टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानले नेपालबाट कराते खेलमा जापानमा भाग लिई गोल्ड मेडल प्राप्त गर्न सफल दुई खेलाडी राम दास गोपाली र साईला गमाललाई नगद १०/१० हजार येन र प्रमाण प्रदान गरेको छ।

यसका साथै,जापान भ्रमणमा रहेका अन्नपूर्ण केवलकारका संचालक समितिका अध्यक्ष कालु गुरूङ, नेपाल वायु सेवा समितिका अध्यक्ष रामेश्वर थापा, सिम्रिक भेन्चरका सिईयो सन्त न्यौपाने, अन्नपूर्ण केवलकार संचालक सागर गुरूङ, र सल्लाहकार शिबहरी पुडासैनीलाई स्वागत गर्दै संयुक्त रूपमा डिनर कार्यक्रमको आयोजना तथा सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा एनआरएनए आईसिसि उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरूङ, सदस्य रोबिन शेरचन र एसिया प्यासिफिकका पुर्व संयोजक किरण बिक्रम थापाले मन्तब्य राखेका थिए। कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष शिव प्रसाद पौडेल र संचालन उपाध्यक्ष संगिता अधिकारी सुवेदीले गरेकी थिईन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार