विदेशमा रहँदा हामी सोच्छौ नेपाल फर्किन पाए आफ्नो परिवार,ईष्टमित्र र साथी-भाईहरूसँग सँगै बस्दा कति मॉंया पाईन्छ होला ,कस्तो रमाईलो महशुस हुन्छ होला । तर यो सबै कुरा सोचेजस्तो भएन हिरालाई ( नाम परिवर्तन) ।
विदेशमा लामो समय ऊपचार गराऊँदा आफुलाई निको नभएपछि ऊनका मनमा अनेकौँ प्रश्नहरू ऊब्जीन थाले । यहॉंभन्दा त बरू नेपाल नै ठिक आफन्तहरूको माझमा बसे यसै रोग निको हुन्छ होला भन्दै ऊनी नेपाल फर्किने सोच बनाईन् । ईमरजेन्सी टिकट काटेर नेपाल फर्किईन् । नेपाल फर्किएर आफ्नो बिमार अनुसारको अनेक थरी उपचार गराईन् र बिस्तारै आराम पनि हुँदै गयो ।

शारीरिक रोगको ऊपचार त निको हुँदै गयो तर ईमरजेन्सीमा बिरामी भएर नेपाल फर्किदा नत कसैलाई मायॉंको चिनो थियो न त कसैलाई मिठाई ! रित्तो हात रोग बोकेर फर्किदा जुन सोचाई बोकेर उनी फर्किएकी थिईन् त्यो भन्दा मनमा भने निकै भिन्न महशुस गरिन् । पहिला विदेशमा छदॉं हाई हल्लो गर्नेहरू बिरामी भएर फर्किएको थाहा पाएपछि बोल्नै छोडे । विदेशबाट पैसा पठाईन्जेल, सहयोग गरिन्जेलसम्म ठिक्क पार्ने आफन्तहरू कोही हामिलाई त तिमी आएको थाहै भएन भन्न थाले त कोही बोल्नै छाडे । ( उनी विवाहीत थिईन् ) जबसम्म काम गर्नसक्ने थिईन् ,कमाएर पठाऊन सक्ने थिईन् त्यतिबेला मात्रै परिवार भएको महशुस गरेकी ऊनले बिरामी भएर फर्किदा श्रीमानको परिवार भए नभएको पत्तो नै पाईनन् ।

मैले बिच्चमा फ्याट्ट प्रश्न गरे ,किन त्यसो भन्नुभएको दिदी ? ऊनले मन सानो गर्दै भनिन् “यो पाटो छुट्टै छ भन्न त कति भन्न मन छ के गर्ने शारीरिक रूपमा बल्ल निको भएकी फेरी मानसिक तनाव सुरू हुन्छ ,कर्म गरेर मात्रै नहुने रहेछ बहिनी भाग्य पनि चाहिदो रहेछ “ ह्या छोड्दिनु कुनै दिन भनुँलानी । ऊनका कुरा सुनेर मेरो मनमा पनि अनेकौँ प्रश्नहरूले छट्पट्टी भयो । के बिहे गरेर गएपछि बुहारीको काम खानलाई मात्रै घर – परिवार चाहिने हो र ? उनी बिरामी भएर आऊँदा सोध खोज गर्ने उनलाई साथदिने कर्तव्य उनका घर- परिवारको हुँदैन र ? उनी अझैपनि भाभुक मुद्रामा थिईन् यतिकैमा म अविवाहित नारी आफुले केही नभोगेको भएर होला ऊनको अवस्था देखेर उनका परिवारलाई भेटेर धेरै प्रश्न सोध्न मन लाग्यो ।

प्रदेशमा रहँदा हामिले आफ्ना आफन्त , साथी-भाईहरूको बारेमा जुन धारणा बनाएका हुन्छौ वास्तमा नेपाल आएपछि त्यस्तो नहुने गरेछ । यो सँगै सबैलाई राम्रोसँग चिन्ने मौका पनि मिल्ने रहेछ । यसो सोच्दा बरू परदेशमा नै एकता हुने , एऊटा नेपालीलाई गार्हो सार्हो पर्दा अर्को नेपालीले सहयोग गर्दछन् । हरेक पटक नेपाल आऊँदा नेपालमा एका दुई बाहेक धेरै मानिसहरू स्वार्थी भएको अनुभव भने नभएको होईन ।

अन्त्यमा स्वास्थ्य रहनको लागि आफ्नो दैनिकीलाई आजैबाट बदल्नुहोस् । आफ्नो जिवनमा योग , ध्यानलाई पनि प्राथमिकता दिनुहोस् । यसले तपाईलाई शारीरिक र मानसिक रूपमा बलियो बनाऊछ । यदि तपाई स्वस्थ हुनुहुन्छ भने मात्रै तपाईको साथमा सबै हुन्छन्,अन्यथा घरपरिवार,आफन्त,ईष्टमित्रहरुले पनि त उहि पुरानो उखान जस्तै “छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी”चरितार्थ गरिदिन्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार