्या
जापानमा जापानीज भाषा बाहेक अन्य किसिमका भाषाहरु खासै प्रयोग नहुने भएकोले अधिकांश देशका नागरिकहरुलाई भाषागत समस्या नै प्रमुख चुनौतिको रुपमा देखिएको हुन्छ। सामान्य किनमेल देखि लिएर काम गर्ने कम्पनी र अन्य क्षेत्रमा पनि भाषा प्रमुख मानिन्छ।कहिलेकाहीँ काम गर्ने कम्पनीहरुमा पनि भाषा कै कारण विदेशीहरुलाई हेर्ने दृष्टिकोणमा विभेद भएको हुन्छ। कतिपय कामहरु भाषा कै समस्याका कारण समयमा सम्पन्न नहुने ,गल्ति हुने जस्ता विभिन्न समस्याहरु पनि उत्पन्न हुने गर्दछ।जापानमा भाषाको तह राम्रो भयो भने यहाँको जीवनस्तर सहज हुनुको साथै काममा पनि धेरै अवसरहरु प्राप्त हुने गर्दछ।जापान आउने विद्यार्थी भिसा बाहेक अन्य किसिमका भिसा भएका व्यक्तिहरुले भाषा सिकाईलाई खासै प्राथमिकता नदिनाले पनि विभिन्न समस्याहरु उत्पन्न भएको हुन्छ।
कार्यसम्पादनमा आत्मनिर्भरताको कमि
हामीले आफ्नो कार्यक्षेत्रमा काम गदै गर्दा उत्कृष्ट कार्यसम्पादन गर्ने क्षमता हुदाँहुदैँ पनि भाषागत समस्याको कारणले पछि परेका हुन्छौँ। कतिपय क्षेत्रहरुमा कार्यसम्पादनको शिलशिलामा तुलानात्मक रुपमा ढिलो हुने, बारम्बार सिनियर व्यक्तिहरुलाई सोधिरहनु पर्ने, जानेको काम भएपनि गलत बुझाईको कारण गल्ति हुने जस्ता विभिन्न कारणहरुले गर्दा पनि उनिहरुले विदेशी कामदारहरुलाई हेर्ने दृष्टिकोण फरक हुने बुझ्न सकिन्छ तर यो सबै क्षेत्रमा लागु हुन्क्छ नै भन्ने हुदैन कतिपय कम्पनीहरु विदेशी कर्मचारीहरुको भरमा मात्र पनि सन्चालन भएका छन।
सेवा सुविधा प्रयोगवापत तिर्नुपर्ने रकममा ढिलाई
जापान बसेसङ्गै यहाँको सेवा सुविधाहरु प्रयोग गरेवापत सरकारलाई तिर्नुपर्ने कर तथा बीमा शुल्क, घरभाडा शुल्क, ग्यास, पानी, विद्युत शुल्क, मोबाईल तथा वाईफाई प्रयोग शुल्क, क्रेडिट कार्डको शुल्क लगायत विभिन्न सेवाहरु प्रयोग गरेवापतको रकम तिर्नुपर्ने निश्चित मिति तय भएको हुन्छ सोहि समयमा तिर्न सकिएन भनेपनि केहि थप समय प्राप्त भएको हुन्छ उक्त समयमा पनि रकम तिर्न सकिएन भने सेवा सुविधा बन्द हुने तथा कर र बीमा शुल्कको सन्दर्भमा भने भिसा प्रकृयाको कार्यमा नै समस्या हुने गर्दछ। त्यसैले तिर्नुपर्ने रकमको सन्दर्भमा बढि जिम्मेवारी हुन आवश्यक देखिन्छ। पछिल्लो समय जापानमा विदेशी नागरिकहरुले तिर्नुपर्ने रकम समयमा नतिर्ने , कतिपय व्यक्तिहरु सरकारबाट ठुलो मात्रामा ऋण लिई भागिदिने जस्ता विभिन्न घटनाहरुले गर्दा पनि हेर्ने र सोच्ने दृष्टिकोण फरक हुन सक्दछ।
तोकिएको समय भन्दा बढि काम
विशेषगरी जापानमा विद्यार्थी भिसा र पारिवारिक भिसामा रहेका व्यक्तिहरुको लागि हप्तामा २८ घण्टा समय निर्धारण गरिएतापनि अधिकांश व्यक्तिहरुले नियम पालना नगरी अत्याधिक समय काम गर्ने हुनाले आजभोलि इमिग्रेसनले पनि कडाई गरेको देखिन्छ। कतिपय व्यक्तिहरुलाई भिसा अवधि बढाउने बेलामा उसले गरेका कामको विवरण र आम्दानि हेरि भिसा नै रद्द गरेका समचारहरु पनि बाहिर आएका हुन्छन साथै भिसा प्राप्तिको लागि झुटो नाता प्रमाणपत्र बनाउने झुटो कामको अनुभव देखाउने जस्ता कार्यले गर्दा पनि जापानमा विदेशिहरुलाई हेर्ने नजर फरक भएको हुन पुग्दछ।
सार्वजनिक स्थल तथा यातायातका साधन भित्र बढि होहल्ला
विशेषगरी अधिकांश जापानीजहरु सार्वजनिक स्थल तथा सवारी साधनमा यात्रा गर्दा शान्त रहेका हुन्छन तर पछिल्लो समय जापानमा बढ्दो विदेशीहरुको संख्या सङ्गै सार्वजनिक स्थल, ट्रेन तथा बस, कम्बिनि लगायत विभिन्न ठाउँमा चर्को रुपमा होहल्ला गर्ने, ट्रेन तथा बस भित्रै फोनमा बोल्ने लगायत विभिन्न कारणहरुले गर्दा पनि जापानीजहरुले झन्झट मानि नराम्रो सोच्ने गर्दछन।
केहि दिन अघि मात्र एकजना जापानीजले नेपाली बस्ने कोठामा प्रवेश गरि रातको समयमा जबरजस्ति केहि महिनाको लागि नेपालबाट जापान आएका बुवाआमा र सानो बच्चालाई बाहिर निकाल्न लागेको ह्रदयविदारक भिडियो क्लिप बाहिर आयो सायद त्यो भिडियो हेर्दा जो कसैको पनि मन छियाछिया हुने खालको थियो ।त्यो भिडियो देखेपछि धेरै नेपालीहरु आक्रोस हुदैँ विभिन्न संस्थाका व्यक्तिहरुलाई झकझकाउँदै विभिन्न टिक्काटिप्प्णीका साथ बाहिर पनि आए। तर केहि दिन नबित्दै उक्त जापानीजले घरमै गई माफी मागेको भिडियो पनि बाहिर आयो तर यहाँ दुवै पक्षको गल्ति देखियो समयमा भाडा शुल्क नतिर्नु र नियमकानुन भन्दा माथि गएर तानाशाही शैलीबाट आक्रमण गर्न खोजेको देखियो तर यतिसम्म गर्दा पनि किन यो विषयलाई माफी मागेकै आधारमा साम्य पारियो होला भनेर टिकाटिप्पणी आउनुको साथै उक्त नेपालीलाई गालि गर्ने ओइरो पनि देखिएको छ। धेरै नेपालीहरुको मनमा यसरी कानुनीप्रकृयामा नगई सजिलै माफ दिँदा फेरि पनि यस्ता घटनाहरु दोहोरिन सक्ने सम्भावना देखिएको छ।त्यसैले यस्ता किसिमका घटनाहरुबाट टाढै रहन पनि जापानको नीतिनियम बारे राम्रोसँग बुझेर सजग भएर बस्न जरुरी छ। जसरी हाम्रा वीर पुर्खाहरु विदेशीशक्ति सामु कहिल्यै झुकेनन र हामी पनि कहिल्यै नझुकौँ।
“गल्ति नगरौँ र अन्यायमा पनि नपरौँ”
“जय वीर गोर्खाली “
मोहन कुवर सत्यवती- २, चेहेमी गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




