चिबा/जापान।शनिबार,गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको चिबा क्षेत्रीय समितिले नेपालीहरुलाई आवश्यक जानकारी सहितको होम पेज अनावरण संगै कार्यालय उदघाटन गरेको छ ।

आवश्यक परेका बेला अनलाइन बाटै सहयोग लिन सकिने गरी तयार पारिएको उक्त होमपेजको अनावरण गैरआवासीय नेपाली संघ आइसिसिका उपाध्यक्ष महेश श्रेष्ठ र एनसीसी जापानका अध्यक्ष शिव प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् ।

होमपेजमा हेल्प डेस्क सहितका विभिन्न फिचर्सहरु राखिएको छ ।’अनलाइन च्याट मार्फत विभिन्न सेवा र सुविधाहरु सहित आफुलाई चाहिएको जानकारी तुरुन्तै लिन सकिने फिचरलाइ प्रभावकारी ढंगले प्रयोग गरेका छौ’ वेब डेप्लपर एवं एनआरएनए चिवाका सह-सचिव रमेश गिरीले भने ‘च्याट मार्फतनै दुतावास देखि अरु प्रशासनिक सूचनाहरु लिन सकिन्छ ।’

उक्त वेब साइट बाट जापानिज भाषाका बिद्यालय तथा कामहरुको खोजी गर्न देखि आफु नजिक रहेका हस्पिटल, होटल तथा रेस्टुरेण्ट समेत सर्च गर्न सकिने गिरीले जानकारी दिए ।

यो वेब साइट सबैका लागि लाभदायक हुने गरी ब्यबसायिक रुपमा संचालन गर्ने योजना रहेको एनआरएनए चिवाका संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए । ‘जापानमा हुने हरेक इभेन्ट या अन्य जुनसुकै कार्यक्रम बारेको सूचना राख्ने देखि ब्यबसायीहरुका लागि बिज्ञापन गर्ने एउटा प्लाट फर्मका रुपमा हामीले यो साइटलाइ डेब्लप गर्नेछौ’ रेग्मीले भने ‘यसै मार्फत कार्यालयको मासिक भाडा देखि एक जना कर्मचारीको स्यालरी म्यानेज गर्न सकिन्छ भन्ने बिश्वास लिएका छौ ।’

एनआरएनए चिबाले शनिवार देखिनै कार्यालय पनि संचालनमा ल्याएको छ । चिबाको ग्योतोकु स्टेसन नजिकै रहेको उक्त कार्यालयमा एक जना स्टाफ राखेर एनआरएनए चिबालाई चिबावासी नेपालीहरुको सारथीका रुपमा बिकास गरिने रेग्मीले उल्लेख गरेका छन् ।

वेबसाइड निर्माणमा गिरिले अर्का आइटी इन्जिनियर कन्चनराज पाण्डेसंग सहकार्य गरेका थिए । ‘२ जनाले यति ठुलो प्रोजेक्ट गर्न धेरै गाह्रो भयो, तै पनि बिहान बेलुकाको समय छुट्टाएर काम सकियो’ आइटी इन्जिनियर पाण्डेले भने ‘रमेशले ब्याकएण्ड गर्र्यो मैले फ्रन्ट ।’

होम पेज अनावरण तथा कार्यालय उदघाटन कार्यक्रममा आइसीसी सदस्य श्रवण सत्याल, एनएनआरएन जापानका संरक्षक अनिता गुरुङ, जन सम्पर्क समिति जापानका सभापति रोशन केसी, गल्कोट समाज जापानका अध्यक्ष कालिका थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकारद्वय मोहन घले र दीपक गौतम, अन्तराष्ट्रिय साहित्य समाज जापानका संयोजक रबिन शर्मा, कास्की पोखरा समाजका अध्यक्ष विश्व सुबेदी, एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिका संयोजक मन्दिप क्षेत्री लगायतले मन्तब्य राखेका थिए ।एनआरएनए चिबाका सदस्य मोहन कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव शंकर सुबेदीले गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार