काठमाडौं । सरकारले नेपाली कामदारलाई जापानको रोजगारी सहज बनाउने प्रयास अगाडि बढाएको छ ।

औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’ का रूपमा नेपाली कामदार जापान पठाउन यसअघि भएको दुईपक्षीय सम्झौता परिमार्जन गर्दै जापानको रोजगारी सहज बनाउन खोजिएको बताईएको छ ।

जापानको श्रम बजार नेपाली कामदारका लागि  आकर्षक गन्तव्यस्थलका रूपमा रहेको छ । तर, जापानको रोजगारी नेपाली कामदारका लागि त्यति सहज पहुँच भने मानिँदैन ।

विद्यमान सम्झौताअनुसार सीमित संख्यामा मात्रै जापानबाट प्रशिक्षार्थी कामदारको माग आउन सक्ने भएकाले थोरै मात्र कामदार जापान जान सक्ने अवस्था छ ।

नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय ९जिट्को० बीच ३ डिसेम्बर, २००३ मा नेपाली औद्योगिक प्रशिक्षार्थी र प्राविधिक कामदारहरू जापान पठाउनेसम्बन्धी सम्झौता भएको थियो ।

जसअनुसार आर्थिक वर्ष ०६४/६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो । २०७४ असोज मसान्तसम्म १८ हजार ७ सय ८५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर रोजगारीका लागि जापान गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार