टोकियो/जापान। गत वर्ष टोकियोको नाकानो वार्डमा करिब ३ करोड येन नगद चोरी भएको घटनामा महानगरीय प्रहरी विभागले लुटपाटको श्रृंखलामा संलग्न भएको आशंकामा ३१ वर्षीय अभियुक्तलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी विभागका अनुसार उनले गत डिसेम्बरमा टोकियोको नाकानो वार्डमा रहेको एउटा घरमा पसेर एक बासिन्दाको अनुहारमा मुक्का प्रहार गरी घाइते बनाएको र करिब ३ करोड येन नगद चोरेको आशंका गरिएको छ ।

केहिदिन अघि टोकियोको इनागी शहरमा भएको लुटपाट तथा हातपातको घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका व्यक्तिलाई पनि केही व्यक्तिले अन्य विभिन्न ठाउँमा समूह नै मिलेर धेरै घटना घटाएको भन्ने अनुमानमा महानगरीय प्रहरी विभागले थप अनुसन्धान गरिरहेको छ ।

आपराधिक समूहकारुपमा अनुसन्धान भईरहेको ‘लफी’ र ‘किम’को निर्देशनमा केही सदस्य विभिन्न समूहमा आबद्ध भएर धेरै घटनामा संलग्न भएको आशंकामा महानगरीय प्रहरी विभागले अनुसन्धान गरिरहेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार