टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिति तोचिगीले डोटी जिल्लाका विभिन्न विद्यालयका ५० जना बिध्यार्थिहरूलाई शैक्षिक साम्रागी बितरण गरेको छ।

एनआरएनए तोचिगीका उप संयोजक तथा “शैक्षिक सामाग्री बितरण कार्यक्रम” का कार्यक्रम संयोजक सन्तोष घिमिरेको प्रत्यक्ष सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो । डोटी जिल्लाको पूर्बिचौकी गाउँपालीकाका बिध्यालयहरू क्रमशः श्री पबित्र आवसिय बिद्यालय,श्री चैकोट आधारभुत बिद्यालय,श्री दुर्गा माध्यामिक बिद्यालय,श्री पदम मुक्तिनारायण बिद्यालय,श्री काडाँमाण्डौ माध्यामिक बिद्यालय ,श्री तेडी प्राथामिक बिद्यालय र श्री बाजकोटी आधारभुत विद्यालयका गरि जम्मा ५० जना बिध्यार्थिलाई बिधालयको पोशाक, झोला र खेलकुदका सामाग्रीहरू बितरण गरिएको तोचिगी क्षेत्रीय समितीका संयोजक मंदिर क्षेत्रीले नेपालन्युजपोस्टलाई जानकारी दिए।

“भुकम्प प्रभावित विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण” कार्यक्रम डोटी जिल्लाको रेडक्रससंग समन्वय गरि गरिएको थियो।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला सभापति खडक बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला मन्त्री सुवाश श्रेष्ठ, लेखक प्रशासक अधिकृत प्रकाश बाहदुर के सी तथा रुपन्देही जिल्लाको बुटवलमा व्यवसाय गरेर बस्ने समाजसेवी रमेश अर्याल र राजेन्द्र अर्यालको उपस्थिती रहेको समितीका सचिव उत्तम खनालले जानकारी गराए । कार्यक्रमका लागि यातायात ब्यबस्थापन दिपक पौडेलले गरेका थिए ।

यस कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने तोचिगी नगर शिक्षा शाखाका उप प्रमुख केनईची यामागुची र एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष नबिन न्यूरेलाई तोचिगी क्षेत्रीय समितिले बिशेष धन्यवाद व्यक्त गरेको छ । कार्यक्रममा प्रत्यक्ष सहभागी भई शैक्षिक सामाग्री बितरण कार्यमा खटिएका समितिका उपसंयोजक तथा यस कार्यक्रमका संयोजक सन्तोष घिमिरेले देशको बिकट जिल्लामा परेको पिडाले प्रवासमा आफुहरुलाई पनि पिडा भएको र भोलीका कर्णधारहरूको शिक्षामा केहि मात्रामा भएपनि सहयोग होस भन्ने हेतुले यो कार्यक्रम गरिएको जानकारी दिए।

कोषाध्यक्ष प्रकाश जंग सिंहका अनुसार, यस कार्य सम्पादनका लागि करिब २० मान येन (नेपाली २ लाख रुपैँया )बराबरको खर्च भएको छ।एनआरएनए तोचिगी समितिले यसलाई आफुहरुले महत्वपूर्ण र गर्भ गर्न लायक उच्च स्तिरिय कार्यक्रम सम्पन्न गरेको महसुश भएको बताएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार